नेपालको इतिहास गहिरो गरी अध्ययन गर्ने हो भने नेपालमा राणा शासन वा प्रजातन्त्रका लागि भन्दै नेपाली काङ्ग्रेस पाटीको स्थापना भएको हो। काङ्ग्रेस उति बेला जनचाहना अनुसार काम गर्न नसकेको तथा भारतीय स्वतन्त्रता आन्दोलन (गान्धी) बाट प्रेरित भएर नेपालमा आन्दोलन चलाएका थिए भने २००६ सालमा क. स्व पुष्पलाल श्रेष्ठले क. माओबाट प्रेरित भएर नेपाल कम्युनिष्ट पार्टीस्थापना गरेको कुरा दिउँसोको घामझै र्छल· छ।
संविधानसभाको एजेण्डा काङ्ग्रेसको भए पनि जब बीपीले राजा महेन्द्र र मेरो ने.का) घाँटीसँगै जोडिएको छ भनेपछि राजा महेन्द्रले कु गरे। वि.सं. २०२८ सालमा झापाबाट कम्युनिष्टहरूले विद्रोहको सुरुवात गरेका थिए, जसका नायक थिए आज एमाले पाटीका संसदीय दलका नेता क. केपी ओली। स्पष्ट बोली अडिग अडान युवा परिचालनमा माहिर ओली अघिल्लो संविधानसभा चुनावमा हारे भने युथ फोर्स (लडाकु) गठन गरेर युवाशक्तिलाई विश्वासमा लिएर फेरि दोस्रो संविधानसभा निर्वाचनमा भारी बहुमत ल्याएर बिजयी भए। एमालेका जुझारु कार्यकर्ता तथा युवापंक्ति अब केपी ओली प्रधानमन्त्री पक्का हुनेछन् भने आशमा थिए। त्यसको प्रमुख कारण केपी ओलीले कडा रूपमा उठाएका एजेण्डा लोकतान्त्रीक विधिअनुसार दोस्रो संविधानसभाको गठन भएपछि नयाँ राष्ट्रपतिदेखि उपराष्ट्रपति, सभामुख, उपसभामुखसम्मका संविधानसभामा निर्वाचन। तर झापा आन्दोलनदेखि बढेको आफ्नो कद, इमान्दार कार्यकर्ता, युवाशक्ति सबैको चाहना र आशाविपरीत काङ्ग्रेससँग घाटी जोडी प्रधानमन्त्री पदका उमेदबार सुशील कोइरालाका समर्थक बनेपछि अब ओलीका ओइलिने दिन सुरु भएका छन्। वामपन्थी एकतामा राष्ट्रपतिदेखि सबै पद लिनुको सट्टा नेपाली काङ्ग्रेसको उम्मेदवारको समर्थक बनेपछि सच्चा कम्युनिष्ट कार्यकर्ताले क. ओलीलाई कसरी बुझ्ने – एमाले पार्टीअहिले पुनः ओलीकै कारणले फेरि एकपटक जनस्किताका नजरमा गिरेको छ। आफ्नो बोली र अडानमा कायम नरहँदा कमरेड ओलीको संविधानसभाभित्रको रोदन धोती फुत्केको बटुवाको जस्तो भएको छ। लाजमदो अवस्था छ। कमरेड ओलीले नेपालको इतिहासमा ठूलो गल्ती गरेका छन्। यसको केही परिणाम अब आउने वैशाखको पार्टीमहाधिवेशनमा चुकाउनुपर्नेछ। त्यसैले जति सक्दो चाँडो गल्ती सुधार गर्नुपर्नेछ। वामन्थी एकता नहुँदा ओली ओइलिए। झलनाथ झस्किए, बामदेव बम्किए, नेपाल ठस्किए भने सुशील चम्किए, महत मात्तिए, उपाध्य उप्रिmए। एमालेका कार्यकर्ता, मतदाता वामन्थी एकता चाहने जिल्लिए भने काङ्ग्रेस कार्यकर्ता चिल्लिए।
अबको राजनीति ७ बुँदे सहमति काङ्गेसलाई फाइदै फाइदा सञ्जिवनी बुटी, एमालेलाई ब्लड प्रेसर हाई ज्वारो र सुगर। केही गर्छन् कि कमरेड ओलीले सोचेका कार्यकर्ता निराश र चिन्तित भएका छन्। एमाले नेपाली काङ्ग्रेस पार्टीको भकुण्डो भएको छ। पटक-पटक नेपाली इतिहासमा नेपाली काङ्ग्रेसले भकुण्डो बनाउँदा पनि अझै चेत नआउनु भनेको के ने.क.पा. एमालेले कम्युनिष्ट सिद्धान्त र आफ्नो वर्ग विर्सेकै हो त ? होइन भने किन बामपन्थी एकताबाट सधैँ टाढा भाग्छ ? बामपन्थी एकता भए ८०% सुधारिएको जनसंविधान जारी गर्ने प्रशस्त ठाउँ छ। कहिले चेत पस्छ एमालेमा – बामपन्थी एकता अभावमा आज फेरि ने.क.पा.एमाले माछा माछा भ्यागुता भएको छ। यस्तै अवस्था रहे इमान्दार कार्यकर्ता, मतदाता सधैँ हेरेर बस्दैनन्। खोल्छन् झाडु पार्टीअनि मार्छन् झाडु।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०