उदाउने र अस्ताउने प्राकृतिक नियम हो

झपट बहादुर थापा
वैशाख २५, २०७६

गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा–३ नालाको मुख निवासी स्व. लोक बहादुर थापाको मिति २००३ साल माघ १२ गते आइतबारको दिन स्व. शेर बहादुर थापाका ७ भाइ छोराहरु र दुई छोरीहरु मध्ये माहिला छोरा शिक्षाप्रेमी विकास प्रेमी तथा समाज सेवी जामुनाबोटको रत्न प्रा.वि. र प्रभात प्रा.वि. स्थापनार्थ ठूलो सहयोयग गर्नुहुने सहयोगी स्व. नेत्र बहादुर थापा र स्व. श्रीमती मन कुमारी थापाका जेष्ठ सुपुत्रको रुपमा पोखरा–१८ ग्यारजातिमा जन्मनुभएको स्व. लोक बहादुर थापा केटाकेटी देखि नै गाउँघर, टोल, छिमेकमा पर्ने सामाजिक समस्या समाधान गर्ने बाबुको अग्रसरताबाट समाज सेवाको प्रेण पाएका मृदुभाषी, मिलनसार कहिले नरिसाउने हाँसी रहने फूटवल खेलका प्रेमी जीवनको अन्तिम घडीसम्म सक्रिय तथा चर्चित व्यक्तित्व स्व. लोक बहादुर थापाको असामयिक निधन हुँदा हामी सबै मर्माहत भएका छौं। व्यापारको सिलसिलामा किशोर अवस्थामा पोखरा भैरवटोलमा झर्नुभएका र त्यहीबाट आफनो अध्ययन चालु गर्नुभएको थियो।

पोखरा बजारमा रहदाँ वस्दा उहाँलाई स्व. बाबुको सेवाबाट समाजसेवा गर्ने मौका मिलेको थियो। त्यसै सन्दर्भमा पोखरा लायन्स क्लवका अध्यक्ष बन्न पाउनु, पोखरा उद्योग वाणिज्य संघको संस्थापक सदस्य बन्ने मौका पनि उहाँलाई मिल्न गयो। सोही बेला भलामको बृहत खानेपानी योजना शुरु गर्नु, गाउँले परिवेश भएको ग्यारजातिमा जन्मनुभएका स्व. लोकबहादुर थापाको सहयोगीको भूमिका पूरा गर्ने ग्यारजाति मै जन्मी बैदामबाट भलाम बसाँई सराई गर्नुभएका स्व. गणेश बहादुर थापा हुनुहुन्थ्यो।

पोखरा उपत्यकाको सामाजिक कार्यहरु गरीरहँदा स्व. लोक बहादुर थापा आफ्नो जन्म भूमिमा केही गरौं भन्ने भावनाबाट अभिप्रेरित हुनुभयो। ग्यारजाती तथा सरा·कोटको मोह र मायाले छाडेको रहेनछ। सर्वप्रथम जामुनाबोटको रत्न प्रा.वि.को जीर्ण भवनलाई पुनः निर्माण गर्ने उहाँमा विचार आयो। विद्यार्थीहरुलाई उनीहरुको झोलामा वालुवा वोकाएर भएपनि भवन निर्माण पूरा गर्नुभयो। यसबाट हामी के पनि थाहा पाउन सक्छौं कि हाम्रा विद्यालयहरुको अवस्था कस्तो रहेछ? यो कुरा तत्कालीन तत्कालीन विद्यार्थीहरुको भनाइद्वारा थाहा हुन्छ।

सरा·कोटका अन्य विद्यालयहरु सरस्वती, शारदा, अमर ज्योति, शान्ता जस्ता विद्यालयहरुको भौतिक पूर्वाधार विकासको लागि अमूल्य सहयोग पुर्याउने लोक बहादुर थापा नै थिए। देउराली पाटनमा शिशु स्याहार संचालन गराउने र सुन्दर पोखरीको स्वास्थ्य चौकी निर्माण गर्नमा उनको अमूल्य योगदान रहेको थियो। खाने पानी कार्यमा पनि उनको उत्तिकै सहयोग जुट्न गयो।

सराङ्गकोट शिखरको लागि डाँडापारी खाने पानी महत्वपूर्ण मानिन्छ। जसले गर्दा पर्यटकीय लजहरु संचालनमा विशेष योगदान मिलेको भन्नु पर्दछ। वैदाम–पामेको बाटो निर्माण प्रारम्भिक अवस्थामा सहयोगी हात बढाउने स्वर्गीय लोकबहादुर थापा नै थिए। लोक बहादुर थापाले आफनो पछिल्ला अमूल्य दिनहरुमा गरेका राम्रा कामहरु सम्झन लायक छन् भन्दा बढी नहोला।

२०३२ सालमा जनजागृत निम्नमाध्यमिक विद्यालयको भवन निर्माणमा तत्कालीन जिल्ला पञ्चायतका सभापति स्व. अमर बहादुर कार्कीबाट शिलान्यास गराउनुमा स्व. लोकबहादुर थापाको भूमिका महत्वपूर्ण मानिन्छ।

२०५७ पौष २ गते महायज्ञ आयोजक समितिको बैठक बस्यो। त्यही बैठकले लायन्स क्लवका पूर्व अध्यक्ष तथा समाजसेवी स्व. लोक बहादुर थापालाई सहयोगको लागि समन्वयकर्तामा चयन गर्यो। उहाँ मार्फत क्यानेडियनको अप्रेशन अफिस काठमाण्डौंसँग सम्पर्क स्थापित हुन गइ सन् २०२१/२/७ मा CIDA का प्रतिनिधि कोल्ला हेगन रोन फिल्ड र जनजागृत विद्यालयका बीचमा सम्झौता हुँदा रु. १९ लाख ९९ हजार ४०४। – सहयोग पाउने भएकोमा परिस्थिति वश रु. १८ लाख ५९ हजार २७२। – मात्र स्व. लोक बहादुर थापाको सकृयताको उपज थियो। २०५७ माघ २६ गते देखि फाल्गुण ४ गतेसम्म संचालनल भएको श्रीमद्भागवत् महायज्ञबाट रु. ६४ लाख २५ हजार ३०। ४८ (त्यसमा क्यानेडियन सहयोग सहित) दान रकम उठेको थियो। जुन प्रमुख वाचक स्व. नारायण प्रसाद पोख्रेल र स्व. लोक बहादुर थापाको अमूल्य योगदानबाट सम्भव भएको थियो। स्व. लोक बहादुर थापाको सकृयतामा सराङ्गकोटको पहिलो महोत्सव सम्पन्न भएर नै सराङ्गकोटको महत्व थपिएको थियो।

आरध्य देव शिवका भक्त स्व. लोक बहादुर थापाको परिकल्पना बमोजिम सराङ्गकोट शिखरमा देशकै अग्लो शिव मन्दिर र मन्दिरको शीर्षस्थानमा अष्टधातुको शिव मूर्ति जडान गर्ने परिकल्पनाकार स्व. लोक बहादुर थापाको अध्यक्षतामा संचालन गरिएको पहिलो श्रीमद्भागवत महायज्ञको प्राप्त दान रकमबाट निर्माणकार्य प्रारम्भ भएको थियो।

तत्कालीन राजा ज्ञानेन्द्र शाह र बडा महारानी कोमल शाहलाई यज्ञस्थलमा प्रवेश गराउने व्यक्ति थिए, स्व. लोक बहादुर थापा। स्व. धर्मराज थापा एवं स्व. लोक बहादुर थापाहरुको पहलमा पूर्व प्रधान मन्त्री स्व. सूर्यबहादुर थापालई सराङ्गकोट उहाँको पूर्वजहरुको थातथलो हो भनी परिचय गराउने उनीहरुनै थिए। सराङ्गकोट शिखरमा मन्दिर निर्माण गर्न माननीय सांसद सूर्य बहादुर के.सी. को सहयोग लिने कार्य पनि स्व. लोक बहादुर थापा लाई नै जान्छ।

सरा·कोट शिखरको पहिलो श्रीमद्भागवत महायज्ञबाट उठेको दान रकमबाट उद्देश्य अनुसार शिवमन्दिर निर्माण गर्न असम्भव प्राय भएकोले पुरानो टुडीखेल, पोखरा पार्टी प्यालेस र काठमाण्डौं बस्ने पोखरेली दिदी बहिनीहरुको सहयोगमा सम्पन्न महायज्ञहरुको नेतृत्व गर्ने सनातन हिन्दु धर्ममा भरोसा राख्ने स्व. लोक बहादुर थापा विचलित नहुने अठोटवादी व्यक्ति थिए। जुनकुरा सरा·कोटलाई अपूरणीय क्षति भएको छ। पछिल्लो महायज्ञका संरक्षक सरा·कोट धार्मिक तथा पर्यटन विकास समितिका पनि संरक्षक हाम्रो माझमा रहनु भएन। अनन्त यात्रामा लाग्नुभएकोले दिवंगत आत्मालाई शान्ति मिलोस भन्दै शोकको यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने ईश्वरले शक्ति प्रदान गरुन भन्ने कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछु।

लेखक : तत्कालीन सराङ्गकोट गा.वि.स.का पूर्व अध्यक्ष हुन्

Related News

सम्बन्धित समाचार

hero news full width