छैन अब कुनै अँध्यारो बाँकी छैन केटाकेटीहरूको झोलाभित्र
छैन अब कुनै कुरुपता बाँकी छैन छातिको सुरुङभित्र
गाउँलेहरूको पेटभित्र भोकको कुनै अँध्यारो छैन
स्कुलहरूमा, अस्पतालहरूमा कुनै आतंक नाचिरहेको छैन
लामो समय विदेश बसेर आँखाहरूमा फेरि फर्किएर आएका छन् सपनाहरू
लेख्न मुस्किल मुस्कानहरू छन् डबलीहरूमा, पार्लियामेन्ट जस्तो चमक छन् झुपडीहरूमा …
कवि भूपिनका ‘अन्तिम कविता’ शीर्षकका हरफ हुन् यी। तर ‘अन्तिम कविता’ सँगै पोखरेली कवि मन बीच उनले आफ्ना कविता प्रारम्भ गरे।
पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा शुक्रबार साँझ चितवनबाट आएका भूपिनले पोखरालाई फेरि कवितामय बनाइदिए।
बागलुङ बलेवा जन्मथलो रहेर पोखरा हुँदै चितवनमा कर्मथलो बनाएका भुपेन्द्र खड्का उर्फ कवि भूपिन ब्याकुललाई पहिलोपटक पोखरामा एकल कविता वाचनको मौका पोखरेली युवा सांस्कृतिक परिवारले दिलाएको हो।
परिवारको स्रष्टा, सिर्जना र साँझअन्तर्गत सातौं श्रृङ्खलामा एकल कविता वाचनका लागि पोखरा आएका कवि भूपिनले सवा घण्टासम्म १४ वटा कविता सुनाए।
गजलकार डा. कृष्णहरि बरालदेखि युवा पुस्तासम्मका साहित्यकारको जमघटका बीच उनले ‘सुन्दरी’ को बयान गर्दै उनले आफ्ना कोसेली पोको पारे। पहिलो पटक उनलाई प्रत्यक्ष सुन्न पोखरालगायत विभिन्न जिल्लाका साहित्यकारको बाक्लो उपस्थिति थियो।
यो देश भूपिको हल्लै हल्लाको देशमात्र होइन
बेसारेहरूको देश पनि भएको छ
यो देशको पार्लियामेन्ट भान्साघर जस्तै छ
जहाँ, स्वस्थता बहिस्कृत र बेसार स्वीकृत छ
जहाँ बेसारे अधिवेशनहरूमा त्रासदीपूर्ण नाटकको अन्तिम दृश्य सधैँभरि मञ्चित छ
भूपिनले ‘बेसार’ शीर्षकको कविताका यिनै हरफमार्फत नेपाली राजनीतिलाई व्य·य गरिरहँदा दर्शकदिर्घाको अघिल्लो पंक्तिमा मुस्काइरहेका थिए साहित्यमा ढल्किएका राजनीतिज्ञ दिननाथ शर्मा तथा अग्रज साहित्यकार प्रदीप नेपाल।
कवि भूपिनले ‘चस्मा’ र ‘कवि कुनाको अँध्यारो चेप’ बाट शीर्षकको कवितामा आफ्नै सहयात्रीलाई तिखो व्य·य गरे त ‘ट्रक ड्राइभर’ र ‘सुन्दरी’ मार्फत दिलमायालाई सम्झिए।
‘कवि नभएको भए’, ’भेडीगोठमा’, ‘फेसबुकमा आमाको सम्झना’ कवितामा आफू र आमालाई अटाए भने ‘सुप्लाको हवाईजहाज’ बनाउँदै कखरा सिकाउने शिक्षक देवराज सरलाई स्मरण गरे।
बहुत तकलितको बात छ मेरे दोस्त जब भारी वर्षात् हुन्छ
थुनिदिन्छ पडोशीले बाँधको दरबाजा र बाढ पसेर हाम्रो खलिआन बगाउँछ
मेरे दोस्त, यो यस्तै गाउँ हो
जहाँ हर हिउँदमा खडेरीले किसानहरूको तकदिर फुटाउँछ
र वर्षात्मा बाढले उनीहरूको बास उठाउँछ
उनले ‘खडेरी’ कवितामार्फत छिमेकी राष्ट्रले नदि नै छेक्दा तराई नै बगाउने गरेको घटना र तराईबासीको सर्वस्व लुटिएको यथार्थलाई प्रस्तुत गरिरहँदा उनलाई सहभागीले गडगडाहट तालीले साथ दिए।
कवि भूपिनले एउटा नोटको जीवनी, जेब्राक्रसमा, रुख शीर्षक गरी १४ कविता प्रस्तुत गरे। उनको कवितामा भ्रष्ट राजनीतिको व्य·य, साहित्यमा भित्रिएका दुर्गन्धदेखि लिएर हाम्रो मुलुकलाई हेर्ने छिमेकीको नकारात्मक दृष्टिकोणसम्म अटाइएको थियो।
निबन्ध लेखनबाट आख्यानतर्फ ढल्किएको बताउने कवि भूपिनको पछिल्लो निबन्ध सङ्ग्रह चौबीस रिल उत्तम शान्ति पुरस्कारबाट पुरस्कृत भइसकेको छ।
‘क्षत्रि्रस्त पृथ्वी’ र ‘मूल सडक’ कविता सङ्ग्रह निकालेका कवि भूपिनले साथीहरूसँग मिलेर ‘शब्दहरूको नेपथ्य’ कविता सङ्ग्रह ल्याएका थिए। त्यसअघि, २०६६ सालमा ‘हजार वर्षको न्रि्रा’ कविता सङ्ग्रह निकालेका भूपिन २०७२ सालमा एउटा कविता सङ्ग्रह निकालेर त्यसपछि उपन्यास लेख्ने सोचमा छन्।
चितवनमा दुर्इपटक र काठमाडौंमा एक पटक एकल कविता वाचन गरिसकेका कवि भूपिनका यो चौथो पटक हो। उनले यही भदौ २८ गते चितवनमा फेरि एकल वाचन गर्दैछन्। कवि भूपिनले पोखरामा आफूले अध्ययन र अध्यापनका क्रममा सात वर्ष विताएको स्मरण गर्दै उनले पोखरालाई प्रेमिका सहरको संज्ञा दिएका छन्।
कवि तीर्थ श्रेष्ठ, इश्वरमणि अधिकारी, दीपक समिप, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सरस्वती प्रतीक्षा, उपाध्यक्ष सुरेश रानाभाट, चितवनका कवि इश्वर कँडेलले कवि भूपिन नेपाली साहित्यमा प्रतिभावान् श्रष्टा भएको बताउँछन्।
पोखरेली युवा सांस्कृतिक परिवारको स्रष्टा, सिर्जना र साँझ श्रृङ्खलामा यसअघि साहित्यकार बिजय बजिमय, तीर्थ श्रेष्ठ, सरुभक्त, सरस्वती प्रतीक्षा, भीष्म उप्रेती र दिनेश अधिकारीको एकल वाचन सम्पन्न भइसकेको छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०