कार्लमार्क्सद्वारा शोषण रहित समतामूलक समाज स्थापित गर्न कम्युनिष्टहरूको उद्देश्य रहेको वताइएको थियो। स्वतन्त्रता, समानता, सामाजिक विकास गर्ने उनको सोचाई थियो। मार्क्स पछिका नेताहरू लेनिन, स्टालीन, माओत्सेतु· आदिले मार्क्सका विचारलाई अधिनायकवादी नजरले ब्याख्या गरेका थिए। तर रोजा लक्जेमवर्ग वर्नस्टिन आदिले मार्क्सको विचारलाई स्वतन्त्रता र प्रजातान्त्रिक नजरले हेरेर सोही अनुसार व्याख्या गरेका थिए। कार्लमार्क्स शोषण विहीन समाजको परिकल्पना गर्ने महान दार्शनिक हुन्। उनको विचारलाई विभिन्न व्यक्तिले विभिन्न रूपमा व्याख्या गर्नु स्वभाविक हो। मार्क्सका नाममा अधिनायकवादी जड सूत्रवादी हिंसात्मक आन्दोलनका समर्थकहरूका दिन समाप्त हुँदै गैरहेका छन्। विश्वका एक तिहाई भूभागमा कब्जा जमाएको कम्युनिष्ट सत्ता पतनोन्मुख अवस्थाबाट गुज्रिरहेको छ। तर लोकतान्त्रिक बाटो समाएर अघि बढेका वाम पन्थीहरूको शक्ति समुन्नत रूपमा शिखर चढिरहेको छ।
नेपालको सर्न्दर्भमा २०४६ पछिको वाम आन्दोलनमा मदन भण्डारीले सूत्रपात गरेको वहुदलीय जनवाद अथवा लोकतान्त्रिक राजनीतिक विचार अपनाएको कारणले ने.क.पा.एमाले पटक पटकको निर्वाचनमा दोस्रो शक्तिको रूपमा स्थापित हुँदै आएको छ र यस प्रति जन आकर्षण बढिरहेको छ। क्रान्ति, छला·, विद्रोह, सत्ता कव्जा र आमूल परिवर्तन जस्तो लोभ लाग्दा नारा लिएर १० वर्षे जनयुद्धमा होमिएको माओवादी पार्टी२०६४ चैत्रको संविधान सभाको निर्वाचनमा कर, बल, छलका कारणले पहिलो शक्ति बन्न सफल भएता पनि २०७० को निर्वाचनमा पुनः तेस्रो शक्तिको रूपमा खुम्चिएको छ।
प्रचण्ड र वावुरामले क्रान्तिलाई धोका दिएकोले सो कार्यभार पूरा गर्न भन्दै मोहन वैद्यले अको पार्टीबनाएका छन् र क्रान्ति, छला·, विद्रोह, सत्ता कब्जा जस्ता पुराना नारा बोकी रहेका छन्। १० वर्षे जनयुद्धबाट पराजित भएको शक्तिले पुनः जनयुद्धद्वारा क्रान्तिको सपना पूरा गछौर्ं भन्नु मूखता वाहेक केही होइन। कुनै पनि देशमा एक पटक सशस्त्र क्रान्ति असफल भएपछि पुनः सो देशमा त्यही प्रकृतिको क्रान्ति सफल हुन सक्तैन। वैद्य समूह कल्पनाको भूमरीमा डुवुल्की खेलिरहेको प्रतित हुन्छ। बैद्य समूहमा नगएर आफ्नो समूहमा रहेका क्रान्तिकारी कार्यकर्तालाई संवोधन गर्दै प्रचण्डले भन्ने गरेका छन् “क्रान्तिको लक्ष हामीले पूरा गर्नु पर्दछ”। बाबुरामले आफ्नो विरोध गरेको अवस्थामा बैद्यसँग पार्टीएकीकरण गर्ने प्रस्ताव राख्ने गर्दछन्। बैद्यले नकारेको अवस्थामा बाबुरामसँग मिल्ने कुरा गर्दछन्। हालै मात्र प्रचण्ड र बाबुरामका बीचमा चलेको विवादको नाटक मत्थर भएर पुनः समायोजन हुन थालेको देखिएको छ। बाबुरामले पूँजिवाद र समाजवादको गुण समावेश भएको नयाँ शक्तिको आवश्यकताको कुरा उठाउँछन् तर उनी त्यसमा अडिदैनन् र सो शक्तिको सामाजिक, आर्थिक, वर्गीय स्वरूपमा निश्चित रोडम्याप ल्याउन सकेका छैनन्। पूँजीवाद समाजवादको राजनैतिक, आर्थिक, सामाजिक चरित्रहरू एक अर्कासँग मिल्दैनन्। पँूजीवाद र समाजवादसँगको सम्वन्ध अन्तर विरोधपूर्ण छ तर सामाजिक, आर्थिक आन्दोलनको प्रकृयाबाट नयाँ शक्ति निर्माण हुन सक्तछ। बाबुरामले साँच्चिकै नयाँ शक्ति निर्माण गर्न चाहेका हुन भने अन्य लोकतान्त्रिक वामपन्थी शक्तिसँग समन्वय गरेर अगाडी बढ्नु जरुरी छ। एमाओवादी र नेकपा माओवादी पार्टीका नेताहरूमा क्रान्तिको धङ्धङी यथावत नै छ। वामपन्थी आन्दोलन सिद्धान्तको विरोधाभासमा फसेको छ। आजको विश्वको अवस्था र नेपाली समाजको भू-स्थितिको आवश्यकतालाई बुझ्न सकेका छैनन्। क्रान्ति र सत्ता कब्जा जस्ता जड सूत्रवादी हिंसात्मक नारालाई माओवादीहरूले मार्ग दर्शक सिद्धान्त मान्ने गरेता पनि सो विचारलाई आजका बुद्धिजीवीहरूले एकदमै मन पराएका छैनन्। जनयुद्धका क्रममा माओवादीले शक्ति आर्जनको क्रममा जातीयताको नारालाई घन्काएका थिए। दोस्रो संविधान सभाको निर्वाचनमा जातीयताको नाराको कारणले आम जनताबाट उपेक्षित भएको कुरा स्पष्ट नै छ। प्रचण्डले समय समयमा क्रान्ति, विद्रोह, सत्ता कब्जाको कुरा उठाउने गरेता पनि एमाओवादी शान्तिपूर्ण राजनैतिक प्रतिस्पर्धा वा जनविद्रोहको बाटोलाई आत्मसात गर्ने हो सो कुरा स्पष्ट गर्न सकेको छैन। बैद्य समूहले जनयुद्धको जगमा जन विद्रोहको कार्यदिशाको नीति मौखिक रूपमा पारित गरेको छ। जन विद्रोहकालमा निर्माण गरिएको जनमुक्ति सेना, जन सरकार र जन अदालत निर्माण गर्ने कुरा उठाएको छ। तर दस्तावेजमा सो कुरा लेखिएको छैन। उनीहरूलाई यो एहसास भएको छ कि जनयुद्धमा जाँदा चरम दमन हुन सक्तछ। वैद्य समूहका नेताहरूले मौखिक रूपमा चर्का नारा दिएता पनि लिखित रूपमा आउन सकेका छैनन। व्यवहारमा जनविद्रोहमा जान सक्ने अवस्था पनि छैन। उनीहरू जनविद्रोहमा जाने जस्तो उग्रवादी क्रियाकलापमा लाग्न हुँदैन। संवैधानिक प्रक्रियाभित्र प्रवेश गर्नु पर्दछ। सर्वदलीय, सर्वपक्षीय सम्मेलन गर्नु पर्दछ भन्ने उनीहरूको मागलाई प्रधानमन्त्री सुशील कोर्इरालाले पनि सकारात्मक रूपमा लिएको कुरा समाचारमा आएको छ। वर्तमान सरकार र राजनीतिक पार्टीहरूले पनि ने.क.पा. माओवादीलाई संविधान निर्माणको कार्यमा सरिक गराउन प्रयत्नरत हुनु पर्दछ। बैद्य समूहले उग्रवादी चिन्तन छोडेर लोकतान्त्रिक बाटो अपनाउनु पर्दछ। साथै एमाओवादीले सधै दोधारे बाटो अवलम्वन गर्न हुँदैन सम्वैधानिक लोकतान्त्रिक पद्धतिमा समाहित हुनु पर्दछ।
समाजमा आमूल परिवर्तन भई सत्ता पनि सैद्धान्तिक पवित्रताका नाममा केही कम्युनिष्टले परिवर्तनलाई स्वीकार गर्न अप्ठ्यारो मान्दछन्। समय र परिवर्तित परिस्थिति अनुसार सिद्धान्त बुझ्नु, परिमार्जन गर्नु व्यवहारमा ल्याउनु पर्दछ। परम्परागत कम्युनिष्ट विचार र सिद्धान्तलाई परिमार्जन गरेर वहुदलीय जनवादी व्यवस्था अथवा लोकतान्त्रिक पद्धतिलाई सैद्धान्तिक रूपमा अपनाउनु पर्दछ भन्ने प्रथम नेता मदन भण्डारी हुन्। परिवर्तित विश्व परिस्थिति अनुसार मार्क्सवादी सिद्धान्त विचार र शैलीमा आमूल परिवर्तन गरी वहुदलीय लोकतान्त्रिक पद्धति, आवधिक निर्वाचन, जन निर्वाचित सरकार, संवैधानिक सवोर्च्चताका सिद्धान्तलाई अपनाएको र सो सैद्धान्तिक मान्यतालाई आत्मसात गरेको कारणले ने.क.पा.एमालेले नेपालका वामपन्थी पार्टीहरूको मूलधार बनेको हो। नेपालका लोकतान्त्रिक पद्धति मान्ने नेकपा संयुक्त, नेकपा माले, किसान मजदुर पार्टीर लोकतन्त्रवादी वामपन्थी पार्टीहरू र एमालेका बीचमा सैद्धान्तिक सहमति एकता गर्ने प्रयास गर्नु पर्दछ। विचारका आधारमा आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नु राम्रो कुरा हो। तर पार्टिभित्र गुट उपगुट बनाउनु प्रतिस्पर्धी पार्टीहरू जस्तै व्यवहार गर्नु राम्रो कुरा होइन। शक्ति र स्रोतको अपारदर्शी प्रयोग गर्नु हुँदैन। अलग-अलग पसल खोलेर बसेका दर्जनौं वामपन्थी पार्टीहरूको प्रयोजन र आवश्यकता छैन। कम्तीमा लोकतान्त्रिक पद्धति मान्ने वाम पन्थी पार्टीहरू एकाकार भएर तुरुन्तै संविधान निर्माण गरी देशको सामाजिक, आर्थिक रूपान्तरण गर्न कृत शंकल्पित भएर अगाडी बढ्नु आजको आवश्यकता हो।
(लेखक वरिष्ठ अधिवक्ता हुन्। सं.)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०