इतिहास खोज्दै न्हेचहरू

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७२

गुरुङ समुदाय प्राचीनकालदेखि विभिन्न वातावरण, समय र परिस्थिति अनुसार आफ्नो जीवनशैलीलाई अनुकूल बनाउँदै आएको मङ्गोलियन नश्लका एक जाति मानिन्छ। गुरुङ समुदायलाई नेपालमा विभिन्न आदिवासी समुदायमध्ये आफ्नो संस्कार, संस्कृतिलाई सभ्यता र पहिचान बनाउन सफल समुदाय भन्न सकिन्छ। आफ्नो परम्परा र रीतिस्थितिलाई सामाजिक नियम वा समाजको कानुनका रुपमा अभ्यास गर्दै आएको गुरुङ समुदाय आज खासगरी अन्नपूर्ण हिमशृङ्खलाको सेरोफेरोलाई आफ्नो पुर्खाको थातथलो मान्दै आएको छ। उनीहरू प्येताँ ल्हुताँलाई आफ्नो जातीय इतिहास र पहिचान ठान्छन्।

समाज विकासको क्रममा ढुङ्गे युग, जंगली युग, शिकारी युग, पशुपालन युग र कृषि युग पार गर्दै आज औद्योगिक युगसम्म आइपुग्दा धेरै परिवर्तन भए। ती परिवर्तन समय, परिस्थिति र मान्छेका इच्छा, चाहनामा अनुकूल हुँदै आए। गुरुङ समुदायमा विकसित अभ्यास सँगसँगै एकातिर पुराना इतिहास हराउन सक्ने सम्भावना रहिरहेता पनि, अकोर्तर्फ पुरानो इतिहासलाई जीवन्त बनाउनका लागि पछिल्लो क्रममा केही स्वागत योग्य र प्रशंसनीय कदम चालिएका छन्। आधुनिक युगमा पनि इतिहास तथा अभ्यासलाई आधुनिकरण गर्न त्यति सहज छैन। तर प्येताल्हुताँका जिउँदा इतिहासकार (मौलिक पुरोहित) का ऐतिहासिक, साँस्कृतिक, धार्मिक एवम् शास्त्रीय पाटोलाई वर्तमान युगमा तपाई-हाम्रो पुस्ताले विज्ञानसम्मत् गर्नुपर्ने चुनौति खडा भएको छ। तसर्थ यस आलेखमा तमु समुदायको न्हेच (वंश वा थरले बसालेका बस्ती)बारे छोटो परिचर्चा गर्ने प्रयास गरेको छु।

तमु प्ये (शास्त्र) अनुसार पैत्रिक थलो क्होला सोथरबाट राज्य विस्तारसँगै तमुहरू विभिन्न ठाउँमा बसाइँ सरेको देखिन्छ। सफुति क्हाल्सादेखि क्होलासम्मा सब तम सँगसँगै आए पनि क्होला राज्यबाट विभिन्न ठाउँमा हृयुल च्वुबा -गाउँ बसाल्ने) गरेको थियो। तमु समूदायको ऐतिहासिक राज्य क्होलाको विघटनपछि तमुहरू विशेषगरी थर वा वंशका समूहमा छुट्टएिर आ-आफ्ना जीवन चलाउन विभिन्न ठाउँमा गएका थिए। जस्तै : क्रोम्छैहरु ताङतिङ गाउँमाथिको डाडामा आइ बसेका थिए। जसलाई नम्चुँ क्रोम्छै ट्हो अथवा नम्चुँ क्रोम्छैको पुख्यौर्ली थलो भनिएको छ। यसलाई गुरुङ भाषामा न्हेँच पनि भनिन्छ।। क्होला राज्यबाट सिधै सिक्लेस आइ बसेका पाँच थर वा कुल घरानामध्ये ल्हेगे, टु, ट्हेँ, ल्हेप्रो र लम हुन्। यी पाँच कुल घरानाका तमुले सिक्लेसका पाँचै विभिन्न ठाउँमा बस्ती बसालेको इतिहास छ। जसमध्ये ल्हेगेहरू ल्हेचकोँ अहिलेको प्ल्िहचलकोँ जुन ठाउँ सिक्लेसको पूर्वउत्तरतिर पर्दछ। टुहरु स्युरी धुँ जुन ठाउँलाई अहिले माफु भनिन्छ। लमहरू कन्म जुन ठाउँ माफुभन्दा मुनि पर्दछ। ट्हेँहरू नीइचु जहाँ अहिले गाईभैसी चरण गर्छन् र अधिकांश ठाउँ वनजंगलले ढाकेको छ, यो ठाउँ कन्मदेखि पूर्व उत्तर पर्दछ। ल्हेप्रोँहरू किरक्यु अहिलेको सिक्लेसदेखि पश्चिमपट्ट िप्लतकोँ छ ( चिहानडाँडा) पारि पर्दछ। उस बेला क्होलादेखि ल्हेगेहरू जुन ठाउँमा आएर बसेका थिए। त्यस बेला उनीहरूले ल्हिच धीं अथवा निगालोको गित्रबाट घर बनाएर बसेको डाँडा भएकाले ल्हिच धीं भन्दा-भन्दै ल्हिचको भएको भनिन्छ। क्लहे -घले) हरूले सिक्लेसको थोया भन्ने ठाउँमा न्हेँच बसालेको इतिहास छ। तसर्थ सिक्लेसमा पाँचथर वा वंशले बस्ती बसालेको हुनाले प्येमा चिली ङारु भनी अध्ययन गरिएको हुन्छ। यसैगरी, योज वंश वा कुलले ख्योलो -खिलाङ) आइ बस्ती बसालेको हुनाले प्येमा ख्योलो योज्मै ट्हो भनी अध्ययन गर्ने गरिएको छ।

तमु समुदायको वर्तमान पुस्ता शास्त्रीय कुरालाई व्यवहारमा लागू गर्न लागिपरेका छन्। प्ये (शास्त्र) मा उल्लेख भएका ठाउँमा गई प्रत्यक्ष अध्ययन अवलोकन गर्नु पछिल्ला पुस्ताको राम्रो प्रयास हो। प्रत्येक वर्ष सामूहिक रुपमा संघ, संस्था, परिवार मिलेर क्होला राज्य गइ अध्ययन गर्ने, पूजापाठ गर्ने कार्य बढ्न थालेको छ। यही फाल्गुनभित्रै पनि तीन वंश वा थरका तमु आ-आफ्ना न्हेँच (बस्ती बसालेको ठाउँ) मा गइ अवलोकन गरेका छन्। २०७२ साल फागुन १८ गते पोखराबाट क्रोम्छैहरूको एकटोली ताङतिङ गाउँमाथिको नम्चुँडाँडा गई र्फकेको छ। समाजशास्त्रीका विद्यार्थी पोलबहादुर क्रोम्छै तमुको नेतृत्वमा गएको टोलीले उक्त ठाउँ अध्ययन-अवलोकन गरेको छ। यसलगत्तै फागुन २१ गते टु ल्हौउरीहरू पनि सिक्लेसमा गइ परिवारको बैठक बस्नुका साथै क्होइवो धीं अवलोकन गरी फर्केका छन्। फागुन २२ गते योज तमुहरू पनि आफ्नो न्हेँच ख्योलो गइ अध्ययन-अवलोकन गरी फर्केका छन्। योज परिवारसँग पत्रकारका रुपमा म आफै पनि सहभागी थिएँ। सो क्रममा खिलाङ गाउँमा देखिएका केही कुरा यहाँ समेट्ने प्रयास गरेको छु।

ख्योलो नासा (खिलाङ गाउँ) कास्की जिल्लाको पार्चे गाविसमा पर्दछ। पोखराबाट उत्तरी भेगमा करिब ३५ किमीमा यो सुन्दर गाउँ छ। प्राकृतिक, साँस्कृतिक रुपमा धनी यस गाउँमा आधिकांश गुरुङ छन् भने केही मात्रामा दलित समुदाय पनि छन्। गुरुङ समुदायको बाहुल्य वस्ती रहेको यस गाउँमा थन्कु देउराली युवा क्लब, खिलाङ आमा समूह, स्थापति निमाविलगायतका संघ, सस्था सक्रिय छन्। करिब एक सय ६० घरधुरी रहेको ख्योलो नासामा

ख्योलो (खिलाङ) नासा यसकारण पनि महत्वपूर्ण छ कि यहाँको इतिहास, परम्परा र रीतिरिवाज अत्यन्त महत्वपूर्ण मानिन्छ। प्ये ( शास्त्र ) अनुसार ख्योलो नासालाई ख्योलो योज्मै ट्हो भनेर पनि अध्ययन गरेको हुन्छ। गुरुङ पुरोहितले शास्त्रमा ख्योलो योज्मै तमुहरूले बसालेको भनेर अध्ययन गरेको छ। साथै, यस गाउँमा पुज्ने सिमि थान थन्कुमा योज्मैको अनुमतिबाट मात्र पुज्ने कार्य गर्ने गरेको स्थानीयवासीको भनाइ छ। स्थानीय भूपू प्रधानपञ्च जुद्धवीर गुरुङका अनुसार गाउँमाथि जङ्गलमा रहेको थन्कु -पुज्ने स्थल) को न्हो ट्होमा पहिला पहिला सुरुमा योज्मैले पूजा गरेपछि मात्र गाउँलेले पूजा गर्ने गर्थे तर दुर्भाग्य हाल ख्योलो गाउँमा योज्मैको कुनै सन्तान नभएकाले योज्मै पितृसँग अनुमति लिई ल्हौउरी पुरोहितद्वारा गाउँलेले पुज्ने गरेको बताइन्छ। योज्मै परिवारका वयोवृद्ध क्षेत्रबहादुर गुरुङ योज गुरुङका अनुसार ख्योलो (खिलाङ) मा चार योज भाइ बस्थे। जेठो छोरोको नाम नमाछे, जसले ख्योलो गाउँ बसाले। माइला छोरा मनर्‍हो, जसले खेतीकिसान गर्नको निम्ति कुलो खन्न १२ वर्ष लगाएर साइत हेर्ने काम गरे। काइला छोरा सलसे जसले त्यो बेला पनि आकाशको तारा गन्न सके। कान्छा छोरा पछभैय, जसले तपाई हामीसरह सामान्य काम गरेको क्या क्षेत्रबहादुर योज गुरुङको दावी छ। उनका अनुसार यीचार भाइ पछि कोही लमजुङ, कोही थाक (खिलाङ गाउँको नजिकैको गाउँ), कोही याङ्जाकोट र कोही तनहुँतिर बसाइँ सरेको भनिन्छ। तर किन, के कारणले चार भाइले वसालेको ख्योलो (खिलाङ) गाउँ छाडे भन्नेबारे अझै अध्ययन भएको छैन।

हाल ख्योलो नासामा योज्मै सन्तान नभेटिए पनि न्हेँच बसाल्ने क्रममा बनाएका केही भौतिक संरचना अहिले पनि देख्न सकिन्छ। बस्ती बसालेका चार भाइमध्ये माइला छोरा मनर्‍होले खेती किसानका लागि १२ वर्ष साइत हेरेर खनेको कुलो नै हाल गाउँको मध्ये भागबाट बग्ने गरेको खोला नै हुनसक्ने गाउँलेको अनुमान छ। उनीहरूका अनुसार गाउँकै मध्यभागमा बगेको भए पनि हालसम्मा यस खोलाले कुनै मानवीय क्षति पुर्‍याएको छैन। जसलाई उनीहरू पितृकै आशीषले गर्दा केही नभएको विश्वास गर्छन्। हुन त गाउलेले पनि असार रोपाइँ गर्नुको अघिल्ला दिन गाउँमाथि रहेको कुलमुहानमा गइ एउटा भाले मुलमा छोडी पानी मागेका हुन्छन्। जुन भालेलाई लगत्तै जति खोजे पनि पाउने नसक्ने गाउले बताउँनछन्। त्यही मुहानबाट मूल फुट्ने र खेतसम्म पुर्‍याउनको लागि कुलो खन्ने क्रममा गाउँमाथि रहेको सिँजे कुलोमा गाउँलले एउटा बोका भोग दिएपछि रोपाइँमा गाउलेलाई पुग्ने गरी मुहानबाट पानी आउने स्थानीय टीकाराम गुरुङको भनाइ छ।

ख्योलोमा थन्कु थानको इतिहास र थन्कुप्रतिको विश्वास जति छ, त्यति नै त्यहाँको अन्य सिमिभूमि थानप्रति पनि छ। गाउँनजिकै रहेको देउराली पनि एक आस्थाको केन्द्र हो। गाउँबाट सबैभन्दा नजिक पर्ने यसमा गाउँलेमात्र नभइ गाउँ घुम्न जाने पाहुनाले पनि पुज्ने गरेका छन्। हुमकुमारी गुरुङका अनुसार देउरालीमा भाकल गरेको खण्डमा भाकल पूरा हुन्छ। तर कथम्कदाचित अन्य ठाउँमा गइ बसाइँसराइ गरी भाकल गरेको बिर्सेको खण्डमा दुःख, बिमार हुने गरेको छ। यसका अलवा गाउँभन्दा मुनि रहेको चण्डीथान पनि अको आस्थाको धरोहर हो। प्रत्येक बैशाख पूणिर्मामा चण्डीथानमा पूजा गरिन्छ।

तमुहरूको पैतृक थलो क्होला सोथरबाट एकदमै नजिक पर्ने यस ख्योलो ट्होमा वर्तमान अवस्थामा पनि रहेका पुराना भौतिक संरचना, क्होला राज्य विस्तारसँगै यस गाउँको इतिहास, कथाहरू शास्त्रीय रुपमा अध्ययन गरिरहेको भए पनि आम तमु समूदायलाई यसको महत्वबारे यथेष्ट जानकारी हुन सकेको छैन। प्राकृतिक सम्पदाको आकर्षण त छँदै छ, यसलाई साँस्कृतिक पाटोबाट विकास, प्रवर्द्धन गर्नु जरुरी देखिन्छ। गाउँवासीको सामूहिकता, मौलिकता र अतिथ्यले यसमा थप टेवा पुग्ने विश्वास गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width