कुनै बखत तपाई भियतनाम जानुभयो भने कसैले तपाईंलाई कति वर्ष हुनुभयो – भनेर सोधेमा आर्श्चर्य नमान्नु होला यहाँका मानिस अकोर्सँग कुरा गर्दा उसको उमेर नाता मिलाएर मात्र सम्बोधन गर्दछन्, जसले गर्दा द्वितीय पुरुषको इज्जत रहन्छ। त्यस मुलुकमा तीन वटा यस्ता शब्द छन् जसबाट अरुको इज्जत राख्न प्रयोग गरिन्छ। जस्तै दाजुलाई “अन्ह” दिदीलाई “ची” आफूभन्दा सानालाई “एम” शब्द प्रयोग गरिन्छ। जसले गर्दा नवआगन्तुक पाहुनाको मन प्रशन्न रहन्छ, सामाजिक शिष्टताको उच्चता पहिलो भेटमा नै अनुभव गर्न सकिन्छ।
व्यवहारमा जेसुकै भएतापनि नेपाली शब्दकोशले पनि इज्जतलाई समाज वा सम्बन्धित क्षेत्रबाट आदर मान, प्रतिष्ठा, इज्जत कमाएको मानिस, सम्मानित, प्रतिष्ठित, प्रताप, चमक, धुमधाम, गरिमा, भड्किलोपन, दीप्ति, भव्यता आदि इत्यादि विशेषणद्वारा परिभाषित गरेको छ। यी गुणहरू मध्ये कति प्रयोगमा अवलम्बन गरिएका छन् अथवा कुनै ठाउँमा इज्जतको मतलब कुन हदसम्म विकृत स्वरूपमा देखिएको छ भन्ने कुरा दर्शाउन यस सङ्क्षिप्त लेख मार्फत् एउटा सानो प्रयास गरिएको मात्र हो।
सम्पूर्ण महिलाको इज्जत र प्रतिष्ठाको ख्याल गर्ने देश एउटा जापान पनि हो। जापानी सामाजिक जीवन यति गतिशील छ कि उमेरमै जसले प्रेम गर्न थाल्यो ऊ विवाहित हुन्छ, नत्र कामको व्यस्तताले जिन्दगीभर अविवाहित रहन सक्ने सम्भावना हुन सक्छ। किनभने पछि प्रेम गर्ने, विवाह गर्ने फुर्सद नै हुँदैन। जापानमा अविवाहित छोरी मानिसलाई “लुजर” भन्ने गर्दछन्। विवाहित महिलालाई “विजेता”। जापानमा ठूलै संख्यामा अविवाहित महिलाहरू भेटिन्छन्। हिजो आज कतिपय जापानी महिलाहरूले कोरिया, ब्राजिल, थाइलैण्ड, पेरु, नेपाल आदि देशका नागरिकसँग विवाह गर्न थालेका छन्। पाहुना र नारीको सम्मान, सदासय र सहयोगको विषयमा यो देश तुलनात्मक रूपमा एक नम्बरमा नै आउन सक्दछ। छोरा र छोरीमा व्यवहारिक दृष्टिकोणबाट कुनै भेदभाव हुँदैन। हाम्रो जस्तो अस्पतालमा नै नर्सले “सरी तपाईको त छोरी भई” भन्दैनन्। एकपटक जापानमा राजकुमारको विवाह गर्न एउटी असल कन्याको विज्ञापन भयो। केटी सुन्दर, सुशील, शीलवती र अग्ली हुनुपर्ने कुरा विज्ञापनमा लेखिएको रहेछ। अग्ली शब्दको बारेमा ठूलो ह·ामा भयो र प्रतिक्रिया स्वरूप महिला संगठन, गैह्रसरकारी संघसंस्थाहरूले पनि “विवाहको लागि एकजना भद्र, राम्रो, अग्लो केटो चाहियो” भनेर विज्ञापन गरेको कुरा कतै कुनै लेखमा पढ्ने अवसर पाएको थिएँ। मुख्य प्रतिरोध “अग्ली” शब्दसँग थियो, किनकी प्रायःजसो जापानीहरूको कद अली सानो हुन्छ।
इज्जत कानुनले, इज्जत व्यवहारले, इज्जत भाषाले अभिव्यक्त गर्दछ। सम्मानको अभिव्यक्ति एक व्यक्तिको संस्कृतिमा निहित हुन्छ। सम्वृद्ध साहित्यिक विरासत, भाषा आधुनिकीकरणको स्तर आदिमा भर पर्दछ, स्तरीकृत समाजको भाषा। एशियाली संस्कृतिमा सम्मान एक धार्मिक कर्तव्यको रूपमा हेरिन्छ। एशियाली संस्कृतिको सम्बन्ध परिवारमा आधारित हुन्छ जुन कुरा भाषा तथा इशाराद्वारा अभिव्यक्त हुन्छ। आफ्नो पारस्पारिक व्यंजन, ललित कला र मृदुभाषी समाजको प्रभावले गर्दा लखनौको संस्कृति अहिलेसम्म जस्ताको तस्तै कायम रहेको छ, सबै कुरामा मुगल संस्कारको स्र्पर्श पाउन सकिन्छ। संगीत नृत्य, वार्तालापी भाषा, पाहुनाको सत्कार आदि कुरामा शाही वैभव र रंग झल्केको हुन्छ। यहाँ सम्वृद्ध सांस्कृतिक विरासत छ, यसलाई नवावको सहर भनेर बुझिन्छ। लखनउको भोजनको हर कुरामा शाही टच पाइन्छ, खाना पछि मुख मगमगाउने परिकार भएन भने खाना तयार गर्ने परिवारको इज्जतमा धब्बा लागेको महसुस गरिन्छ। नेपालको राणा परिवार र उनीहरूसँग कुनै तवरले नजिक रहेका अन्य सम्पन्न परिवारमा पनि लखनवी सिको गरेको कताकति पाउन सकिन्छ।
इज्जत भन्नु नै सर्वसाधारणको आँखामा परेको प्रभाव, वजन, आँकलन आदि हो। अरुको आँखामा प्रतिष्ठित देखिन भारत पुणेका एक धनी मान्छेले तीन किलो तीन सय ग्राम ओजन भएको सुनको कमीज बनाएका छन्। यसको मूल्य दुर्इ लाख पचास हजार अमेरिकी डलर बराबर हुन्छ। नेपाली रूपैयाँमा परिणत गर्दा करिब २ करोड ४० लाख हुन आउँछ। इज्जतको खातिर अरुको ध्यान आफूतिर आकर्षण गर्न धनको रवाफ देखाउन यस्तो प्रोजेक्ट बनाएको हुन सक्छ। सुन राख्ने ठाउँ नभएर कमीज बनाएको अवश्य होइन।
इज्जतकै लागि मानिसले अनेकौं हरकत गर्छ तर कतै भने व्यक्तिको इज्जत अनायासै माटोमा मिसिन पुग्छ। त्यस्तै भएको छ भारत हैदरावादका एकजना ३० वर्षीय सयद इमरान खानको जिन्दगीमा। आतंकवादको धब्बा उनको जीवनमा छुट्नै सकेको छैन। सन् २००७ मा मक्का मस्जिदमा बम पड्काएको अभियोगमा डेढ वर्ष कैद बिताएपछि निदोर्ष सावित भएका खान आतंकवादी धब्बाले पैदा गरेको निरस जीवन बिताउन बाध्य छन्। उनको दागी जीवनसँग कसैले पनि सम्झौता गरेको छैन, विवाह हुँदैन, समाजले कलंकित आँखाले हेर्दछ, कुनै केटीसँग पिरती गाँस्न प्रयास गर्छन्, केही दिनपछि त्यो पनि बिग्रन्छ, उनको विगतको धब्बाले गर्दा। यसको उपचार कसरी होला ?
जिन्दगी र मृत्यु सस्तो, अन्तिम संस्कार महँगो पर्दछ मध्य अमेरिकी देश होण्डुरसमा। जम्मा ८० लाख मात्र जनसंख्या भएको यो देशमा ७४ मिनेटमा एक जनाको हत्या हुन्छ। मेक्सिकन ड्रग माफियाको अत्यधिक बिगबिगी रहेको यो देशमा पत्रकार, वकिल र सामाजिक कार्यकर्ता अपराधीहरूको निशाना हुने गरेका छन्। यस देशमा मृतकको राम्रो तरिकाले दाहसंस्कार गरेमा त्यो परिवारको इज्जत बढ्ने धारणा छ। त्यसैले गरिब परिवारको लागि दाह संस्कार कार्यमा सहयोग गर्न त्यस देशमा एउटा छुट्टै संस्था खुलेको छ, जसको सहयोगले गरिब परिवारलाई आफ्नो इज्जत जोगाउन केही राहत मिलेको छ। दाहसंस्कारको लागि कम्तीमा १००० (एकहजार) अमेरिकी डलर खर्च हुन्छ।
१०-११ औ शताब्दीको कुरा हो, चीनका एकजना बादशाहले आफ्नो मनोरञ्जन कक्षमा नाचिरहेकी एउटी नर्तकीको नयाँ खाले “कमल नाच” हेरेर मख्ख भएछन। कमल नाच भनेको कमलको फूलजस्तो वस्तुमा टेकेर नाच्नु रहेछ। केही उचाइ पनि बढ्ने र राम्रो पनि देखिने हुँदा ती बादशाहले “लेग वेण्डि·” प्रथा चलाएछन्। पैतालाका औला र कुरकुच्चा तल्लो भागबाट एकैतिर जोडिने किसिमले धेरै दिनसम्म बाँधेर आकार तयार गरी दुर्इ इञ्ची उचाई बढ्ने तथा विशेष प्रकारले पैतला बाँधेर खुट्टाको आकार नै सानो हुने हुँदा यसलाई सम्पन्न परिवारको इज्जतको रूपमा स्थापित गरिएछ। फलस्वरूप लेग बेन्डि· नगरेका केटीहरूको राम्रो परिवारमा विवाहवारी हुन छोड्यो। यो प्रथा एक सय वर्ष अगाडिसम्म चीनमा प्रचलित थियो।
सन् २०१२ मा हो पाकिस्तान प्रशासित कश्मीरको एक गाउँमा आफ्नो बाबु आमाले अनुषा नाम गरेकी १५-१६ वर्षकी छोरीलाई हरकत राम्रो नभएको दोष लगाउँदै तेजाव छर्केर मारे। एकजना मोटर साइकलमा सवार केटालाई एकोहोरो हेरेको निहुँमा पिटियो, केरकार गरियो, थुनियो, अनुचित सम्बन्ध रहेको अभियोग थोपारियो अनि आफ्नो परिवारको इज्जत फालेको भनेर उनको शरीरभरि तेजाव खन्याएर मारियो। यसको सूचना अनुषाकी दिदीले पुलिसलाई दिइन्। कश्मीरी मुस्लिम समाजमा लास गाड्नुभन्दा पहिले मृतकको मुख देखाउने चलन हुन्छ, त्यो गरिएको थिएन।
बलियाले निधोर्लाई हेप्ने, बदला लिने, दबाउने, बल प्रदर्शन गर्ने लक्षण त हरेक प्राणीमा फरक-फरक रूपमा पाइन्छ तर सबै लक्षण अथवा क्षमता एकैसाथ हुने प्राणी केवल मानिस हो। मानिस मात्र एउटा यस्तो प्राणी हो जसले समूह वा एक्लै बलात्कार गर्न सक्छ। तसर्थ जङ्गली समाजमा एण्डीरेव कानून बनाउन जरुरत नै पर्दैन। बलात्कार अपराध हो भनेर कतिले सोचेका हुन्छन् ? बलात्कृतको इज्जत समाजमा कसरी बाँच्दछ – बलात्कार कसरी रोक्न सकिन्छ र नारी इज्जत वरकरार राख्न सकिन्छ, यस विषयमा गहन विचार गर्नुपर्ने कुरामा कसैको पनि मत विभाजन हुँदैन। सरर्सर्ती हेर्दा दुर्इवटा कुरामा ध्यान पुगेमा महिलाले आफ्नो इज्जत जोगाउन अथवा सुरक्षित हुन केही मात्रामा सहयोग पुग्न सक्छ। यसमा सोचाइको ठूलो रोल रहन्छ, त्यो हो हरेक पुरुषले “आफू महिला भएको भए के हुन्थ्यो ?” भन्ने सोचाइ राख्नु अको हो। महिलाले खुलेर आफ्नो कुरा राख्नु, चिच्याउनु, नलुकाउनु। इज्जतको अर्थ बदल्ने उपाय यही हो। हिन्दीमा एउटा भनाई छ “खामोशी रेप की मा है”। इज्जत जोगाउन चुप लागेर होइन प्रतिक्रिया गरेर सामना गर्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१