आर्थिक क्रान्ति  र दिगो विकास सबैको चाहाना हो

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७१

कुनै पनि मुलुकका नागरिकहरुको पहिलो शर्त हो आफ्नो आफ्नो मुलुकको चौतर्फी विकास निर्माण गरेर मातृभूमिलाई सम्पन्न तथा शक्तिशाली बनाउने। मुलुकको विकासले आम नागरिकको भलो गरोस्। कसैलाई पाखा, कसैलाई काखा नगरियोस्। सबैलाई समान अवसर प्राप्त होस। कोही सुखी कोही दुःखीको भिन्नता नहोस्। विकासको फल संपूर्णमा न्यायिक रुपमा वितरण भएको हुनुपर्छ, त्यही नै समाजवादको मूल मन्त्र हो।

नेपालमा बहुदलीय प्रजातन्त्र पछि धेरै पटक अर्थ मन्त्री हुनु भएका डा.रामशरण महत योग्य र अनुभवी हुनुहुन्छ। २०७० साल मंसिर ४ गते मंगलबारको दिन सम्पन्न दोस्रो संविधान सभको निर्वाचनमा विजय हासिल गरेका नेपाली का“ग्रेसका सभापति तथा त्यस दलका संसदीय नेता सुशील कोइराला गत मार्ग २७ गते सोमबारको दिन दोश्रो ठूलो दल नेकपा -एमाले) को सहयोग र ७ बु“दै सहमतिबाट व्यवस्थापिका संसदमा भएको प्रधान मन्त्रीको मतदानमा दुर्इ तिहाई मत प्राप्त गरी विश्वकै गरिब नेता, नेपालको ३६ औं प्रधान मन्त्रीमा निर्वाचित हुनुभयो।

पटक-पटक अर्थमन्त्रीको पदभार सम्भाल्नु भएको डा. रामशरण महत वर्तमान मन्त्री परिषदमा पनि अर्थमन्त्री हुनुहुन्छ। उहाँलाई अर्थ मन्त्रालय कुनै नौलो कुरा भएन। अहिलेका अन्य मन्त्रीहरुले जिल्ला भ्रमणमा दौडिए जस्तै अर्थमन्त्री पनि मन्त्रालयमा बसी रहनु हुन्न। जिल्ला दौडाहा गर्ने बेलामा अर्थमन्त्री डा.रामशरण महतले स्याङजा जिल्ला वालिङ उद्योग वाणिज्य संघको १२ औं साधारण सभाको चैत्र ७ गते उद्घाटन शत्रमा शुभ कामना मन्तव्य दिदै मुलुकको विकास गर्न आर्थिक क्रान्तिको लागि एक वर्षभित्र संविधान निर्माण बारे जोड दिनु भएको थियो।

आर्थिक क्रान्ति र देश विकास भनेको एक सिक्काका २ पाटा हुन्। देश विकास नभई आर्थिक क्रान्ति हुँदैन। आर्थिक क्रान्ति नभै देश विकास हुँदैन। अर्थशास्त्रका विद्यार्थीहरुले बुझ्ने बुझाउने विषय त्यही हो जस्तो लाग्दछ।

अर्थमन्त्री भन्नुहुन्छ “राजनीतिक अस्थिरताको कारण मुलुकले आशा गरे अनुसार आर्थिक क्रान्ति गर्न सकिएको छैन” भन्ने अको भनाई अर्थमन्त्री महतको छ। उहाँको अनुभव तथा विज्ञाताको कारण भनाई शत प्रतिशत सत्य हुन सक्दछ। अर्थमन्त्रीले जति पटक पदभार समाल्नु भयो, पूरा अवधि काम गर्न पाउनु भएको छैन तर पनि आर्थिक क्रान्त्तिको बारे उहाँले धेरै अनुभव हासिल गर्नु भएको छ।

वहुदलीय व्यवस्थापछि राजनीतिक अस्थिरता भएको आज २४ वर्ष भइसक्यो। नेपाल लामो समयसम्म राजनीतिक अस्थिरताले वास गरेको देश हो। २००७ साल पूर्व १०४ वर्षसम्म राणकालीन अवस्था पनि राजनीतिक खिचातानीमा बितेको थियो। ३० वर्षे पञ्चायती व्यवस्थामा मिश्रीत अर्थतन्त्रको अवलम्वन गरिएको थियो। जुन मिश्रति अर्थतन्त्रको प्रभाव सम्बन्धमा तत्कालीन अर्थमन्त्रीहरु जानकार हुनुहुन्छ।

वर्तमान अर्थमन्त्रीको भनाईलाई उदृत गर्नुपर्दा उदार अर्थ नीतिलाई एमालेले मात्र होइन माओवादीले समेत स्विकारी सकेको विषय हो।

उदार अर्थनीतिको सुन्दर पक्ष र प्रभावबारे छिमेकी राष्ट्रहरुको सफलतालाई मनन् गर्नु जरुरी छ। छिमेकी मित्र राष्ट्र चीनका माओत्सेतुङ, चाउएनलाई, लियो साउची, चुतह र देङसायो पिङ पुराना नेताहरु हुन जस्ले चीनको विकासमा निरन्तर लागी रहे। माओले मुक्तिको नेतृत्व गरे भने देङले सम्पन्नताको। चीनीया उत्पादनले विश्व बजार ढाकेको छ। चीन अहिले विश्वको दोश्रो आर्थिक शक्ति बनेको देश हो। कुनै बेला चीनले अमेरिकालाई प्रमुख शत्रुको दर्जामा राखेको थियो। तर आज त्यही चीनले अमेरिकाको मन्दीलाई कम गर्न खरबौ डलर ऋण प्रदान गरेको छ। कुनै बेला चीनलाई कठोर कम्यूनिष्ट शासन भएको देश भनिन्थ्यो। आज त्यही विशाल राष्ट्र चीनले उदारीकरण नीति अवलम्बन गरेको हु“दा विश्व बजारमा आर्थिक हलचल ल्याएको यर्थाथ हो।

वर्तमान अर्थमन्त्री १२ वर्ष पहिले आ.व.२०५८/०५९ मा पनि सरकारमा हुनुहुन्थ्यो। उहाँले त्यही आ.व.को प्रस्तावित बजेट प्रस्तुत गर्दा भन्नु भएको थियो “स्थानीय निकायको संस्थागत सुदृढिकरण गर्दै बढी जिम्मेवार बनाउने उद्देश्य अनुरुप विकेन्द्रीकरण कार्यान्वयन योजना तयार गरी लागू गरिने छ। स्थानीय निकायको वर्तमान संगठन संरचना र संस्थालाई पुनरावलोकन गर्न आवश्यक अध्ययन समेत गरिने छ।” जुनकुरा वर्तमान अर्थमन्त्रीले पूरा अवधि पार गर्न पाउनु भएन। कार्यक्रममा सीमित भयो अर्थात् कार्यक्रम औचित्य हीन भयो। तर आजसम्म स्थानीय निकायको संरचना र संगठनमा कुनै हेर फेर भएको छैन। निर्वाचनको कुरामात्रै गरिन्छ, काम गरिँदैन। सुनिन्छ, गा.वि.स. को उपाध्यक्षको पद महिला उमेदबारलाई आरक्षण गरिदै छ। अहिले फेरि स्थानीय निकायमा आधा जनप्रतिनिधि महिला  हुनेछन् भनेर चर्चा चलिरहेको छ।

अर्थ मन्त्रालय तथा अर्थ मन्त्री भनेको देश विकासको मेरुदण्ड हो। जसको कल्पना -ख्क्ष्क्क्ष्इल्) मुलुकको लागि महत्वपूर्ण हुन्छ। मुलुकले विकासको गति लिने नलिने अर्थमन्त्रीको कुशलतामा भरपर्दछ। अहिलेको सरकार स्थायी सरकार मानिएको हुँदा आसन्न देशको बजेट प्रस्तुत गर्दा अर्थमन्त्रीको क्षमता र दक्षता महत्वपूर्ण हुनेछ।

समानान्तर देश विकास र आर्थिक क्रान्तिबारे अर्थमन्त्री मात्र होइन सरकार र देशवासीहरुको उद्देश्य पनि एउटै हो। विकास भनेको दिगो अर्थात् धेरै कालसम्म खप्ने हुनु पर्दछ।

प्राचीन रोमनहरुले निर्माण गरेका वृत्तखण्ड पुलहरु  कृतिमजलमार्ग  ढल विकास पानीको वेग रोक्ने पर्खाल रोमन साम्राज्यमा बनेका सार्वजनिक भवनहरु, पोखरीहरु, पार्कहरु तथा अन्य सार्वजनिक सम्पति सृजना गर्ने त्यस बेलाका शासक तथा प्राविधिकहरु  लाई आज पनि प्रशंसा गरिन्छ। तर हामी विकास निर्माणको निमित्त मोटो रकम बजेटमा प्रस्तुत गर्दछौं, तापनि धेरै टिकाउ हुँदैन। तर तिनीहरुबाट आर्थिक क्रान्तिलाई टेवा मिलेको छैन भनेमा बढी हुने छैन।

रोमन साम्राज्यको पालामा बनेका सडकहरु अहिले पनि चालु अवस्थामा छन् भने तिनीहरुको गुणस्तरको कुरै नगरौं।

हामीले प्रजातन्त्र प्राप्त गरेपछि वाषिर्क बजेट र आवधिक पञ्च वर्षीय योजनहरु लागु गर्‍यौँ के कस्तो प्रतिफल प्राप्त गर्‍यौं – अर्थमन्त्रीलाई जानकारी हुनुपर्छ। राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकको मौद्रिक नीति पनि त्यतिकै जिम्मेवारीको रुपमा लिइन्छन्। राजनीतिक अस्थिर भएपनि देशमा योजना वमोजिम विकास निर्माणले निरन्तरता पाइरहनु पर्छ। राजनीति अस्थिरताले समग्र विकास निर्माणमा प्रभाव पार्न दिनु हँदैन। देशका कर्मचारीहरु स्थायी सरकारका संवाहक हुन्, उनीहरु नै अटल भएर देशको प्रगति र सम्वृद्धितर्फ उन्मुख हुनु जरुरी छ।

(लेखक सराङकोट गा.वि.स.का निवर्तमान अध्यक्ष हुन। सं.)

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width