नेपालमा विभिन्न समयमा विभिन्न प्रकारका दिवस मनाइने प्रचलन छ। जस्तैः सहिद दिवस, नारी दिवस, गणतन्त्र दिवस, मानवअधिकार दिवस, श्रमिक दिवस, अपाङ्ग दिवस। त्यसैगरी, पश्चिमा मुलुकहरूमा पनि मदर डे भनेर आमालाई सम्मान गरिएजस्तै नेपालमा पनि माता तीर्थ औसीको दिनलाई आमा दिवसका रुपमा आमाप्रति आदर र सम्मान भाव प्रकट गर्ने विशेष पर्वका रुपमा मनाउने प्रचलन छ। संसारकी सृष्टिकर्ता आमालाई संसारका विभिन्न देशमा आ-आफ्नो भाषा अनुसार आमा, माता, मुमा, मम्मी, अम्मी, माई, माय, मदर आदि नामले सम्बोधन गरिन्छ।
लेखक आफ्नी आमाप्रति केवल श्रद्धा, सुमनमात्र अपण गर्न सक्छ किनकि मेरी आमाले यस संसारबाट बिदा लिइ सक्नु भएको छ। त्यसैले मलाई आमालाई स्मरण गरेर वर्षमा दुर्इ पटक तर्पण दिने अवसरमात्र प्राप्त भएको छ। तर पनि मातातीर्थ औंसीको आगमनमा तापाईकी आमा, हजुरकी आमा, हामी सवैकी आमा साथै संसारभरिका आमाप्रति नमन गर्न चाहन्छु।
लेखकले आफ्नो जीवनमा धेरै उतारचढाव व्यहोरेको छ। धेरै दुःख कष्ट र हण्डर खाएको छ। कहिलेकाँही त लाग्छ आमाको महत्व नबुझेर, आमाई गर्नुपर्ने सम्मान नजानेर वा आमाप्रति छोराले गर्नुपर्ने कर्तव्य पूरा नगरेर यति धेरै दुःख व्यहोर्र्नु परेको पो हो कि ? आफै प्रश्न गर्छु र उत्तर पनि आफै दिन्छु : सायद होल। पाठक वर्गले लेखकले जस्तै पश्चाताप गर्नुपर्ने व्यवहार आमाप्रति कृपया नगरिदिनुहोला, म विनम्र अनुरोध गर्दछु।
आमा संसारकी सृष्टिकर्ता, दया, माया, करुणा, स्नेह, त्याग र सृष्टिको रुप हो। आमाको महिमा गाउन र प्रशंसा गर्नका लागि शब्दहरू नै प्रयाप्त छैनन्। आमा प्रत्यक्ष इश्वर हुन् किनभने मानिस दुःख पर्दा हेर्र् इश्वर भन्छ तर तत्काल इश्वर प्रकट भएर सहयोग पाएको अनुभूति हुँदैन । आमाबाट छोरा, छोरीको दुःखमा प्रत्यक्ष सहयोग प्राप्त भइरहेको हुन्छ। तर छोराछोरीले त्यस कुराको अनुभव गर्न सकिरहेका हुँदैनन्।
आमा सबै प्राणीका लागि प्रिय शब्द हो। मानिसकी आमामात्रै हैन, पशु पंक्षीका आमाहरू पनि आफ्ना छोराछोरीलाई त्यत्तिकै माया गर्छन्। त्यसैले हरेक प्राणीमा आमा पुजनीय छन्। आमा गर्भधारण गरेर नौ महिनासम्म शिशुलाई पेटमा राखेर कठोर प्रशव पीडा झेलेर, मृत्युसँग लडेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन्। आफूूले खाईनखाई सन्तानको भोको पेट भरेकी हुन्छिन्। आफ्नो ज्यानको परवाह नगरी छोराछोरीको जीवन रक्षा गरेकी हुन्छिन्। त्यसैले आमा जति आदरणीय कोही छैन। आमाको जस्तो निस्वार्थ माया संसारमा कसैको पनि छैन। आमा मानव संसारको जीवनचक्र चलाउने जगत, जननी साथैर्र् इश्वरको जीवित अवतार हो। जीवित इश्वर घरमा हुँदा-हुँदै विभिन्न किसिमका मठ, मन्दिर र मस्िजदमा इश्वरको रुप खोज्नका लागि हामी भौतारिइरहेका छौं। कतिपय जीवित आमाले सन्तानको हेलाको पात्र भएर बाँच्नु परेको छ। आठ-दश सन्तान हुर्काएकी आमा हामीलाई धेरै हुन थालेकी छन्। छोराछोरी वा आमालाई छाडेर छुट्टै समाजतिर हामी उन्मुख हुँदै छौं। आमा दिवस मातातीर्थ औसीका दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाँउमा गएर आफ्नो गच्छे अनुसारको खाद्य पदार्थ खुवाउनुका साथै उपहारहरू दिएर आमालाई प्रशन्न तुल्याउने चलन छ। वर्षमा एक दिन आउने यो दिनमा मात्रै आमाप्रतिको दायित्व, भक्ति, आदर, सम्मान पूरा हुन्छ – अथावा दुर्इ, चार सयका मिठाइ, फलफूल खुवाएर वा नयाँ वस्त्र लगाई दिएरमात्रै आमाको त्याग, तपस्या र योगदानको कदर हुन्छ – त्यसरी मात्रै तपाई, हामी सबै छोराछोरीको दायित्व पूरा हुन्न।
बुझिनँ मैले आमाको माया म छोरो भएर
स्र्वर्ग छिन् आमा देख्दिनँ कतै के गर्नु रोएर ?
पोखरा-२९, हेमजा
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०