कहिल्यै भेट्दै नभेटेको व्यक्तिलाई समेत केही समय भेटेर संगत गरेपछि चिन्न गाह्रो हुँदैन। त्यसैले आफूलाई चिन्नु भन्ने त झन् साधारण विषय जस्तो लाग्छ। तर झवाट्ट सुन्दा खेरि सरल र साधारण लागे पनि आफूलाई चिन्नु धेरै मानेमा एकदमै कठिन काम हो। यति कठिन कामको खास अर्थ अवश्य हुन्छ। आफूलाई चिन्नुको मूल मर्म आफ्ना कमजोरी र आफूभित्रका सम्भावनाहरूलाई चिन्न सक्नु हो। जब हामी यसरी आफूलाई चिन्न सक्ने हुन्छौं तब मात्र अरूलाई पनि चिन्न सक्ने अवस्थामा हुन्छौं। आफ्नो वास्तविक मूल्याड्ढन गर्न सक्ने अवस्थामा पुग्दा अरूका बारेमा पनि हामीमा थोरै मात्र भ्रम बाँकी रहन्छ। थोरै भ्रम रहनु भनेको अरूसँग गरिने अपेक्षा पनि यथार्थपरक बन्नु हो।
आफूलाई चिन्नु अन्तिम सत्य होइन, पहिलो कदम हो। त्यसैले यतिले मात्र काम पूरा हुँदैन। आफ्नो पहिचानपछिको अर्काे कदम आफूलाई परिवर्तन गर्ने मार्गमा अग्रसर हुनु हो। यस प्रकार मानिसले आफ्नो वास्तविक अवस्था थाहा पाएपछि परिवर्तनको यात्रा शुरु हुन्छ। जस्तो सिक्न चाहने मानिसले पहिला आफूले के जानेको छु र के जानेको छैन भन्ने बोध गर्न जरुरी छ। त्यसै गरी स्वस्थ रहन चाहनेले पनि पहिला शरीरको निरोगिताको अवस्थाबारे थाहा पाउनु पर्छ। तब मात्रै रोग भित्रिन वा बढ्न नदिएर घटाउने अभियान शुरु गर्नु पर्छ। फोहरी परिवेशमा भएको मानिसले आफ्नो परिवेशमा भएको फोहर देख्न सक्नु पर्छ। त्यसबाटा टाढा हुनलाई भएको फोहरको सफाइ गरेर मात्रै पुग्दैन, पुनः फोहर नथप्ने काम पनि शुरु गर्नु पर्छ।
आफूलाई चिन्नु भनेको आफैलाई परिवर्तन गर्ने अभियानको थालनी पनि हो। यो बढो सूक्ष्म र क्रमबद्ध हुन्छ। एकै चोटि देखिने र तुरुन्तै प्रभाव परिहाल्ने होइन। शुरु गरेको लामै समयसम्म धेरैको नजरमा केही नदेखिन सक्छ। त्यसको आभास आफूलाई हुन सक्छ तर त्यही आभास अरूले थाहा पाउन महिनौं वा वर्षौ लाग्छ। आफूलाई चिन्नुको अर्थ आफ्नो अन्तरआत्मालाई विकसित गर्ने अभ्यास हो भन्दा पनि हुन्छ। चलन चल्तीको भाषामा यसलाई भाग्य निर्माणको अभ्यास पनि भन्न सकिन्छ। कतिपय मानिस आफूभन्दा अरूलाई धेरै भाग्यमानी देख्छन्। भाग्यमानी हुनु भनेको ज्ञानी हुनु हो कि धनी हुनु हो ? मेरो विचारमा हामी जन्मँदा ज्ञानका हिसाबले सबै बराबरी हुन्छौं। मानिसको जीवनमा सबैभन्दा ठूलो सम्पति भनेको ज्ञान र विवेक हो। धनका हिसावले भने हामी जन्मँदै केही फरक हुन सक्छौं किनभने पारिवारिक पृष्ठभूमिले धनको तह फरक पारेको हुन्छ। तर ज्ञान विनाको धन अर्थहीन छ। त्यसैले खोजी ज्ञानको हुनुपर्ने हो। हुन त यो साधारण सत्य हो यद्यपि यसबारे थाहा पाउन मलाई धेरै वर्षलाग्यो। यस्तै अरूलाई पनि भएको होला। त्यसैले हामी ज्ञानको भन्दा धनको खोजीमा धेरै समय लगाउँछौं।
हामीलाई मान्यजनले आशिर्वाद दिँदा भाग्यमानी भएस् भन्ने गर्नुहुन्छ। कस्तो हो त भाग्यमानी हुनु भनेको – धेरै धनसम्पति, राजकीय पद, सामाजिक मान सम्मान र परिवारिक सुख सुविधा युक्त मानिसलाई भाग्यमानी भन्ने चलन छ। मानिसले भाग्य जन्मँदै लिएर आएको हुन्छ भन्ने भ्रम समाजमा अझै छ। यद्यपि यसमा फिकापन भने क्रमशः बढ्दै छ। मेरो विचारमा मानिसले देखेको जस्तो सुखको भाग्य त जन्मपछि आपैFmले बनाउँदै जाने हो। सानो छँदा यस्तो भाग्य बनाउने कुरामा अरूको अलि बढी भूमिका हुन सक्छ। तर भाग्यको सबै खाका बनिसकेको हुँदैन त्यसबेला। मानिस जसरी हुकर्ंदै जान्छ उसको भाग्य पनि त्यसरी नै बिस्तार हुँदै जान्छ अर्थात् मानिसले आफ्नो भाग्य आफै बनाउँदै जाने हो। निःसन्देह भाग्य निर्माणमा धनको अलिकति सहयोग हुन सक्छ। त्यसै गरी परिवार, गुरु र स्थान विशेषको पनि केही भूमिका हुन्छ। तर ती सबै सहयोगी मात्रै हुन्। भाग्य निर्माताको मूल भनेको व्यक्ति आफू नै हो। भनिन्छ चराको फूल भित्रको कारणले फुट्यो भने जीवनको शुरुवात हुन्छ र बाहिरको कारणले फुट्यो भने जीवनको समाप्ति। हाम्रो भाग्यको शुरुआत पनि आफैभित्रबाट निस्केर नै हुन्छ।
भाग्यमानी भनेर समाजले परिभाषा गरेका कुरा सबै ठीक छन् भन्ने पनि होइन रहेछ। जस्तो धेरै धन हुनेलाई पनि भाग्यमानी भन्ने गरिन्छ। के धेरै धन हुने मानिस दुःखी छैनन् ? धेरै धन भएर पनि उनीहरू दुःखी छन् भने कसरी भाग्यमानी भए त ती ? धनी मानिसका घरपरिवारमा कलह, झगडा, रोग, शोक, आपत, कोलाहल, भयत्रास, डर आदि छन् भने ती मानिस अभागी नै भए नि। के धनी मानिसमा यो सब कहिल्यै नहुने हो र ? म ठोकुवा गरेर भन्न सक्छु कतिपय मानिस धनी भैकन पनि अतृप्त र दुःखी छन्।
त्यसो भए ठूलाठूला राजकीय पदमा बसेर धेरै शक्तिशाली ठानिएका मानिस पो भाग्यमानी हुन् कि ? म ती ठूला मानिस भाग्यमानी हुन् कि होइनन् ठोकेर त भन्न सक्तिनँ। तर सबै सुखी चाहिँ पक्कै होइनन्। किनकि त्यहाँ झन् ठूलो भय, जालझेल, तनाव, असन्तुष्टि, विरोध, तृष्णा आदि मौजुदा छ। त्यत्रो असन्तुष्टि बोकेर पदमा बस्दैमा मानिस कसरी भाग्यमानी भए होलान् र ? म कसरी मानूँ ती मानिस भाग्यमानी हुन् भनेर। अनि कसरी भनूँ, म पनि त्यस्तै बन्न चाहन्छु भनेर ? केही समयका लागि केही मानिसले मनले या स्वार्थले मानेका मानिस मात्रै हुन् ती। यसकै आधारमा तिनलाई भाग्यमानी भन्न मिल्ला जस्तो मलाई लाग्दैन।
त्यसो भए धेरै नाम चलेका, धेरैले चिनेका, ख्याति कमाएका मानिस पो भाग्यमानी हुन् कि – के सबै ख्याति कमाएका, धेरैले चिनेका मानिस सधै सुखी छन् ? उनमा कुनै अभाव वा तनाव छैन – मलाई त त्यस्तो लाग्दैन। ती मध्येका मानिसमा पनि तनाव र अभाव छ। त्यसो भए तनाव र अभावमा जीवन बाँचेका मानिस कसरी भाग्यमानी भए होलान् र ? त्यसो भए भाग्यमानी को त ? कि भाग्यमानी नै कोही हुँदैनन् ? नपाइने कुराको चाहना र आशिर्वाद मात्रै पुस्तौंपुस्ताबाट हामीले पाइरहेका छौं त ? यस्तै पनि हो जस्तो लाग्दैन। समाजले वर्षौंवर्षेखि भन्दै आएको भाग्यमानी मानिस मेरो विचारमा खुसी मानिस अर्थात सुखी मानिस हो। सुख अर्थात् खुसी भनेको धनदौलत, पद, ख्याति मात्रै होइन त्यो त अनुभूति हो जुन अभावमा पनि प्राप्त हुन सक्छ। जीवनका पाइलापाइलामा गर्न पाइने, गर्न सकिने अनुभूति। अनुभूति दुःखको पनि हुन्छ र सुखको अर्थात् खुसीको पनि। जीवनमा सुख र दुःख दिन र रात जस्तै सधै भेटिने कुरा हुन्। सुखका लागि दुःख र दुःखका लागि सुख अनिवार्य छ। तर चाहना सुखको मात्रै हुन्छ। जस्तै जान्नुभन्दा पहिला सिक्नु पर्छ। तर सिक्दा दुःखको महसुस हुन्छ र जानेपछि सुखको। के नसिकी जान्ने चाहना मात्रै गर्दा पूरा हुन्छ त ?
हामीले जीवनको पाइलापाइलामा भेटिने खुसीलाई पनि आत्मसाथ गर्न नसकेका हुन सक्छौँ। आफैलाई पछ्याइरहेको, आफ्नै वरिपरि भेटिने खुसीलाई लत्याएर नभेटिने टाढाको भाग्यमानी र खुसीको खोजीमा जीवन गुजारी रहेका त छैनौं भनेर थाहा पाउन नै मानिसले पहिला आफूलाई चिन्नुपर्ने रहेछ। आफैभित्र भएको आशक्ति, तृष्णा, इष्र्या, क्रोध, मोह आदिको कारण हामीले कति तनाव पाएका हौंला ? के त्यसलाई काबुमा राखेर वा त्यसको प्रभावबाट आफैलाई टाढा राखेर हामी आफ्नो दुःख घटाउन सक्दैनौं ? पाइलापाइलामा अरूलाई सहयोग गरेर बदलामा पाइने कृतज्ञतामा आनन्द र सुखको अनुभूति गरेर सुखी हुन सकिँदैन ? यसका लागि पहिला आफूलाई चिन्नु पर्यो। तपाई आफू यो अनुकूलको हुनुहुन्छ वा हुन बाँकी छ। भइसकेको भए पाइलापाइलामा सुख भेटिन सक्छ भइनसकेको भए पहिला आफूलाई अभ्यस्त गर्दै यो बाटोमा पाइला राखेर आफूलाई परिवर्तन गर्न जरुरी छ। हामी जब खुसी र सुखी भएको अनुभूति गर्छौ तब हामी भाग्यमानी हुने छौं। त्यसैले मेरो विचारमा हामी हाम्रो भाग्य आफै बनाउन सक्छौं। यसका लागि सानो प्रयास र अभ्यास जरुरी छ जुन अभ्यासले आफूलाई चिनाउने गर्छ। जब हामी आफूलाई चिन्छौं तब अरूलाई पनि चिन्ने औकात राख्छौं। यदि आफूलाई नै चिन्न सकिएको छैन भने अरूका बारेका सही मूल्याड्ढन गर्ने क्षमता हामीसँग हुँदैहुँदैन। त्यस्तो अवस्थामा हामी बित्थामा अरूलाई दोष दिइरहेका हुन्छौं। परिणाम कस्तो हुन्छ हेरौं त ‘अरूलाई दोष आफूलाई तनाव’।
तसर्थ आफ्ना कमजोरीको पहिचान गरी आफूलाई चिन्नु हर मानिसका लागि आवश्यक छ। त्यसपछि आफ्नो पहिचानको आधारमा आफूलाई परिवर्तन गर्न, विकसित गर्न र अरूका बारेमा यथार्थ मूल्याड्ढन गर्न सकिन्छ। सुखी र खुसी हुनका लागि सन्तोष अपरिहार्य छ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१