आदर्श समाजको विगतलाई फर्केर हेर्दा

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७२

वि.सं. २०५३ देखि नियमित प्रकाशित आदर्श समाज दैनिकले आज आफ्नो १९ औं वाषिर्कोत्सव मनाउँदैछ। यस दैनिकले हिँडेको बाटो सधैं सरल भएन, विभिन्न खाले उतारचढावका कारण यसले वक्र रेखामा यात्रा पार गर्‍यो। कठोर र कठिन दिनमा पनि धैर्य राखेर निष्पक्ष र व्यावसायिक पत्रकारितामा आफूलाई लगाएका कारण अहिले यसले राम्रै गति लिएको छ। यो पत्रिका प्रेस काउन्सिलको वर्गीकरणमा राष्ट्रिय पत्रिकाको क वर्गमा पर्दै आएको छ। यसै वर्ष बीबीसी क्लाइमेट एसियाले गरेको एक सर्वेक्षणअनुसार पाठक संख्याको दृष्टिकोणले मोफसलमा सबैभन्दा बढी पढिने पत्रिका र राष्ट्रिय स्तरमा पाँचौं स्थानमा परेको छ यो।

पत्रकारितालाई सहायक पेशाको रूपमा वा हतियारको रूपमा मात्र प्रयोग गर्न खोज्दा पत्रिका धरापमा पर्छ। पत्रिका कुन नियतले चलेको छ भन्ने कुरा पाठकहरूले ढिलोचाँडो थाहा पाई हाल्छन्। त्यसपछि उनीहरूले मन नपराएपछि जति नै लगानी गरे पनि वा उपहार राखे पनि चल्दैन। पाठकहरूले मन पराएर नै आदर्श समाजले निरन्तरता पाएको हो। निष्पक्ष, स्वतन्त्र र सन्तुलित रूपमा समाचारको सम्प्रेषण गरेर पाठक वर्गबाट पाएको विश्वसनीयता नै यसको सफलताको कारण हो। १८ वर्षसम्म चलाउँदा सुरुका दिनमा अप्ठयाराहरू निकै आए। त्यसताका पत्रिकाको संवाददाताको रूपमा समाचार संकलन र सम्पादकको रूपमा समाचार सम्पादन मात्र होइन विज्ञापन खोज्ने मार्केटिङको काम र कार्यालय व्यवस्थापकको काम समेत एकै जनाले गर्नुपरेको थियो। २०५३ मा सुरु गर्दा आदर्श समाजको आफ्नो प्रेस थिएन। त्यसैले अरूको अफसेट प्रेसबाटै छपाइ गरियो। त्यसबेला पोखरामा दुर्इ वटा मात्र अफसेट प्रेस थिए। प्रेसले पत्रिका छाप्न मान्दैनथे। त्यसका दुर्इ वटा कारण थिए। पहिलो, पत्रिकाको काम रातीमा गर्नुपर्ने, राती प्रेसमा काम गर्ने मानिस पाइँदैनथ्यो। पाए पनि राती काम गर्दा प्रेसको दिउँसोको काम ब्रि्रन्थ्यो। अर्को, धेरै पत्रिकाले छपाइको पैसा नतिरेको कारण प्रेसवालाले पत्रिका छाप्न मान्दैनथे। यस अवस्थामा हामीले उनीहरूलाई विश्वास दिलाउन अग्रीम भुक्तानी गर्नुर्र्पर्दथ्यो। रातमा काम गर्ने प्रेसका कर्मचारीलाई पनि पत्रिकाले नै ओभरटाइमबापत रकम दिएर काम गराउनु पर्दथ्यो। यति हुँदा पनि पत्रिका बेलामा छापिँदैनथ्यो। पत्रिकाको आफ्नो प्रेस नहुँदा धेरै हण्डर खाइयो।

पत्रिकाको ग्राहक बनाउन पनि गाह्रो थियो। काठमाडौंका ठूला पत्रिकाहरू पोखरामा छ्यापछ्याप्ती हुन्थे। ती ठूला पत्रिकाका अगाडि हाम्रा साना पत्रिकालाई हेला गरिन्थ्यो। कसैलाई पढ्न दिए पनि पन्छाएर राख्थे, पढिदिँदैनथे। कतिले त गाली गर्थे। “पत्रिका मेरो घरमा किन फालेको, म पैसा दिन सक्दिनँ। भोलिदेखि नपठाउनू।”

यो २०५५/०५६ सालतिरको कुरा हो। विज्ञापनका लागि पनि निकै मिहिनेत गर्नुपथ्यो। त्यस बेला विज्ञापनको स्रोत खासै थिएन। राजारानीको जन्मोत्सव, दशैं तिहार र नयाँ वर्ष कुर्नु पर्दथ्यो विज्ञापनका लागि। विज्ञापनको कुनै दर थिएन। एउटै साइजको विज्ञापनमा कसैले पाँच हजार रूपैयाँसम्म पनि कुम्ल्याउँथे। कसैले पाँच सय पनि पाउँदैनथे। विज्ञापन माग्न उद्योगी, व्यापारीहरूकहाँ जाँदा पनि हेला हुन्थ्यो। उनीहरूको राम्रो मुख देख्नु दुर्लभ थियो। हामीले उनीहरूलाई भारतीयहरूले एक लाखको उद्योग छ भने दुर्इ लाखको विज्ञापन गर्छन् र करोडौँ कमाउँछन् भनेर विज्ञापनको फाइदाबारे बताउँथ्यौं। तर उनीहरू पत्याउँदैनथे र भन्थे, “आइहाल्यौ, केही त दिन्छु तर पत्रिकामा नछाप्नू।” तर त्यसरी आदर्श समाजले कहिल्यै पनि पैसा लिएन। विज्ञापन छाप्ने हो भने मात्रै पैसा लिने भन्ने यसको अडान थियो। पछि पत्रिकाको बजार बढ्दै गएपछि विज्ञापन आफैँ आउन थाल्यो।

आदर्श समाजलाई देशभर पुर्‍याउने उद्देश्यसाथ नवलपरासी जिल्लाको गैडाकोटबाट वि.सं. २०५८ माघदेखि यसको तराई संस्करण प्रकाशित गरिएको थियो। दुर्भाग्यबस त्यही वर्ष देशमा सशस्त्र द्वन्द्वका कारण संकटकाल घोषणा भयो। यातायात बन्दले पत्रिकाको वितरणमा समस्या भयो। उद्योगधन्दा बन्दले विज्ञापन आउन छाड्यो। पत्रकारिता सहज थिएन। माओवादी भएको आरोपमा सहायक सम्पादक चिन्तामणि पौडेललाई तत्कालीन शाही सेनाले गैडाकोटस्थित आदर्श समाज कार्यालयबाटै २०५८ चैत्र २५ गते साँझ पक्रेर लग्यो। तर व्यारेकसँग सोधपुछ गर्दा पक्रेकै छैन, हामीलाई थाहा छैन भन्दथ्यो। त्यसबारे पत्रिकामा खबर छापिएपछि मार्न भने सकेन। अत्यन्त क्रुर यातना दिएर छ महिनापछि रिहा गरेको थियो। यी विभिन्न कारणले आदर्श समाजको तराई संस्करण तीन वर्षमै धरापमा पर्‍यो।

पत्रकारिताको यात्रा सहज हुँदै हुँदैन। त्यस बखत देशको राजनीतिक अस्थिरताले पनि पत्रकारितालाई धरापमा पारेको थियो। त्यसैले २०५३ देखि २०६० सम्म आदर्श समाजको प्रकाशनमा निकै कठिनाइ भयो। त्यसबेला पत्रिकाका न नियमित पाठक थिए। न विज्ञापन नै पाइन्थ्यो। कागज खर्च, कर्मचारी र छपाइ खर्च धान्न सक्ने अवस्था थिएन। दैनिक पत्रिका चलाउँदा आर्थिक संकट परेर पत्रिका रोकिने अवस्था आएका कारण पैतृक सम्पत्ति समेत बेचेर खर्च टारियो। सौभाग्यबस पत्रिकाले १२ वर्षपछि आर्थिक उत्पादन पनि दिन थाल्यो। नयाँ प्रेस किन्न सकियो र विस्तारै उन्नतितर्फ लम्कन सम्भव भयो।

अहिले यो पत्रिका अनलाइनमा समेत उपलब्ध छ। यसको वेवसाइट धधध।भबमबचकजब।अ हो। यसको उपयोग गर्नेमध्ये नेपालमा ३६ प्रतिशत, अमेरिकामा ११ प्रतिशत, युनाइटेड अरब इमिरेट्समा ८ प्रतिशत, बेलायतमा ६ प्रतिशत, कतारमा ६ प्रतिशत, अष्ट्रेलियामा ४ प्रतिशत, भारत, साउदी अरेविया र दक्षिण कोरियामा ३/३ प्रतिशत, र बाँकी अन्य देशमा रहेका छन्। वेवसाइटमा नियमित हेर्नेको संख्या बढिरहेको छ। पत्रिका नपुग्ने ठाउँमा पनि वेवसाइटमार्फत पत्रिका हेर्न पाउने सुविधाले पत्रिकाको बजार थप विस्तार भएको छ।

यद्यपि चुनौती अझै पनि प्रशस्तै छन् यस क्षेत्रमा। एफएम रेडियोहरूबीच अस्वस्थ प्रतिस्पर्धाका कारण विज्ञापन दर न्यून बन्दै गएको छ। त्यसले पत्रिकालाई पनि असर गरेको छ। पत्रिकामा पनि अस्वस्थ प्रतिस्पर्धाका कारण निकै सस्तोमा विज्ञापन छापेको पाइन्छ। यदि यसै गरी अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाने हो भने रेडियोमा दिनभर विज्ञापन बजाए पनि र पत्रिका भरि विज्ञापन छापे पनि कर्मचारीले तलब नपाउने अवस्था नआउला भन्न सकिन्न। ताजा समाचार लिने र सम्पादन गर्ने जाँगर नदेखाउँदा समाचारको स्तर गिर्दै गएको छ। सञ्चार क्षेत्रलाई सिर्जनशील बनाउन जरुरी छ। खोज खबरका समाचारलाई लगानी धेरै हुन्छ, जोखिम पनि त्यत्तिकै। त्यति धेरै जोखिम उठाउन सकिएको छैन। त्यसैले खोजी पत्रकारिताको पाटो कमजोर छ। राजधानीबाट निस्केका ठूला तथा रङ्गीन पत्रिकाहरू अहिले जिल्ला जिल्लामा पुगेका छन्। त्यसमा पनि ग्राहक बढाउने नाममा उपहारै उपहार राखेर पाठकवर्गलाई दिग्भ्रमित बनाएका छन्। मोफसलका पत्रिकाहरूले तीसँग प्रतिस्पर्धा गर्नु परेको छ। कि तिनको दाँजोमा जानु पर्‍यो, कि पत्रिका बन्द गर्नु पर्‍यो, ठूलो चुनौती छ। यी सबै चुनौतीसँग जुध्दै र व्यावसायिक निष्पक्ष पत्रकारिताको धर्मलाई आत्मसात गर्दै आदर्श समाज आगामी दिनमा अघि बढ्नेछ। पाठकलाई अझ स्तरीय सामग्री पस्कने सोचमा लागेको यस पत्रिकाले छिटै रंगीन कलेबरमा आफूलाई प्रस्तुत पनि गर्दैर्छ।

-मार्टिन चौतारीको वाषिर्क जर्नल मिडिया अध्ययनको नवौँ अंकमा प्रकाशित अन्तर्वार्ताको सम्पादित अंश)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width