आत्महत्या र त्यसको रोकथाम

सन्दर्भ : विश्व आत्माहत्या रोकथाम दिवस

सुदीप घिमिरे
भाद्र २४, २०७६

सरकारी पक्ष र विद्रोही पक्षको यातना? हिंसा? हत्याले धेरै व्यक्तिलाई मानसिक स्वास्थ्यमा नराम्रोसंग प्रभाव पारेको देखिएको छ। त्यसै गरी सन् २०१५ मा आएको विनाशकारी भूकम्पले धेरै व्यक्तिको मनलाई उथलपुथल बनाएको थियो।

हरेक वर्ष सेप्टेम्बर १० अर्थात भाद्र २४ गतेलाई विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाइन्छ। यस वर्ष पनि मानसिक तथा मनोसामाजिक क्षेत्रमा कार्य गर्ने व्यक्ति? संघसंस्था एवं सरकारी निकायले विभिन्न कार्यक्रमहरु मनाइरहेका छन्। आत्महत्या व्यक्ति र परिवारको मात्र नभई सामाजिक समस्या भएकाले यस वर्षदेखि आत्महत्या रोक्नका लागि मिलेर लागौँ भन्ने सन्देश लिइएको छ। यसै परिवेशलाई केन्द्रित गर्दै? यस आलेखमा आत्महत्यासंग केही तथ्यहरु। आत्महत्याको विषयलाई किन चासो दिनु पर्छ। आत्महत्यासंग सम्बन्धित गलत धारणाहरु के के छन्। व्यक्ति आफै? परिवार र समाजले यस्ता समस्याको निराकरण गर्न कस्तो भूमिका निवार्ह गर्न सक्छन् भन्नेमा केन्द्रित रहनेछ।

केही तथ्यहरु :

विश्वभर हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने विश्व स्वास्थ्य संगठनको आँकडा छ। हरेक वर्ष ८ लाख भन्दा धेरैले आत्महत्या गर्ने गर्दछन्। आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ। १५ देखि २९ वर्षको उमेरलाई बढी जोखिमको रुपमा लिइन्छ। यसै उमेर समूहमा आत्महत्या मृत्युको दोश्रो कारकतत्व बनेको छ। यही तथ्यांक बढ्दै गयो भने सन् २०२० पछि हरेक वर्ष आत्महत्या गरी मर्नेहरुको संख्या १० लाख भन्दा बढी हुनेछ। हरेक बर्ष एक करोड भन्दा धेरै व्यक्तिहरुले आत्महत्याको लागि प्रयास गर्ने छन्। आफन्तले गरेका आत्महत्याका कारण लाखौँ बालबालिका? महिला? वयष्क? बृद्धहरु प्रत्यक्ष प्रभावित हुन्छन्।

नेपालमा भने आत्महत्या गर्ने र प्रयास गर्नेहरुको सही तथ्यांक छैन। प्रहरीको तथ्यांकलाई आधारमान्दा आत्महत्या दर बढेको देखिन्छ। दैनिक १६ जना नेपालीले आत्महत्या गर्ने पछिल्लो तथ्यांकले जनाएको छ। १२ वर्ष अगाडि कास्की जिल्लामा गरिएको एक अध्ययनले १ लाख जनसख्यामा १२.४ प्रतिशतले आत्महत्या गर्ने जनाएको थियो। २८७ ओटा पोष्टमार्टम केसहरुलाई आधारमानी उक्त अध्ययन गरिएको थियो। त्यसै गरी सन् १९९६ देखि २००६ सम्म नेपालमा भएको माओवादी विद्रोहले व्यक्तिको मनोवैज्ञानिक पक्षमा नराम्रोसंग प्रभाव पारेको तथ्यहरु समेत सार्वजनिक भएका छन्।

सरकारी पक्ष र विद्रोही पक्षको यातना? हिंसा? हत्याले धेरै व्यक्तिलाई मानसिक स्वास्थ्यमा नराम्रोसंग प्रभाव पारेको देखिएको छ। त्यसै गरी सन् २०१५ मा आएको विनाशकारी भूकम्पले धेरै व्यक्तिको मनलाई उथलपुथल बनाएको थियो। एक गैरसकारी संस्थाले गोर्खा? सिन्धुपाल्चोक? र काठमाण्डौमा गरेको अनुसन्धानमा १०.९ प्रतिशत व्यक्तिहरुमा आत्महत्याको विचारहरु आएको पाइएको थियो। उक्त अध्ययन ५१३ जना भूकम्प प्रभावित व्यक्तिहरुसंग गरिएको थियो। यस्ता स–साना अनुसन्धानले प्रमाणित गर्छ? नेपालका हरेक जिल्लाहरुमा आत्महत्या वा मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरु धेरै छन्।

आत्महत्या रोकथामलाई किन महत्व दिनु पर्छ?

१) मनोसामाजिक र मानसिक स्वास्थ्य नेपालको प्रमुख समस्या बन्दै आएको छ। हाम्रा स्वास्थ्य संस्थाहरुमा आउने ४० प्रतिशत विरामीहरुमा कुनै न कुनै प्रकारको मानसिक समस्याका लक्षणहरु लिएर आउने तथ्यांकहरुले जनाएको छ। उनीहरुले आफ्ना समस्याहरु देखाउँदा शारीरिक समस्यालाई बढी देखाउँछन्। किने भने हाम्रा स्वास्थ्य संस्थाहरुले शारीरिक समस्याको उपचारलाई बढी प्राथमिकता दिने गर्दछन्। शारीरिक समस्याको पछाडि मनोसामाजिक? मनोवैज्ञानिक वा मानसिक समस्याहरु जोडिएर आएको हुनसक्छ।

२) आत्महत्या सामाजिक समस्या हो। एक व्यक्तिले आत्महत्या गर्दा त्यसको प्रत्यक्ष असर उसको परिवार? समुदाय र देशलाई नै पर्छ। यस्तो समस्या जो कोहीलाई? जुन सुकै वेला हुन सक्छ।

३) हाम्रा सामाजिक संरचना र संस्कारहरु छिटो छिटो परिर्वतन हुन थालेका छन्। आधुनिकताले युवाहरुलाई प्रभावित गरेको छ। व्यक्तिमा सामाजिक? आर्थिक समस्याहरु प्रशस्त छन्। रोजगारका लागि हजारौ व्यक्तिहरु बसाइसराई गर्छन्। हजारौ युवाहरु आफ्नो परिवार छाडेर कामका लागि विदेशीएका छन्। सीमित स्रोतले असीमित आवश्यकताहरु पूरा गर्न व्यक्ति र परिवारलाई कठिन भएको छ। त्यस वाहेक परिवारका सदस्यहरुसंग बसेर मनका कुरा सुन्ने र सुनाउने अबसरहरु गुम्न थालेका छन्। व्यक्तिमा समस्यालाई जुध्ने सकारात्मक ढंगले सामना गर्ने व्यवहार विस्तारै नकारात्मक बन्दै गएको छ। समस्या हुने वित्तिकै छिटो आत्तिने? डराउने प्रवृतिहरु बढेका कारण युवाहरुको मनस्थिति नराम्ररी प्रभावित भएका छन्।

४) तनाव? चिन्ता? उदासीनता? आत्महत्याका समस्याको वैज्ञानिक उपचार हुन्छ भन्ने जानकारी धेरै व्यक्तिलाई छैन। धेरै यस्ता समस्यालाई समस्याकोरुपमा लिइँदैन। कसैले पूर्वजन्मको पापकोरुपमा लिने गर्छन्। कोही व्यक्ति यस्ता समस्याका लागि धामी झाँक्री एवं परम्परागत उपचारकर्मीहरुको सहायता लिने गर्दछन्। समुदायका व्यक्तिले चिन्ता? उदासीनता जस्ता समस्याहरु व्यक्त गर्दा नकरात्मकरुपमा लिन्छन् भन्ने डर छ। समस्या भन्दा इज्जत जान्छ भन्ने डर छ। समस्यालाई लुकाएर राखिन्छ।

५) आत्महत्या लगायतका मानसिक समस्याको उपचारका लागि देश भित्र आवश्यक जनशक्तिको कमी छ। भएका मनोविमर्शकर्ताहरु र मनोविद्हरु गैरसरकारी संस्थाका परियोजनाहरुमा समिति छन्। केही मानसिक चिकित्सक र मनोचिकित्सक भने शहरीका अस्पतालहरुमा केन्द्रित छन्। जिल्ला जिल्लामा भएका समस्यालाई सम्बोधन गर्न तालिम प्राप्त जनशक्तिको अभाव छ। त्यसैले मनसंग सम्बन्धित स–साना समस्या पनि व्यवस्थापन भएका छैनन्। विद्यालयका विषयहरुमा तनाव कसरी व्यस्थापन गर्ने? रिसलाई कसरी नियन्त्रण गर्ने? आफ्नो रहेचाह कसरी गर्ने भन्ने ज्ञान पनि दिइँदैन। त्यसैले यस्ता विषयलाई गैरसरकारी संस्था र सरकारी निकायले गम्भीररुपमा लिई कार्यक्रमहरु संचालन गर्नु पर्छ।

आत्महत्यासंग सम्बन्धित गलत धारणाहरु

१) आत्महत्या गर्ने खोज्ने व्यक्ति निश्चय नै मर्न चाहन्छ भन्ने धारणा राख्नु गतल हो। सवै आत्महत्या भएका व्यक्तिहरुले मर्ने योजना वनाएका हुदैनन्। समस्याको निराकण नभएका कारण विकल्पकोरुपमा आत्महत्यालाई रोजेको हुन्छन्। कठिनाईको अवस्थामा व्यक्तिले समस्याको सकारात्मक पाटो सोचको हुँदैन। आफुलाई बेकार ठान्छ। उसलाई बाँचेको अर्थ हीन लाग्छ। त्यसैले आत्महत्याको सोचाई आउनु भनेको सहयोगको याचना गरेको हो सम्झनु पर्छ। धेरै पीडाको अवस्थामा जो कोही व्यक्तिलाई पनि यस्ता सोचाईहरु आउन सक्छन्। उनीहरुको कुराहरु ध्यान दिएर सुन्ने। जीवनलाई सकारात्मक दृष्टिले हेर्न प्रेरणा दिनुका साथै तिम्रा समस्यालाई व्यवस्थापन गर्न हामी पनि छौँ है भन्ने सन्देश दिनु महत्वपूर्ण हुन्छ।

२) आत्महत्याको विचारको वारेमा कुरा गर्दा व्यक्तिलाई आत्महत्या गर्न थप प्रेरणा मिल्छ भन्ने सोचाई गलत हो। समस्याको अवस्थामा व्यक्तिले उसको चिन्ता वा तनावलाई सवैले ध्यान दिऊन् भन्ने सोचाई राख्छ। त्यसैले आत्महत्याकोबारे खुलेर कुरा गर्दा व्यक्तिको मन हल्का हुन्छ। मेरो समस्या बुझ्ने कोही व्यक्ति छन् भन्ने भान हुन्छ। पीडाको स्तर कम हुन सहयोग गर्छ। आत्महत्या गर्ने योजना बनाएका व्यक्तिहरुको मन छिटो छिटो परिर्वतन हुन्छ। एक्लोपनको महसुस गर्ने? म मरेकै राम्रो? मलाई कुनै कुराहरुमा रुचि छैन भन्ने भनाईहरु व्यक्त गरेका हुन्छन्। आफ्नो हेरचाह पनि नगर्ने। व्यवहार पनि धेरै जसो रुन्चे हुने। दैनिक क्रियाकलापमा भाग नलिने जस्ता समस्याहरु देखिन्छन्। यस्ता संकेतहरु थाह भयो भने उनीहरुका मनका भावनाहरु व्यक्त गर्ने वातारण बनाउनु पर्छ।

आत्महत्याको सोच राख्ने व्यक्तिलाई कसरी सहयोग गर्ने?

आत्महत्याको विचार व्यक्त गर्नु र उसमा आत्महत्या सम्बन्धी कुराहरु बारम्बार व्यक्तिले गर्छ भने केही समस्या छ भन्ने बुझ्नु पर्छ। समस्या समाधानको लागि सहयोग सम्झनु पर्छ। त्यसका लागि व्यक्ति आफै? परिवारका सदस्य र समुदायको महत्वपूर्ण भूमिका रहन्छ।

व्यक्ति आफैको भूमिका :

  • नकारात्मक सोचाई नराख्ने।
  • एक्लै नबस्ने।
  • आफ्नो मन र शरीरलाई माया गर्ने। आफुलाई नोक्सान नपुर्याउने।
  • समस्या व्यवस्थापनका लागि सहयोगी निकायको खोजी गर्ने।
  • आत्महत्याले पर्न सक्ने नकारात्मक असरको मूल्यांकन गर्ने।
  • अरुको सहयोग माग्ने र लिने।
  • परिवारले गर्न सक्ने सहयोग :
  • समस्यामा रहेका व्यक्तिको गुनासा र समस्याहरु ध्यान दिएर सुन्ने।
  • भावनाहरु पोख्ने वातावरणको सृजना गर्ने।
  • परिवारको कुन सदस्यसंग कुराकानी गर्न सहजमान्छ त्यो पत्ता लगाउनु पर्छ। उसैसंग समस्याहरु भन्ने वातावरण बनाइदिनु पर्छ। जीवनका सकारात्मक पक्षलाई जोड दिने।
  • मर्ने बाहेक अन्य विकल्पको खोजी गर्ने।
  • व्यक्तिलाई एक्लै छोड्नु हुँदैन।
  • राति सुतेको बेलामा ध्यान दिएर सुत्ने।
  • मार्नको लागि सामग्रीनै लुकाएर राखेको छ भने हटाउने? सुरक्षित रहन वाचा गर्ने।
  • जोखिम छ भन्ने लागेमा आफन्त? छिमेकीलाई खवर गर्ने।
  • तुरुन्त स्वास्थ्य संस्था लग्ने आदि।
  • समुदायले गर्न सक्ने सहयोग :
  • परिवारका सदस्यहरु आत्तिएका हुन्छन् त्यस्तो अवस्थामा समुदायका व्यक्तिहरुको प्रेरणा र प्रोत्साहन चाहिन्छ।
  • सकारात्मक व्यवहार गर्ने।
  • समस्या समाधानका लागि विकल्प खोजी दिने।
  • जीवन प्रति आशा जाग्ने खालका कुराहरु गर्नुपर्छ।
  • सामाजिक तिरस्कार नगर्ने।
  • उपचारका लागि स्वास्थ्य संस्था लैजान सहयोग गर्ने।

यस्ता उपायहरु लागु गर्दा पनि समस्या बढ्न थाल्यो भने तुरुन्त मनोविमर्शकर्ता? मनोविद्? मनोचिकित्सकको सहयोग लिने। मनोविमर्श सेवाले व्यक्तिका मनसंग सम्बन्धित भावनात्मक समस्यालाई व्यवस्थापन गर्न सहयोग मिल्नेछ। समस्या व्यवस्थापनका लागि मर्ने वाहेक अन्य विकल्प देख्नेछन्। समस्यालाई सकारात्मकरुपले लड्न प्रेरणामिल्छ भने। समस्या धेरैनै गम्भीर छ भने औषधि सहित मनोवैज्ञानिक सहयोगको आवश्यता पर्छ।

Related News

सम्बन्धित समाचार

hero news full width