सन्दर्भ म पृथ्वीनारायण क्याम्पसको विद्यार्थी नदीपुरदेखि सड्कको पेटी हुँदै क्याम्पस पुगेर त्यही बाटो फकर्ंदै आउँदाको हो। गएको वर्ष एक अर्धवैसे, मैले दिदी भन्नुपर्छ उमेरले। सात मार्चका दिन भोलि क्याम्पस छुट्टि आज घर जाने हो भन्दै फलफूल किनेँ। त्यो बखत उहाँले भन्नुभयो-‘भोलि के हो ?’ भोलि आठ मार्च, नारी दिवस भनेर हिँडे। गएको वर्ष बित्यो यो वर्ष त लेख्नै मन लाग्यो यो विषयमा। खै त ती महिलालाई महिला अधिकारको कुरा, कसले सिकाउने ? नेपालमा महिला अधिकारका कुरा ज्यादै नै चर्का भाषणका कुरा बनेर आउँछन्। नेपाल सरकारले पनि आरक्षणको नाम दिएर उनीहरूलाई न अगाडि बढ्ने अवसर दिएको छ न कमजोर बनाएको छ। त्यो सबैले आफ्नै हिसाबले परिणाम निकाल्नुबाहेक विकल्प छैन। जे भए पनि आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आठ मार्च हो। यो वर्ष फागुन २४ गते धुमधामका साथ मनाइँदै छ।
हरेक वर्ष आठ मार्चको आफ्नै महत्त्व छ। यसको विश्व इतिहास आफ्नै छ। आठ मार्च महिला दिवस भनेर भनिन्छ। आखिर केका लागि महिला दिवस भन्ने – कुरा अझ पनि गौण विषय बनेर रहेको छ। आठ मार्चको इतिहास यो दिवस आफै बोलेको छ। यो एक समाजवादी आन्दोलन हो। त्योबाहेक अरू केही पनि जोडिएको छैन यो दिवसमा। हाम्रा अध्ययनका विषयले यसरी नै अथ्याएका छन्। आज यो कलम चलाइरहँदा पनि यसरी नै बुझनुबाहेक विकल्प छैन। आरक्षणको अवसर पाएको समयमा पनि अझै अपहेलित र समाजमा तिरस्कृत जीवन जिउन बाध्य छन् कति नारीहरू। तर यही आठ मार्चका लागि आन्दोलन सुरु गर्दा बीसौं शताब्दीको कुरा कति कठोर थियो होला ? अनुमान गर्नै सकिँदैन। त्यसको सुरूवातीको चरणमा संसारका कुनै पनि मुलुकमा महिलाहरूलाई मताधिकार, आफ्नो मत हाल्न पाउने अधिकार पाएनन्। नियम र कानुनका कुरा लेख्नका लागि चुनिने महाशयहरू नारीबिनाको मतबाट विजयी बनेर उनीहरूले गर्ने कार्यहरू कस्ता होलान् र भए त्यसमा नजरअन्दाज लगाउन सकिन्छ। आखिर समय हिजो पनि उही हो आज पनि। फरक चेतनाको मात्र। आजका महिला हिजोको भन्दा बढी चेतनशील होलान्। हिजो पनि नारीहरू त्यति अबुझ थिएनन् किनकि त्यसैको उपज हो आजको आठ मार्च, यसमा गर्व गनैपर्छ।
शिक्षा, स्वास्थ्य र रोजगार आजका प्रमुख आवश्यकता बनेका छन्। त्यो बेला कहीँ कुनै न कुनै स्थान अवश्य पनि थियो त्यसैले गर्दा विश्वभरमै कायम रहेको अन्याय र अत्याचारका विरूद्ध महिलाहरू मुक्तिका लागि झिल्को बनेर निस्के। त्यसले महिला आन्दोलनको ठूलो रूप लियो। सन् १९०६ मा महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनपश्चात् महिला मताधिकारका लागि महिला मुक्ति आन्दोलनलाई समाजवादी आन्दोलनसित जोडेर लैजाने प्रस्तावहरू सम्मेलनले पास गर्यो भन्ने कुरा थाहा लाग्छ। एउटा महिलाले मताधिकार प्राप्तिको लागि पनि त्यती ठूलो सङ्र्घर्ष गर्नुपर्ने।
विश्वको कुरा जोड्नुको कारण नेपालमा झन् कस्तो अवस्था थियो होला भनेर दर्शाउन मात्र खोजेको हो। हामी यही नेपालका नेपाली हौ यसर्थ इतिहासलाई नहेरिकन सक्कली मुहार पत्ता लगाउन सकिँदैन। महिला मुक्तिका लागि थालिएको आन्दोलनमा रगत र पसिनाको मूल्यस्वरूप सन् १९१८ मा पहिलो पटक बेलायतले महिलालाई अधिकार प्रदान गरेको थियो। एउटा गौरवको कुरा। किनकि त्योभन्दा अगाडि महिलालाई मताधिकारको अवसर थिएन। हामीले सम्झेका छौं गिरीधारी भाटले मुद्दा जितेर पनि लेख्न सकेनन् इतिहास, त्यसको कुनै अस्ितत्व र इतिहास नै रहेन। त्यसैले इतिहास लेख्नेहरूको मात्र हुन्छ। जित्नेहरूले पनि लेख्न सकेन भने त्यो आफै हराएर जान्छ। बेलायतबाट महिलाको मताधिकारको ढोका खोलेर हामी आफ्नो देश छिर्न लाग्दा सम्झन्छौं, द्वारिकादेवी ठकुरानीलाई। लोकसेवा आयोगका प्रश्नपत्रहरूमा नेपालको पहिलो महिलामन्त्री को थियो भन्दा नेपालका महिलाहरूले छाती ठूलो बनाउन पाउँछन्। सन् १०५९ भनौं वि.सं. २०१५ मा नेपालमा महिलालाई मताधिकार प्रदान गरिएको थियो। द्वारिकादेवी ठकुरानीले नेपालको पहिलो महिला मन्त्री बन्ने अवसर प्राप्त गरेकी थिइन्। सन् १९०८ को मार्च आठ संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा भएको आन्दोलनको आडमा सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा सम्पन्न महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनल क्लारा जेट्किनको प्रस्ताव आठ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरिएको थियो।
आठ मार्च श्रमिक महिला दिवसको रूपमा मनाउने भनिएको छ। हामी देखिरहेका छौं, वि.सं. २०४७ को संविधान अशक्त बनेको छ। अन्तरिम संविधान धेरै पटक संशोधन भयो। तोकिएको मिति टर्यो। थपिएकोमा पनि के बन्न सकेन, धेरै नयाँ सरकार आए, अब आएको नयाँ सरकारले केही गर्छ गदैन समयले बताउला। यस्तै विडम्बना छ श्रमिक महिलाका लागि भनेर मनाइएको दिवसका सन्दर्भमा पनि के ती श्रमिकहरूकै लागि बनेको छ त – प्रश्न सोध्न मन लाग्छ पाठकसँग। हामी संस्कारलाई मनाउने प्रस· कोट्यायौं भने चाहे तीजका कुरा हुन् चाहे तिहारका, हाम्रा संस्कृति कक्टेल बन्दै गएका बेला, यो आठ मार्च पनि त्यस्तै कक्टेल संस्कृति बन्नेको हो कि भन्ने आभाष भएको छ।
चार्डपर्व मनाउने क्रममा मिसावट भए जस्तो महिलाअधिकारका लागि पनि मिसावटको अवस्था नआएको र नआउला भन्न सक्ने अवस्था छैन। अझसम्म हक अधिकारका कुराले महिलालाई छुन सकेको छैन। विश्वमा महिलाहरूले नारी दिवस मनाउँदा नेपालका दिदीबहिनी आफ्नो अधिकारको बारेमा पत्तो पाउनु छैन। उनी दैनिक आफ्नो श्रमबजारमा श्रमको बिक्री गरिरहेकी हुन्छिन् भने उनलाई कसले जानकारी दिने नारी दिवस भनेर। नेपालमा राजनीतिक परिवर्तनसँगै शासन व्यवस्थामा परिवर्तन भएको छ।संसद् भवन र सभासद्हरूमा केही महिलाहरू अटाएका छन्, तिनीहरूको दायित्व के – सर्वसाधारणलाई कसले सिकाउने हो अधिकारको कुरा। सड्कको पेटीमा डोको र नाम्लोसँग जिन्दगीको दालचामल साट्नेहरूलाई कसले सिकाउने – आज २१ औं शताब्दीका जानेबुझेकाले नै अधिकारबाट बञ्चित भएका दिदीबहिनी देख्छौं भने। उनीहरूलाई थाहा भएन महिला अधिकारको कुरा त्यो आफ्नो ठाउँमा छ। थाहा पाउनेहरूले जानकारी दिने कि नदिने, थाहा पाएकाहरूले कक्टेल बनाउने या नबनाउने ? दिनमा १२ घण्टा काममा नै जोतिने हो भने कहिले बुझछन् नेपाली दिदीबहिनीले आठ मार्चको अर्थ ? सवाल आठ मार्च, थाहा पाए पाउन नत्र ठीकै छ भन्ने नेपाली समाजका पुरूषले अब त्यो भनेर बस्ने समय छैन। उनीहरूले पनि त्यसको बारेमा जानकारी गराउनुपर्ने टड्कारो आवश्यकता हो। नेपाल सरकारले नारी दिवसको दिनमा १०१ औं नारी दिवसदेखि दुवैलाई सार्वजनिक बिदाको व्यवस्था गरेको छ। बिदा दिनु मात्र नारी अधिकारका लागि पर्याप्त मान्न सकिँदैन। महिला-पुरूषबीचको भेदभाव अन्त्य हुनुपर्छ भनेर भने पनि भेद्भाव हट्न सकेको छैन। कानुनी रूपमै थुप्रै विभेद व्यहोर्न बाध्य छन्। दोस्रो कारण भनेको देशको कानुन हो। अब बन्ने कानुनले महिलालाई विभेदको वातावरण सिर्जना गर्ने खालका बुँदाहरू समावेश गरेको देख्न नपरोस्। सन् १९०८ को सिकागो सहरमा भएको महिला आन्दोलनको स्मरण गरेर आठ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाएर मात्र हुने केही पनि होइन। तेस्रो कक्टेल बन्ने आधार र कारण भनेको सामाजिक संरचनाले नै महिलामाथि विभेद भएको छ। छोरा या छोरी एउटै वातावरण र प्रक्रियामा जन्मने हुकने गर्छन्। समान पीडा र व्यथा हो तर जन्मिसकेपछि छोरीले विभेद सहनुपर्छ। या त जन्मनुभन्दा पहिला नै मृत्युको मुखमा पुग्नुपर्ने संस्कार हाम्रोसामु जीवितै छ। त्यसैले कानुनी विभेदको अन्त्य जबसम्म हुँदैन तबसम्म समुन्नत र सभ्य समाज निर्माण हुन सक्दैन। अन्तर्राष्ट्रिय महिला दिवस, आठ मार्च मनाइरहँदा जन्मन लागेकी छोरीको भ्रुण हत्या नहोस्। कतै छोरी हुर्कीसकी यसलाई धेरै पाल्नुहुँदैन भनेर दुइ चार लाख ऋण खोजेर पराईको घर सुम्पने वस्तुको रूपमा बिक्री गर्न नखोजियोस्। हिजो जुन अधिकारका लागि मुक्तिको आन्दोलन सुरूवाती भयो त्यही रूपमा अगाडि बढ्न सकोस्। कक्टेल बन्दै गइरहेको संस्कारमा मार्च आठको प्रस· पनि त्यस्तै नबनोस्।शुभकामना।
(लेखक मानवअधिकार पत्रकार सङ्घ हुजा पश्चिमाञ्चलमा आवद्ध पत्रकार हुन्। सं.)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०