शुक्रबार साँझ महेन्द्रपुलमा भेटिएकी अस्मिता सपिङमा निकै व्यस्त थिइन्। उनलाई सोधी हालेँ, ‘होइन, दसैँ नै आयो कि क्या हो -’ मुस्कुराउँदै उनले जवाफ दिइन्, ‘होइन, यसो पर्सीीके त..।’ अस्मिता आफ्नो बाटो लागिन्।
अस्मिताजस्ता धेरै युवालाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेले मज्जाले ततायो। पोखराका गिफ्ट पसल तथा सपिङ मलहरूमा युवाको हेर्न लायक भीड देखियो। विशेष त्यही हो, भ्यालेनटाइन डे स्पेसल।
१४ फेब्रुअरी, जसलाई पश्चिमेली समाजमा भ्यालेनटाइन डे अर्थात् प्रेम उत्सवका रुपमा मनाउने प्रचलन छ। जुन दिन अव्यक्त प्रेमीहरूले प्रेम व्यक्त गर्ने अनि पुराना प्रेमजोडीहरू उपहार साटासाट गरेर प्रेम मिलाप गर्दछन्। जसको प्रभाव नेपाली समाज, अझ भनौं नेपाली युवा जमातमा पनि राम्रै परेको छ।
भ्यालेनटाइन डे फेब्रुअरी १४ मा मनाइता पनि युवायुवतीले भने हप्ता, १० दिनअगावै एकअर्कामा फूल साटासाट गरेर रोज डे भन्दै भ्यालेन्टाइन डेको सुरुवात गरेको देखिथ्यो। जुन दिन पोखराका फूल पसल र गिफ्ट पसलहरूमा गुलाफको फूल किन्नेहरूको भीड हेर्न लायक पाइयो।
सामाजिक सञ्जालका भित्ताहरूमा यसरी दिनदिनै रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे भन्दै अनेकौं तर्कवितर्कसहितका पोष्ट छाइरहेका छन्। कतिपय साइटले त भ्यालेनटाइन डे विशेष भनेर प्रेमीप्रेमिकासँग सम्बन्धित कार्यक्रम नै ल्याएका छन्। भनिन्छ, प्रेम संसारको सबैभन्दा मूल्यवान कुरा हो। जब कुनै मानिस प्रेममा पर्छ, सुखद् अनुभूति गर्छ, कैयौं असम्भव बाटो पनि प्रेमकै माध्यमबाट पार गर्दछ। मानिसलाई सबै सुख सुविधा दिए पनि प्रेमबाट बञ्चित गरियो उसलाई बाँच्न गाह्रो हुन्छ।
तर हाम्रो समाजमा पहिल्यैदेखि प्रेमका बारेमा नकारात्मक कुरा भरियो। जसले गर्दा प्रेमलाई समाजले सहजै स्वीकार गर्न सकेन। आज प्रेम गर्नेहरू एक-अर्कामा प्रेम गर्छन्, खुसी अनि सुख अनुभूति त गर्छन् तर पनि सोच्छन् मैले ठीक गरेँ कि बेठीक – म मेरो परिवारको विपरीत त गइनँ, मैले गर्न नहुने काम त गरिनँ भनेर प्रेमका बारेमा हिसाबकिताब गर्न थाल्दछन्, जसले गर्दा त्यो प्रेम मर्छ।
भनिन्छ : प्रेमको उपहार प्रेम नै हो। उपहार दिएर मात्र प्रेम दर्सिने होइन। फेरि सबै प्रेमीप्रेमिका उपहार दिन सक्षम हुन्छन् भन्ने पनि त छैन। त्यसैले त्यस्तो उपहार दिनुहोस्, जुन सहजै एक प्रेमीबाट अकोर्लाई विना शुल्क दिन सकियोस्। त्यो हो प्रेम, त्यो पनि निस्वार्थ।
विरौटाकी विनिता विगत सात वर्षदेखि कसैलाई प्रेम गर्छिन् तर पनि आजसम्म प्रेम दिवसकै अवसरमा प्रेमीबाट कुनै उपहार लिएकी छैनन्। उनी भन्छिन्, ‘उपहारभन्दा ठूलो उसको माया छ। अनि त सात वर्ष बिताइयो।’
यसरी प्रेमीप्रेमिकाको उत्सव भनेर मनाइँदै आइएको भ्यालेन्टाइन डेलाई लियो क्लब अफ पोखरा पिस चौतारीले भने छुट्टै तरिकाले मनाएको छ। क्लबले पोखरा-२५, ठूलीबिडीमा रहेको लक्ष्मी निमाविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेसनरी वितरण गरी बालबालिकासँग प्रेम दिवस मनायो।
आखिर जहाँ, जसरी मनाए पनि त्यो प्रेम नै हो। महङ्गो उपहार एकअर्कामा बाँडेरमात्र प्रेम दर्सिने होइन, प्रेम गर्नुपर्छ। प्रेम नहुँदो हो त संसारको सृष्टि सम्भव थिएन होला। कहाँ र कसरी भन्नेमात्र फरक हो। प्रेम गर्नका लागि कुनै दिन नै चाहिन्छ अनि महङ्गा उपहारले मात्र प्रेम मजबुत हुन्छ भन्ने सोच्नु सर्वथा गलत हो। जहाँ स्वार्थले बढवा दिन्छ, त्यहाँ प्रेम कहिल्यै फस्टाउँदैन। सुकेर जाने गुलाफ दिँदैमा हाम्रो प्रेम अजर-अमर रहँदैन। त्यसैले तपाईको महङ्गो उपहारको सानो हिस्सा उनीहरूलाई बाड्नुहोस, जसले कयौँ दिनको खाली पेट भरियोस्। प्रेम दिवस यिनीहरूसँग मनाउनुहोस्, जसलाई प्रेमको अर्थ सधैं रहिरहोस्।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०