असार र असारे पन्ध्र

आदर्श समाज सम्वाददाता
असार १५, २०७०

न बाहिर बोक्रो न भित्र खोक्रो गुलियो कसार

पूर्वको ढोका खोलेर हेर्दा लाएछ असार।

वर्षा ऋतुको वषिर्लो र भरिलो महिना असार हो। यस महिनामा गर्मी बढ्छ। आकाशमा बादलु चढ्छ। कालो बादलुले पानीका सेता र शीताला थोपाहरू खसाउने गर्छ। कृषि कर्म र नेपाली जनजीवनका मसिना मर्मसँग असारको सम्बन्ध गाँसिएको छ। आँखा र आँशु अनि नङ र मासुको जस्तै गरेर। यही महिनामा कृषि पर्व ‘असारे पन्ध्रु पनि पर्दछ। यस पर्व र महिनाको सामाजिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक, साहित्यिक, पर्यटकीय र मनोरञ्जनात्मक महत्त्वलाई यहाँ प्रस्तुत गरिएको छ।

हाम्रो देश गाउँ नै गाउँले भरिएको छ। ग्रामीण संस्कार र जनजीवन नै हाम्रो पहिचान हो। असार र असारे पन्ध्र हाम्रो समाजसँग सम्बन्धित छन्। सामाजिक क्रियाकलापसँग यिनको गहिरो सम्बन्ध छ। असारे पन्ध्र हाम्रो सांस्कृतिक पर्व हो। यो पर्वको सुरुवात गर्‍यो र कहिलेबाट यो पर्वको आरम्भ भयो – यो प्रश्नको उत्तर भन्न गाह्रो छ। तर खेतीपाती गर्ने, धान रोप्ने परम्परासँगै यसका आरम्भ भएको अड्कल गर्न सकिन्छ। यति पुरानो इतिहास बोकेको असारे पन्ध्रको ऐतिहासिक महत्त्व रहेको छ। हाम्रो संस्कृतिको एक अ·का रूपमा हाम्रा पर्खाहरूले परापूर्वकालबाट मनाउँदै आएको हुनाले यसको सांस्कृतिक महत्त्व पनि रहेको छ।

असार मानो खाएर मुरी फलाउने महिना हो, किसानको जनजीविकासँग यसको सम्बन्ध छ। असारमा रोपेको धान मङ्सिरमा फल्छ। त्यही अन्नले कृषकको जीवन धानिन्छ। त्यही धान बेचेर, त्यही पराल बेचेर कति कृषकले नाना र छानाको मेसो मिलाउँछन्। असारमा राम्रो वर्षा परेमा खेती सप्रिन्छ। खडेरी परेमा खेतीपाती बिग्रिन्छ। सप्रिएको खेतीले किसानको दुखिलो जीवनमा थोरै भएपनि खुशीको र· पोतिन्छ। खेतीपाती बिग्रिएमा उनीहरूको जहाजै डुब्छ। चामल निर्यात पनि बढ्छ। असारे पन्ध्रमा दही र चिउरा खाइन्छ। यसले पनि अर्थतन्त्र र व्यापार व्यवसायसँग सम्बन्ध राख्छ। यसरी किसान र देशको अर्थ व्यवस्थासँग असारको साइनो गाँसिएको हुनाले यसको आर्थिक महत्त्व पनि छ।

असार महिनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य जन्मिए, असार महिनालाई नेपाली साहित्यमा विभिन्न किसिमले चित्रण गरिएको छ। भूपी शेरचनले त असार शीर्षकको कवितै लेखेका छन्।

बुटको आवाजले

आकाश घन्काउँदै

हतार हतार

चुहाउँदै पसिनाको धार

प्रत्येक वर्ष आउँछ असार

उपन्यास, निबन्धलगायतका विभिन्न विधामा पनि असार महिना र असारे पन्ध्रको चित्रण गरिएको पाइन्छ। असारमा देखा पर्ने रमाइला कुराले साहित्यकारलाई आकषिर्त गर्न सफल भएका छन्। ‘असारे पन्ध्रु वा असार महिनामा असारे गीत गाइन्छ। नेपालको पूर्र्वी भागमा यसलाई ‘रसिया भनिन्छ। काठमाडौं उपत्यकामा यसलाई ‘काठेभाका भनिन्छ। दबदबे हिलोमा काम गर्दा लेध्रो तानी तानी किसानहरूले गीत गाउँछन्।

साहित्य लेखन र गीत गायनका हिसाबले असार महत्त्वपूर्ण महिना भएकाले यसको साहित्यिक महत्त्व रहेको छ।

असारे मासको दबदबे हिलो

छि मलाई घिनलाग्यो।

पातली नानीलाई फरिया किन्दा

छ बीस नि लाग्यो।

बेलौती काँचो ख्याल होइन साँचो

छ बीस रिन लाग्यो।

पछिल्लो समयमा असार महिना, असारे पन्ध्र अनि असारे कर्म पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण बन्दै छ। असारे पन्धै्रमा दबदबे हिलोमा छुपुछुपु धान रोपेको दृश्यले चित्रकारीको चित्रकलालाई गिज्याउँछ। झनै हली, बाउसे र खेताला खेताल्नीले हिलो छ्यापाछ्याप गरेको दृश्य झनै मोहक र रौसपूर्ण देखिन्छ। खेताला बाउसेका छेडछाडपूर्ण संवाद, निश्चल हाँसो आदि रमाइला हुन्छन्। सहरमा बसेका व्यक्ति पनि हिलोमा चोपिन चाहन्छन्। संस्कृति, सभ्यता र पर्खाहरूको कामको सम्मान स्वरूप ‘असार पन्ध्रु मा एक दिन भए पनि उनीहरू हिलाम्य खेततिर तानिन्छन्। झन सहरी वातावरण, सभ्यता र प्रदुषणले वाक्क दिक्क भएका विदेशी पर्यटकलाई त असार र असारे पन्ध्रको परिदृश्य स्र्वर्गको एक टुक्रोजस्तो लाग्छ। उनीहरू पनि हलो सम्याएर एकछिन अली हुन चाहन्छन्। हरियो बिउ हातमा लिएर खेताली हुन चाहन्छन्। स्याखु ओढ्न चाहन्छन्। रिमझिमे भरिमा भिजेरै केही समय हिलो छ्यापाछ्याप गर्न चाहन्छन्। यही भएर हिलो आज पोखरा र यसका आसपासका क्षेत्रमा असारे महोत्सव सञ्चालन हुँदै आएका छन्। कम पर्यटक आउने वर्षा ऋतुमा असार महिना पर्यटनमा कोशेढु·ा बन्न सक्छ।

‘असारे पन्ध्रु मा दही र चिउरा खाइन्छ। गर्मी, महिनामा दही खाँदा शीतल हुन्छ। त्यस्तै चिउराले शक्ति दिन्छ। शक्तिवर्द्धक र स्वास्थ्यवर्द्धक दहीचिउरा हिलोमा बसेर खाँदा मिठो अनुभूति हुन्छ।

मनोरञ्जनका दृष्टिकोणले पनि असारे पन्ध्र महत्त्वपूर्ण छ। रमाइला गीत गाउने, हाँसो ठट्टा गर्ने कामले कामको थकाइ मेटाउँछन्। असार पन्ध्रमा अर्मपर्म र सत्सहयोगको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। पालैपालो आ-आफ्नो खेतमा रोपाई गर्ने एक छिमेकीले अर्कोलाई सहयोग गर्ने जस्ता राम्रा राम्रा गुणहरूको विकास गराउन पनि असार महिना सफल छ।

आजभोलि असारमा छुपुछुपे धान रोप्ने खेतहरू मासिँदैछन्। धान फल्ने ठाउँमा प्लटिङ भएको छ। पोखरा उपत्यका भित्रका खेत रोप्ने खेतहरू सड्ढटमा पर्दैछन्। यस्ता खेत जोगाउन सम्बन्धित निकायलाई झकझकाउने पर्व पनि असारे पन्ध्र नै हो। खेत र हिलोबिनाको असारे पन्ध्रको कल्पना गर्न नसकिने भएकाले पोखराभित्र असारे पन्ध्र मनाउने वातावरण बनाइराख्न धान फल्ने खेतको संरक्षण गर्नुपर्ने देखिन्छ।

विश्वमा हाम्रो आफ्नै पहिचान गराउने विभिन्न कुरा छन्। तीमध्ये असार र असारे पन्ध्र पनि एक हो। यसलाई जीवन्त तुल्याउनु हाम्रो धर्म र कर्म हो। किसानहरू, कर्मजीवी हुन्छन्। लोककवि अलिमियाँले पनि त्यसै भनेका छन्।

खन्ने भाँडो कोदाली हो

जोत्ने हली गोरु

मरि मरि कमाई गर्ने

यी किसानीहरू

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width