असाध्य रोग : भ्रष्टाचार

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७१

भ्रष्टाचार र कुशासन एक अर्कामा अन्योन्याश्रति सम्बन्ध भएका प्रवृत्ति हुन्। सुशासन अर्थात् असल शासनको विपरीतार्थी शब्द कुशासन हो। त्यही गलत शासन नै सामान्य अर्थमा भ्रष्टाचार हो। नियम र कानुनलाई मिची व्यक्ति या समूहले लाभ लिनु नै भ्रष्टाचार हो। तसर्थ यसलाई सामाजिक अपराध मानिन्छ। यसले सिङ्गो समाज तथा राष्ट्रलाई नै दुर्गन्धित बनाउँछ। भ्रष्टाचार सामान्य अपराध होइन। यो त अँध्यारोमा खेलिने फोहोरी खेल हो। तर सुशासनको भाषण दिएर नथाक्ने हाम्रा नेता, सभा सम्मेलनमा यस विषयमा विद्वता छाँट्ने प्रशासक, यसकै नाम बेचेर कमाई खाने बाटो खोजेका गैरसरकारी संस्था, तथा जनताको पक्षमा वाणी दिँदै हिँड्ने नागरिक समाज यी सबैलाई यस वर्षको ट्रान्स्परेन्सी इन्टरनेसनलको प्रतिवेदनले गतिलो झापड दिएको छ। सन् २०१२ मा २७ अंकका साथ १३९ औं स्थानमा रहेको नेपाल २०१३ मा केही सुधार भई ३१ अंकका साथ ११६ औं स्थानमा पुगेको थियो तर यस वर्ष -२०१४ मा) २९ अंक प्राप्त गरी १२६ औं स्थानमा पुगेको छ। नेपालमा हिजोभन्दा आज गर्दै भ्रष्टाचार बढेको कुरा यस अनुगमनले प्रमाणित गरेको छ।

भ्रष्टाचार नैतिकताको क्षयीकरण हो भन्ने कुरालाई बिर्सिएर उच्च मर्यादाकै व्यक्तिहरूबाट नै ठूला-ठूला आपराधिक किसिमको भ्रष्टाचार भएको खबर बेला बखत सुन्दै आएका छौ हामीहरूले। कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले त फेरि कहिले चाहिँ प्रहरी महानिरीक्षक स्वयंले घुस खाएको खबर समचारमा सुन्छौं हामी। अब यस्तो अवस्थामा भ्रष्टाचार न्यूनीकरणको अपेक्षा कसरी गर्ने जनताले – अघिल्ला वर्षहरूमा भ्रष्टाचार मौलाउनुको कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता भ्रष्टाचारको परीक्षण अनुगमन तथा नियन्त्रण गर्ने निकायहरूमा आवश्यक कर्मचारी पदपूर्ति हुन नसक्नु भन्दै पानी माथिको ओभानो बन्दै आएका अन्य सम्बन्धित पक्षहरू अहिले अन्योलमा छन्। किनकि त्यहीँ बहाना पनि छैन उनीहरूसँग। आफू गल्ती गर्ने र दोष अर्कालाई दिएर चोखो बन्ने पुरानो संस्कृति त छँदैछ हामीकहाँ। विभिन्न तथ्यांकलाई आधार मान्ने हो भने नेेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक दलहरूबाटै भएको देखिन्छ भने उच्च स्तरीय कर्मचारी तन्त्र, न्यायिक निकायहरू, शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रहरू पनि भ्रष्टाचारबाट प्रभावित छन्। हाम्रो समाजमा भ्रष्टाचार सामान्य बन्दै गएको छ। पद चाहे ठूलो होस् या सानो, ठाउँ र अवसर पाएमा भ्रष्टाचार नगर्ने कोही छैनन्। विडम्बना नै भन्नु पर्छ, शिक्षित सक्षम तथा सचेत नागरिकबाटै बढी भ्रष्टाचार भएको देखिन्छ। व्यक्तिगत स्वार्थ, विलाशितायुक्त जीवन, लोभ आदिले व्यक्तिलाई भ्रष्ट बनाउँछ। हाम्रो समाजमा नैतिक मूल्य तथा प्रतिष्ठा ज्यादै महत्वपूर्ण छ तर जुन रूपमा एउटा अपराधीलाई हेरिन्छ, सजाय दिइन्छ, समाजमा गलत व्यक्तिको रूपमा परिभाषित गरिन्छ त्यहीँ किसिमले भ्रष्टाचारीलाई हेरिँदैन। यसले गर्दा हिजोभन्दा आज झाँगिएको छ यो। भ्रष्टाचार अनुगमन तथा नियन्त्रण गर्ने पक्ष कमजोर भइदिँदा तालको माछाले पानी खानु र सरकारी काममा खटिएको कर्मचारीले घुस खानु बराबर छ। काम चाँडो गर्न, लागतमा न्यूनीकरण गर्न, आÇनो गल्ती तथा कमी-कम्ाजारी छिपाउने जस्ता कार्यको लागि सर्वसाधारण जनता पनि घुस दिन तयार हुन्छन्। कतिपय अवस्थामा जुन आँखाले घुस लिनेलाई हेरिन्छ त्यही आँखाले घुस दिनेलाई हेर्र्नुपर्ने हो। उहिल्यै पृथ्वीनारायण शाहले घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् भनेका थिए। त्यसैले घुस दिने पनि यसका लागि दोषी छन्। जबसम्म समाजमा घुस लिने र दिने दुबैले उन्मुक्ति पाउँछन् तबसम्म भ्रष्टाचारमा कमी आउने सम्भावना हँुदैन। सानो या ठूलो नै किन नहोस् हामी सबै यसमा संलग्न छौ तर यो हामी सर्वसाधारणको बाध्यता हो।

हालकै कुरा गर्ने हो भने पनि बजारमा खाना पकाउने ग्याँसको चरम अभाव छ जस्को कुनै विकल्प छैन। फलस्वरूप भारी मूल्य तिरेर जनता ग्याँस किन्न बाध्य छन्। सरकारको लाचारीले यसरी नै हद नाघ्दै जानाले नेता मात्र होइन स्वयम् जनता पनि दैनिक जीविकोपार्जनका लागि भ्रष्टाचारी बन्नु परेको छ। अब यस्तो अवस्थामा कसरी होला भ्रष्टाचारको न्यूनीकरण  भ्रष्टाचारको अन्तिम रूप राज्य सम्पतिको लुट हो भन्ने यथार्थलाई मनन् गर्दागर्दै पनि यसको विरुद्धमा उठेको आवाज सुस्त छ। लामो समयदेखि कमजोर भइरहेको भ्रष्टाचार विरुद्धको लर्डाई अब प्रभावकारी हुनुपर्छ। जहाँ स्वच्छ राजनीति हुन्छ, त्यहाँ भ्रष्टाचार, तस्करी र संकट लामो समय टिक्दैन। तर हाम्रो देश राजनीतिक संक्रमणबाट गुज्रँदै छ। फलस्वरूप  भ्रष्टाचार, तस्करी र संकट मौलाउँदै छ। भुसमा सल्किएको आगोझैँ हाम्रो समाजमा सल्किएको भ्रष्टाचाररूपी आगो निभाउन सबै जनता एकजुट हुनुपर्छ। अन्यथा खियाले फलाम नष्ट गरेझैँ भ्रष्टाचारले हाम्रो नैतिकता नै नष्ट गर्ने छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width