असंहता विनश्यन्ति

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७०

मुलुक त्रिपक्षीय शक्तिमा विभक्त हुँदै गइरहेको छ, खस-आर्य, मधेसी र आदिवासी जनजाति। यी तीनै शक्तिहरूको आ-आफ्नै अडान छ, पहिचान छ। सदियौंदेखि उत्पीडित, विभेदित, शोषित मधेसी र आदिवासी जनजाति समयको प्रवाहसँगै बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका कारण आफ्नो अस्तित्व र पहिचानका लागि लागिपरेका छन्। भौगोलिक र सांस्कृतिक सहजताका कारण आन्दोलनको माध्यमबाट मधेसी समुदाय आफ्ना हक अधिकारहरू स्थापित गर्न केही हदसम्म सफल भएका छन्। बिगतका केही वर्ष नेपालको राजनीतिमा मधेसी समुदायको भूमिका निर्णययक एवं महत्त्वपूर्ण रह्यो। तीन शक्तिमध्ये मधेसी शक्ति दोस्रो स्थानमा रहेको छ। एक तिहाइभन्दा बढी जनसङ्ख्या भएको आदिवासी जनजाति समुदाय सबैभन्दा कमजोर स्थितिमा छ।

आदिवासी जनजातिहरूको अवस्था कमजोर मात्र होइन, सड्ढटपूर्ण बनेको छ। एक तिहाइभन्दा बढी जनसङ्ख्या सड्ढटमा हुनु राष्ट्रिय सड्ढट हो। अन्तर्राष्ट्रिय क्षेत्रमा आई.एल.ओ. १६९ अर्थात आदिवासी जनजातिहरूको हक अधिकारको सुनिश्चितताको प्रस· असमानता तथा उनीहरूको दयनीय अवस्था बाट उद्वेलित भएर मात्र नभएर कुनै पनि राष्ट्रको सर्वा·ीण विकासका लागि आदिवासी जनजातिहरूलाई मूल प्रवाहमा नल्याइ नहुने बाध्यात्मक परिस्थितिको उपज पनि हो। असमानता, अन्याय, अत्याचार, शोषणका शिकार जन-समुदायलाई  राज्यको मूल प्रवाहमा समावेश नगरे सम्म राष्ट्रको समुन्नतिको कल्पना गर्न सकिदैन।

राज्य सञ्चालनको प्रमख अ· सरकार, स्थायी सरकार अर्थात कर्मचारीतन्त्र होस् वा अस्थायी सरकार अर्थात राजनीतिक तन्त्रको ८०५ भन्दा बढी अंश सदियौंदेखि एक पक्षीय शाशकहरूद्वारा नियन्त्रित छ। राज्यको मूल प्रवाहबाट पन्छाइएको समुदायलाई न्यायोचित रूपमा समावेश गरेर स्थायी तथा अस्थायी दुवै सरकारको स्वरूपमा आमूल परिवर्तन नगरिएसम्म समृद्ध नेपालको निर्माण हुन सक्दैन भन्ने यथार्थलाई मनन गर्दै सड्ढटग्रस्त बन्दै गइरहेको आदिवासी जनजातिहरूको अस्तित्व रक्षामा लागिपर्नु सबै राष्ट्रप्रेमी नेपालीको नागरिक दायित्व हो।

राज्य सञ्चालन राजनीतिक दलहरूले नै गर्ने हो। राष्ट्रको भविष्य राजनीतिक दलहरूकै हातमा रहन्छ। राजनीतिक दलहरूकै दृढसड्ढल्प, दूरदर्शिता र जनपरिचालनको क्षमतामाथि राष्ट्रको उत्थान निर्भर गर्दछ। मौजुदा प्रमुख भनिने राजनीतिक दलहरूमा बहुजातीय देशका बहुजातीय जनतालाई एकताबद्ध गरेर शान्ति, समृद्धि र विकासको बाटोमा डोर्‍याउन सक्ने क्षमताको नितान्त अभाव देखिन्छ। देश र जनताका नाममा राजनीतिक दलहरू व्यक्तिगत व्यवसायिक संस्थाका रूपमा सञ्चालन भइरहेका छन्। देश र जनताप्रति उत्तरदायी हुनुपर्ने कार्यकर्ताहरू पार्टीसञ्चालक मालिकहरूको ताबेदारीमा तल्लीन हुनुपर्ने बाध्यात्मक स्थिति बाट गुज्रिरहेका छन।

कोइरालादेखि कोइरालासम्म, थापादेखि थापासम्म, चन्ददेखि चन्दसम्म, राजनीतिक दलहरूको नेतृत्व मूल्य र मान्यतामा होइन, अंशबण्डा र उत्तराधिकारमा आधारित छ, मानौं राजनीतिक दलहरू पैत्रिक सम्पत्ति हुन्, बपौती हुन्। आवधिक निर्वाचनको माध्यमबाट प्रजातान्त्रिक  विधिको आधारमा सबल एकल नेतृत्व स्थापित गरेर लोकतान्त्रिक पद्धतिलाइ मजबुत बनाउनुको साटो शक्ति प्रदर्शनको आधारमा अंशबण्डामा आधारित सामूहिक नेतृत्वको बाध्यात्मक परिस्थिति सृजना गरिएको छ। दाहाल, भट्टराईको एनेकपा माओवादी होस् वा नेपाल, खनाल, वलीको नेकपा एमाले, कोइराला, देउवाको नेपाली काङ्ग्रेस होस् वा थापा, चन्द, राणा, लोहनीको राप्रपा, दुर्इ तिहाइ जनसङ्ख्या ओगटेका मधेसी आदिवासी जनजातिहरू कहीँ कतै अटाउन सकेका छैनन्। नेतृत्वको सवालमा सबैले यी समुदायहरूलाई लाइ पूर्णरूपमा पाखा लगाइदिएका छन्। के यस्ता एक पक्षीय नेतृत्वधारी पार्टीरूलाई राष्ट्रिय पार्टीमान्न सकिन्छ – यस्ता पार्टीे कसरी बहुजातीय देशका जनताको प्रतिनिधित्व गर्न सक्छन् – कसरी देशको समस्या समाधान हुन सक्छ – कसरी देशले निकास पाउन सक्छ –

राज्य, युगौंदेखि एकलौटी रूपमा स्वजातीयहरूद्वारा सञ्चालित हुँदाहुदै पनि राज्य सञ्चालकहरूले हाम्रो हक हित गर्न सकेनन् भन्ने आरोप लगाउँदै विभिन्न विशुद्ध जातीय समाजहरू राजनीतिक दलमा रूपान्तरित हुँदै गइरहेका छन्। स्वजातीयहरूकै पनि हक हितको संरक्षण गर्न नसक्नेहरूले अरु जातजातिको हित गर्ने प्रश्नै उठेन। यस्ता राजनीतिक दलहरू र मौजुदा शासन व्यवस्थाबाट देशको वर्तमान समस्या समाधान हुँदै मुलुक सद्भाव, शान्ति र विकासतिर अघि बढ्छ भन्नुमा रत्तिभर विश्वास गर्न सकिँदैन।

जनता नेतृत्व भन्दा बलियो हुन्छन् भनिए तापनि जनताभन्दा नेतृत्व बलियो हुन्छ भन्ने यथार्थ प्रमाणित गर्न इतिहासतिर फर्केर हेर्र्नुपर्छ, उदाहरणका लागि बिगतको संविधानसभालाई नियालेर हेरे पुग्छ। जनताद्वारा निर्वाचित बहुजातीय, बहुलिङ्गी सैकडौ सभासद्हरूको मानमर्दन गर्दै, निकम्मा पीछलग्गु साबित गरेर, उनीहरूले विधिसम्मत गरेका निर्णयहरूलाई बेवास्ता गर्दै, ८-१० जनाको एक पक्षीय, समलिङ्गी सामूहिक नेतृत्वले नियोजित योजना अनुसार संविधान बन्न दिएन। संविधानभन्दा माथि रहिरहने  अतृप्त चाहनाको आयु लम्ब्याउन, संविधान निर्माण गरेर अनिश्चित भविष्यतिर मोडिनुपर्ने अवस्था सृजना नहोस् भन्ने नेतृत्वको कायरतापूर्ण बद्नियतका कारण नेपाली जनताले विधिको विधान अर्थात संविधान पाउन सकेनन्। संविधान नबन्नुको प्रमुख कारण यही हो।

देशको वर्तमान समस्या केही टाठा-बाठा शासक, तिनीहरूका आफन्तहरू र आसेपासेबाहेक अरु सबै जातजातिका जनता जनार्दन सबै क्षेत्रमा पछि पर्नु हो। यतिखेर हामी सबै नेपालीले बझ्नैपर्ने भएको छ, मौजदा एकल जातीय शासन व्यवस्थाले मुठ्ठीभर शाशक वर्गको मात्र हित गरिरहेको छ। यस्तोे व्यवस्थाको अन्त्य गर्दै सम्पूर्ण जातजाति, भाषा, लि·, वर्ण्र्ाा धर्म, क्षेत्रको प्रतिनिधित्व हुने बहुजातीय शासन व्यवस्थाको स्थापनाको कुनै बिकल्प छैन। मै खाउँ, मै लाउँको प्रवृत्तिबाट प्रेरित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्वहरू फुटाऊ र शासन गर को नीति अबलम्बन गर्दै विभिन्न समुदायका जनताबीच दुर्भाव र कलह चर्काएर आफ्नो दुनो सोझ्याउने दुस्प्रयास गरिरहेका छन्। यस्ता कुतत्वहरूलाई बेलैमा तह लगाएर बाँचौं र बचाऔंको सिद्धान्त अनुसरण गर्दै मीठो-नमीठो, सुख-दुख, एक-आपसमा बाँड्दै एक-अर्काका स·ी-सहयोगी भएर मिलेर बस्न सकेनौ भने हाम्रो अवस्था ‘भारण्ड’ नामक पंक्षीजस्तै हुनेछ।

एकादेशको एउटा तलाउमा भारण्ड नामको दुर्इ टाउका भएको विचित्र पंक्षी बस्दथ्यो। टाउको दुर्इ वटा भए पनि पेट एउटै थियो। तर ती दुर्इ टाउकाको स्वभाव अलि फरक थियो। एउटा ‘मै खाउँ, मै लाउँ’’ मात्र नभएर जति खाए पनि नअघाउने अघोरी स्वभावको थियो तर दोस्रो ‘बाँचौँ र बचाऔँ’ प्रवृत्तिको भए पनि, प्रण अविवेकी नै किन नहोस् पूरा गरिछोड्ने दृढसड्ढल्पित स्वभावको थियो। एक दिन तलाउमा घुमिरहँदा एक मुखले एउटा अमृत समान अति स्वादिष्ट फल भेट्टायो। फल खाँदै उसले भन्यो-‘यति मीठो फल जीवनभर कहिल्यै खानु त के देख्न पनि पाएको थिइनँ।’ फलको बखान सुनेपछि अकोर्को मुख रसाएर आयो, र्‍याल काढ्दै उसले भन्यो-‘ओहो त्यस्तो मीठो फल एक्लै किन खाइरहेको – मीठो-नमीठो, सुख-दुख, एक अर्कामा बाँड्नुपर्छ, मलाई पनि अलिकति चाख्न देऊ।

पहिलो मुखले खिसिट्याउरी गर्दै हाँस्दै भन्यो-‘तिमीले किन चाख्नु पर्‍यो र – हाम्रो पेट एउटै हो, मैले खाएपछि पेटमा गइहाल्छ अनि तिमीलाई पनि तृप्ती भइहाल्छ हैन र।’ यति भन्दै उसले दोस्रो मुखलाई बेवास्ता गर्दै उक्त फल आनन्दपूर्वक मुख मिठ्याउँदै सिद्धायो।

त्यस दिनदेखि विरक्तिएको दोस्रो मुख तिरस्कारको बदला लिने प्रण गर्दै उपाय सोच्न थाल्यो। यसै क्रममा उसले एक दिन एउटा विष फल भेट्टायो अनि पहिलो मुखलाई देखाउँदै भन्न थाल्यो-‘तैले अमृत समान अति स्वादिष्ट फलको स्वाद एक्लै लिइस् अब म तँलाई विष फलको तीतो स्वाद चखाउँछु।’ पहिलो मुखले अत्तालिँदै भन्यो-‘मूर्ख ! त्यसो नगर, विष फल खाइस् भने हामी दुवै मरिहाल्छौं।’ पहिलो मुखले रोक्ने प्रयास गर्दागर्दै पनि बदलाको आगोमा जलिरहेको दोस्रो मुखले विष फल खाएरै छोड्यो। परिणामस्वरूप भारण्ड नामक उक्त पंक्षी मृत्युवरण गर्न पुग्यो।

‘असंहता विनश्यन्ति’ अर्थात एक-आपसमा मिलेर बस्न नसक्नेहरू अन्ततः नासिन्छन्।

(लेखक गण्डकी मेडिकल कलेज, पोखराका सहप्राध्यापक हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width