अमेरिकी यात्राका अनुभूतिहरू हेर्दा

Avatar रविलाल अधिकारी
माघ २५, २०७६

गहिरोसित साहित्यको अध्ययन गरी गद्यमा कलम चलाउने साहित्यकार यस उर्वर भूमिमा पनि धेरै देखिदैनन् । केही उपन्यासकार–कथाकारहरू काल्पनिक गद्य लेखकका रूपमा देखिन्छन् भने अकाल्पनिक गद्यमा कलम चलाउनेहरू अझ थोरै देखिन्छन् । संस्कृत छन्दका कविता लेख्ता लेख्तै अमेरिकामा यात्रा गर्न पुगी ‘अमेरिका यात्राका केही अनुभूतिहरू’ नियात्रा सँगालोको प्रकाशन गर्ने छविलाल आचार्य त्यस्तै थोरै अकाल्पनिक गद्यलेखक मध्ये एक हुनुहुन्छ ।

पोखरा प्रकृतिको प्यारो भूमि भएकाले यहाँ प्राकृतिक वातावरण मात्र उर्वर नभएर सांस्कृतिक वातावरण पनि उर्वर भएको छ । गीत–संगीत, नृत्यकला, लोकगीत आदिमा मात्र नभएर साहित्य लेखनमा पनि यहाँका प्रतिभा जागरुक छन् । यति हुँदाहुँदै पनि साहित्यको सजिलो विधा कवितालाई मानी कविता लेख्ने कविजीहरू धेरै छन्; त्यसमा पनि गजल, हाइकू आदि लेखेर छिट्टै साहित्यकार बन्न सपना देख्ने अझ धेरै छन् ।
गहिरोसित साहित्यको अध्ययन गरी गद्यमा कलम चलाउने साहित्यकार यस उर्वर भूमिमा पनि धेरै देखिदैनन् । केही उपन्यासकार–कथाकारहरू काल्पनिक गद्य लेखकका रूपमा देखिन्छन् भने अकाल्पनिक गद्यमा कलम चलाउनेहरू अझ थोरै देखिन्छन् । संस्कृत छन्दका कविता लेख्ता लेख्तै अमेरिकामा यात्रा गर्न पुगी ‘अमेरिका यात्राका केही अनुभूतिहरू’ नियात्रा सँगालोको प्रकाशन गर्ने छविलाल आचार्य त्यस्तै थोरै अकाल्पनिक गद्यलेखक मध्ये एक हुनुहुन्छ ।
छोरो डा. मोहन आचार्य र बुहारी रोशनी आचार्यका निमन्त्रणामा सपत्निक अमेरिका गएर बस्ता देखे–जाने–सुनेका अनुभव र ज्ञानलाई पुस्तकका रूपमा उतारी हामीजस्ता अमेरिकाको सपना देख्न नसक्नेलाई उहाँले यस कृतिका माध्यमले लाभान्वित बनाउनुभएको छ । त्यसैले उहाँका यस कृतिका विषयमा केही चर्चा गर्ने जमर्काे यस लेखकले गर्न खोजेको हो ।
नियात्राकार छविलाल आचार्यको यो कृति २०७६ सालमै प्रकाशित भएको हो र यसमा प्रकाशकका रूपमा सावित्रीदेवी आचार्य रहनुभको छ । १९ ओटा छोटा छोटा यात्राका अनुभूतिहरू यसमा रहेका छन् । नियात्राकारले यसलाई नियात्रासँगालो नभनी ‘यात्रासंस्मरण’ नाम दिए पनि संस्मरण नियात्रामय नै छन् । अमेरिका जाँदादेखि फर्केर आउँदासम्मका घटनालाई उहाँले यी नियात्रामा संलग्न गर्नुभएको छ । “विमानस्थलभित्रको झमेला र ट्राफिक चोकहरू’ नामक प्रथम सस्मरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएका झमेलालाई र अमेरिका पुगेका दोस्रा दिन ट्राफिक चोकमा अल्मलिएका सन्दर्भलाई उल्लेख गर्नुभएको छ ।
दोसो संस्मरण “अमेरिकामा हाइलोन पर्व’ हो । हाइलोन पर्व मृतात्माले विभिन्न जनावरको रूप लिने मानेर जनावरका मुखाकृतिका मुकुण्डा लगाई घरघरमा मानिसहरू केही माग्न जानेर केन्डी (मिठाइँ) वा केही पैसा दिइने गरिने पर्व रहेछ । यस सम्बन्धमा बताउने गुरु आमाले ‘भोलि ३१ अक्टोबर आपूmले केही खानेकुरो लिएर आउनु’ भने पनि उहाँले मेसो नपाएको र खाली हात गएको तथा अरू साथीहरूले दिएको खानेकुरो मात्र खाएर फर्केको पश्चत्ताप व्यक्त गर्नुभएको छ । केही कुरो भूल हुँदा आफ्नो कमजोरी महसूस हुनु स्वाभाविक हो; तर आचार्यले अफ्ना धेरैजसो संस्मरणमा आपूmलाई “थुइक्क लम्फु” भन्नभएको छ । यो त्यति उचित प्रयोग होइन ।
“कफीको खोजीमा” भन्ने तेस्रा संस्मरणमा आपूmले कफीसप पहिल्याउन नसकेको र पछि पहिल्याएर कफी पिउँदा ५० सेन्ट पु¥याउन नसके पनि कुनै समस्या नपरेको जानकारी गराउनुभएको छ । “अमेरिकाको मौसम र ट्राफिक नियम” भन्ने चौथा संस्मरणमा यस्तै भनेर अनुमान गर्न नसकिने अमेरिकी मौसम भएको र ट्राफिक नियम नेपालको उल्टो (दाँया साइडबाट हिड्ने भएको जानकारी गराउनुभएको छ ।
“धन्यवाद ज्ञापन पर्व (टर्की पर्व) र कालो शुक्रबार” भन्ने पाँचौ संस्मरणमा सन् १४९२मा कोलम्बसले अमेरिका पत्ता लगाए देखिनै आदिवासी रेड इन्डियनहरूले बेलायत र अन्य मुलुकबाट ओइरिएका आप्रवासीलाई खेती गर्न सिकाएको र स्वादिष्ट भोजनले कृषि सिक्नेलाई सन्तुष्ट गराउँदा उनीहरूले आदिवासीलाई धन्यवाद ज्ञापन गरेको भन्ने सन्दर्भबाट प्रत्येक वर्षको नोभेम्बर महिनाको चौथो हप्ताको बिहिवारदेखि ४ दिनसम्म यो पर्व मनाइन्छ रे । यस पर्वमा टर्की चराको सिकार गर्ने हुनाले टर्की पर्व पनि भनिदो रहेछ र जर्ज वासिङ्टनको समय सन् १७८९ देखि यो पर्व मनाइदै आएको छ रे । पर्व सुरु भएको दोस्रो दिनलाई कालो शुक्रबार भनिने र त्यस दिन ४०–५० प्रतिशत छुट दिई व्यापारीले सामान बेच्न पर्ने हुनाले उनीहरूलाई त्यो शुक्रबार कालो शुक्रबार (ब्ल्याक डे) हुने रहेछ भन्ने कुरो पनि जानकारी गराउनुभएको छ ।
‘२०७५ कार्तिक २४ (नोभेम्बर ११) पहिलो विश्वयुद्धको युद्ध विराम भएको दिन हो’ भन्दै सो दिन ओजार्क र ड्रेकफिल्ड म्युजियम हेर्न पुगेको सन्दर्भ “ओजार्क र ड्रेकफिल्ड म्युजियम पुग्दा” भन्ने छैटौं संस्मरणमा व्यक्त गर्नुभएको छ । त्यस युद्धमा मरेका मानिसहरूको तथ्याङ्क पनि उहाँले प्रस्तुत गर्नुभएको देखिन्छ । सातौं संस्मरण “विश्वविद्यालयको दीक्षान्त समारोह” हो । आफ्नो छोरा मोहनले २ वर्ष पहिले पी.एच.डी. पूरा गरेका आर्कान्सास विश्वविद्यालयमा छोराको साथी विष्णुप्रसाद अधिकारी दीक्षित हुने दिन छोरासँगै आपूm पनि विश्वविद्यालय पुगेको जानकारी दिँदै नेपाली विद्यार्थीहरूले त्यहाँ विभिन्न विषय अध्ययन गर्ने जानकारी दिनुभएको छ ।
“युरिका स्प्रिङ्गको भ्रमण” भन्ने आठौं संस्मरणमा युरिका शहर घुम्न गएको र त्यहाँ पालिएका पशुहरूबारे जानकारी लिएको ज्ञान संस्मरणकारले जनाउनुभएको छ । गाईले बाच्छाबाच्छी पाए तिनीहरूलाई माउबाट अलग राखी पाउडर दुध खुवाएर हुर्काउने र माउको दुध डेरीमा पु¥याउने व्यवहारको पनि यसमा उल्लेख गर्नुभएको छ । अमेरिकी सरकारले अर्कान्सास राज्यका यसै शहरबाट सन् २०१४ मे १० बाट समलिङ्गी विवाहलाई मान्यता दिएको प्रसङ्ग पनि उहाँले यसमा जोड्नुभएको छ ।
“ब्रह्माण्डको केन्द्र र गिलकृज म्युजियम तर्फ लाग्दा” भन्ने संस्मरणमा ओक्लाहोमा राज्यमा ब्रह्माण्डको केन्द्र हेर्न गएको र थोमस गिलकृजको नामबाट स्थापित गिलकृज म्युजियम हेर्न गएको जगाउनुभएको छ । ब्रह्माण्डको केन्द्र चाहिं अमेरिकीले बनाएको मान्यता हो; तर म्युजियम इतिहासका गतिविधि देखाउने राम्रो छ भन्ने संस्मरणकारको राय छ । “जेन्ट्रीको जंगल सफारी” मा विभिन्न जनावर देखेको कुरो संस्मरणकारले गर्नुभएको छ । नेपालका सापेक्षतामा त्यहाँ सडकको राम्रो अवस्था भएको तुलना पनि यसमा गरिएको छ ।

सामान्यतया अमेरिकी चालचलन, भूगोल, इतिहास, राजनीति, रहन सहन आदिबारे प्रामाणिक जानकारीहरू नै उहाँका यी नियात्राहरूमा आएका छन् । यिनीहरूलाई गहिरोसँग अध्ययन गरेर पाठकले अमेरिकाबारे धेरै जानकारी लिन सक्छन् ।

एगारौं संस्मरण “वृद्ध अवस्थामा विद्यार्थी’ हो । अमेरिकामा विदेशी बूढाहरूलाई अमेरिकाको जानकारी गराउन पढाइने र आपूm पनि लिखित परीक्षा दिएर पढ्न लागेको जानकारी यसमा संस्मरणकारले गराउनुभएको छ । सँगालाका बाह्रौं र तेह्रौं संस्मरणमा अमेरिकामा मनाइने अन्य पर्वहरू” (क) र (ख) का रूपमा रहेका छन् । (क) मा क्रिस्मस पर्व, मार्टिन लूथरको जन्मदिन, मौसमको जानकारी गराउने हग (ओद) को वाहिर निस्कने दिन भनेर मानिएको ‘हग ग्राउण्ड डे’, १४ फरबरीको भ्यालेन्टाइन डे बारे तथा (ख) मा खुशी पर्व, समर सिजन (जुन २१, भेटान्स डे, सेन्ट प्याट्रिक डे, क्राइस्टले पुनर्जीवन पाएको इष्टर डे, अप्रिलपूmल, जुलाई ४ को स्वतन्त्रता दिवस, अक्टुवर दुईको कोलम्बस दिवस कसरी र किन मनाइन्छन् भन्ने बारे शिक्षिकाले जानकारी गराएको बताउनुभएको छ
। चौधौं संस्मरण “अमेरिकाबारे केही रोचक जानकारी” हो । यसमा अमेरिकाको क्षेत्रफल राज्यहरू, ती राज्यका बासिन्दाहरूको रहन सहन, विवाह सुविधा, रोग आदिका बारेमा गुरुआमाले जानकारी गराएको कुरो व्यक्त गर्नुभएको छ । “संस्थाको आयोजनामा भएको शैक्षिक भ्रमण र रात्रीभोज” शीर्षकका पन्ध्रौं संस्मरणमा आपूmले अध्ययन गर्ने संस्थाले शैक्षिक भ्रमणमा लगेको र रात्रीभोज गराएको वर्णन गरिएको छ ।
“सीमा पर्खाल भेनेज्वेला प्रकरण र विश्वशान्ति” मा शिक्षिकाले भने अनुसार डोनाल्ड ट्रम्पले मेक्सिकोमा पर्खाल लगाउने बजेट मागेको र जनमत पर्खाल लगाउन नमानेको तथा भेनेज्वेलामा प्रकरणमा पनि यस्तै दुई थरी गुट भएको र विश्व २ फ्याकमा बाँडिन खोजेको स्थिति छ भन्ने शिक्षिकाको कुरो जानकारी गराउँदै बेलुकीपख डाउन टाउन स्क्वायर घुम्न जाँदा ‘विश्वमा शान्ति फैलिरहोस्’ नेपाली भाषामा लेखिएको वाक्यांश स्मारकमा धातुका पातामा लेखिएको देख्ता आपूmलाई ताजुब लागेको कुरो नियात्राकारले व्यक्त गर्नुभएको छ ।
“अमेरिकी गृहयुद्ध र अब्राहम लिङ्कन” भन्ने सत्रौं सस्मरणमा अब्राहम लिङ्कनको समय पूर्व दक्षिण अमेरिका र उत्तर अमेरिका एउटै रहेको, बेलायत फ्रान्स आदि युरोपेली देशबाट स्वतन्त्र हुन संग्राम गर्दा दुवै लडेको भए पनि रिपब्लिकन पार्टीका पहिला राष्ट्रपति अब्राहम लिंकन राष्ट्रपति हुँदा दक्षिणकाहरूले एउटै अमेरिकी हुन नमानी जेफरसन डेविजलाई अर्को राष्ट्रपतिका रूपमा उभ्याई दक्षिण अमेरिका छुटाएको कुरो शिक्षिकाले बताएको जनाउनु भएको छ ।
अठारौं संस्मरण “भाषा शिक्षण पाठशालाका सिकाइका वस्तुहरू” मा अंग्रेजी केही शब्दको उच्चरण र प्रविधि सम्बन्धी गतिविधि सिकाइएको जानकारी संस्करणकारले गराउनुभएको छ । “अमेरिकामा नेपालीहरूसँगको भेटघाट र नेपाल फिर्ता” शीर्षकका अन्तिम संस्मरणमा नेपालबाट अमेरिका गएका कतिपय नेपालीलाई भेटेको कुराकानी सुनेको र आपूm नेपाल फर्केको सन्दर्भ उल्लेख गर्नुभएको छ ।
छ महिनाका अवधिमा मात्र अमेरिका बसेर फर्कदा पनि छविलाल आचार्यजीले धेरै जानकारी प्रस्तुत गरेको महशुस हुन्छ । उहाँ अमेरिका बस्दा छोरा बुहारीका कमाइमा रमाएर खाने र हल्लने मान्छे भन्दा अलग किसिमको बनेर बस्नुभयो । अमेरिकी भाषा, रहन–सहन, इतिहास, भूगोल आदिबारे जान्न भनेर उहाँ शैक्षिक संस्थामा भर्ना भई विद्यार्थी बनेर पढ्नुभयो । त्यसैले उहाँले जानेको ज्ञान वास्तविक छ । उहाँका अभिव्यक्तिहरू अनुमानका आधारमा आएका छैनन् र उहाँको यो नियात्रा सँगालो अरूहरूको जस्तो गन्थन–मन्थन बनेर आएको छैन ।
सामान्यतया अमेरिकी चालचलन, भूगोल, इतिहास, राजनीति, रहन सहन आदिबारे प्रामाणिक जानकारीहरू नै उहाँका यी नियात्राहरूमा आएका छन् । यिनीहरूलाई गहिरोसँग अध्ययन गरेर पाठकले अमेरिकाबारे धेरै जानकारी लिन सक्छन् । केही शब्दमा अशुद्धि देखिए पनि गणितका शिक्षकले यति मिठो भाषा र यति सुन्दर शैलीमा आफ्नो जानकारी व्यक्त गर्न सक्नु चानेचुने कुरो होइन ।
आपूmलाई मूर्ख र लम्फु बनाएर पनि उहाँले आफ्ना शैलीलाई रोचक बनाउनु भएको छ; तर यो हल्का प्रयोग उहाँले नगरेको भए राम्रो हुन्थ्यो । गम्भीर कुराहरूले पाठकलाई प्रभावित पार्न सक्नेले हल्का कुरा नगर्दा नै राम्रो हुन्छ । यस्ता केही कमजोरी देखिए पनि नियात्रा सँगालो सुन्दर छ र अकाल्पनिक गद्य लेखनमा उहाँको कलम अझै जागरुक बनोस् ।

हाम्रो सुझाव