अपहरणका ७२ घण्टा : विगतलाई र्फकेर हेर्दा

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७०

पुस्तक समीक्षा

२०६१ सालमा नेकपा (माओवादी) काकार्यकर्ताहरूले अपहरण गरेर लगेपछिका घटनाहरूको स्मरणको रूपमा रिसीङ गाविस-९ स्थित दिपक माविका शिक्षक नारयणकैलाश सिग्देलले प्रकाशन गरेको कृति ‘विगतलाई र्फकेर हेर्दा’ ले पछिल्लो समयमा निकै चर्चा पाएको छ। माओवादी कार्यकर्ताले २०६१ फागुन १३ गते घरबाट अपहरण गरेर लगेपछि अपहरण मुक्त नगर्दासम्मको ७२ घण्टाको समयमा भोग्नुपरेको घटनालाई सिग्देलले पुस्तकमा जस्ताको तस्तै उतारेका छन्।

यसै वर्ष मात्र दोस्रो संस्करण प्रकाशन भएको उक्त पुस्तकमा तत्कालीन सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताहरूले गरेका ज्यादतीका घटनाहरू समावेश भएका छन्। २०७० जेठ महिनामा पहिलो संस्करण प्रकाशन गरेका सिग्देलले पहिलो संस्करणको ८ सयप्रति बिक्रीपछि दोस्रो संस्करण माघ दोस्रो साता ५ सयप्रति प्रकाशन गरेका छन्। पाठकको अत्यधिक माग भएपछि पुस्तकको दोश्रो संस्करण प्रकाशन गरेको सिग्देलले बताए। पहिलो संस्करण प्रचार प्रसारको लागिमात्रै निकालिएको भएको हुँदा जम्मा २० रुपैयाँ मूल्य राखेका उनले दोस्रो संस्करणको मूल्य भने १ सय रुपैयाँ राखेका छन्। पुस्तकको निकै माग भएको हुँदा चाँडै नै तेस्रो संस्करण निकाल्ने योजना रहेको सिग्देलले जानकारी दिए। पहिलो संस्करणमा ५२ पृष्ठ रहेको उक्त पुस्तक दोस्रो संस्करणसम्म आइपुग्दा ७८ पृष्ठको भएको छ।

पुस्तकको एक पृष्ठमा सिग्देलले अपहरणपछिको घटनाक्रम उल्लेख गर्दै ‘चरा चुरु·ीहरू पनि चिरविर गर्न थाले। सायद आफ्नो गुँड तिरको यात्राको लागि तत्पर थिए। यत्रतत्रका बाटोबाट मानिसहरू पिठ्युमा घाँसको भारी बोकेर आ-आफ्नो घरतिर लागे। सालका पातहरू हावाको चिसो चुम्बनसँगै नाँच्न र फरफराउन थाले। एकछिन त्यहाँ सन्नाटा छायो। सबैका मुखहरू आवाजविहीन भए। कसैले कुनै कुरो उप्काएन। मानिसहरू उभिँदाको पट्यारलाई कम गर्न फत्याकफुतुक भुइँ फुक फाक गरेर बस्न थाले। त्यसपछि जंगे नाइके भित्र गए। जंगेलाई पनि गल्तीको एहसास भयो होला।’  लेखेका छन्। त्यस्तै तत्कालीन समयमामाओवादी कार्यकर्ताले सञ्चालन गरेको चन्दा आतड्ढले सर्वसाधरणलाई पारेको प्रभावको रूपमा सिग्देलले पुस्तकमा यसरी वर्णय गरेका छन्-‘२०६१ सालको माघ र फाल्गुण महिनामा माओवादीहरूले भिमादमा चन्दा आतड्ढ अरु बेलाभन्दा बेसी मच्चाएका थिए। उनीहरूले मानिसहरूको आम्दानीको स्रोतलाई हेरेर चन्दाको लागि घरघरै चिठ्ठी पठाए। कतै यो विपक्षीको ठूलो नेता हो, यसलाई स्वात दिनुपर्दछ भन्ने आधारमा चन्दा उठाए। कतिलाई प्रतिशोधको आधारमा चन्दा उठाए। कतिलाई उनको गौरवशाली पार्टीका लाग्, लाग्दैनस् भने यति चन्दा दे ऊति दे भनेर जबर्जस्ती गरे। चन्दा लेखाउनमा र चन्दा तोक्नमा उनीहरूसमक्ष कुनै वैज्ञानिक आधार थिएन। थियो त केवल प्रतिशोध र आधारहीन स्रोत।’ पुस्तकमा आफूले प्रत्यक्ष भोगेको घटना उल्लेख गरिए पनि त्यस भित्र उल्लेखित घटनाक्रम हरेक नेपालीले द्वन्द्वको क्रममा भोग्नुपरेको वास्तविक कथा भएको सिग्देलले बताए।

पुस्तकको समीक्षा गर्दै चर्चित राजनीतिक विश्लेषक मुमाराम खनालले लेखेका छन्-‘तात्कालिक द्वन्द्वरत मुलुकमा घटेको यो एउटा सामान्य घटना भए तापनि मुलुकभरि भएका अनेकौं घटनाको यो एउटा पनि प्रतिनिधिमूलक घटना हो। यस्ता घटनाबाट सिर्जिएको मनोविज्ञानको स्थायी व्यवस्थापन आज पनि नेपाली राजनीतिको ठूलो समस्या छँदैछ। त्यतातर्फको ध्यानाकर्षणमा पनि यो स्मरणले सकारात्मक भूमिका खेल्नेछ भन्ने कुरामा म आशावादी छु। एउटा मन्तव्य लेखिदिन सिग्देल सरले गर्नुभएको आग्रह पूरा गर्न मलाई झण्डै ५ महिनाभन्दा बढी लाग्यो। यसबाट सिग्देल सरलाई पर्न गएको असुविधाप्रति म क्षमाप्रार्थी छु। ‘जनयुद्ध’ मा समाहितमात्र होइन, लामो समयसम्म नेतृत्वमा रहेको म जस्तो व्यक्तिको लागि प्रत्येक घटनाको बारेमा बोल्न पनि त्यति सजिलो छैन। अहिले यति नै बोलेँ। समयसँगै धेरै कुरा विस्तारै खुल्दै जालान्।’ केही वर्ष माओवादीको केन्द्रीय सदस्य रहेका खनालले पुस्तकको बारेमा गरेको समीक्षाले नै वास्तवमा सिग्देलको कृति ‘विगतलाई र्फकेर हेर्दा’ को महत्त्व दर्शाउँछ

त्यस्तै आफूलाई घरबाटै परिवारका सदस्यको सामुन्नेबाट माओवादी कार्यकर्ताले अपहरण गर्दाको समयमा घरको आँगनमा देखिएको चित्रलाई सिग्देलले यसरी शब्दमाउल्लेख गरेका छन्-‘मैले सुत्नको लागि प्रयत्न गरेँ। केही बेरसम्म घरको झलझली सम्झना आयो। कान्छो छोरो बुलेटले आफ्नै अगाडिबाट माओवादीहरूले आफ्नो ड्याडलाई लगेको देखेको थियो। उसको मनमा कस्तो भूकम्प आयो होला – ठूली छोरी लभ्लीले पनि माओवादीले अपहरण गरेको हुन सक्ने भयले मेरै अगाडि आत्तिएजस्तो गरेकी थिइन्। उनको मनले माओवादीहरूले जे पनि गर्न सक्छन् भन्ने लागेको हुँदो हो। कान्छी छोरी मनि, अलि सानी र उमेर पनि कम भएकोले त्यो दृष्य देखेर त्रसित थिइन् र मलाई माओवादीले अगाडि लगाउँदा चिहिरिएकी थिइन्। ठूलो छोरो किहूँमा भएकोले सायद उसलाई त्यो दिनको अपहरणको समाचार पुगेन होला – रातमा सपना भने राम्रो देखेन कि – यस्तै प्रकारका चिन्ता मनमा आइ नै रह्यो। मन उड्यो, घरसम्म पुग्यो। तन भने विस्तारामै सुतिरह्यो।’ निकै मार्मिक ढ·ले लेखिएको उक्त पुस्तक पढ्दा जो कसैको पनि आँखा रसाउँछ।

अपहरणपछिका घटनाक्रमहरू प्रस्तुत गर्ने क्रममा पुस्तकमा ‘लात्ताले ढ्याङ् गरेर ठूलो आवाजका साथ दैलो खोलेर भित्र पस्ने अन्मत्तु रावणले मलाई ११ दिनसम्म आहारा खाननपाएर रिसले चुर भएको ब्वाँसाको आँखाले जसरी परको आहारालाई आँखा बटारेर अनि चोसो फर्काएर हेर्छ, त्यसरी नै हेरे जंगेले। अनि एकछिन पनि नरोकिइकन, भित्र पस्दापस्दैको अवस्थामा दुत्कादै भने-‘माओवादीको मुख हेर्न नचाहने तँ ज्ञानेको मतियारा ? छी ! यो अपराधी ! नेपाली सेनाको मतियारा हो – यै मतियाराको दाइले हाम्राचार चारजना होनाहार क्रान्तिकारी साथीहरूको बुटवलमा विभत्स हत्या गर्‍यो ! यो साले पनिहत्यारा हो ! तेरिमा गधा ! परिस् आज हाम्रो फन्दामा झ्झ् उल्लेख छ। माओवादी नेताहरूको यस्तो व्यवहारको कारणले आफ्नो अन्तिम रात यही नै रहेछ भन्ने माया मारिसकेको सिग्देलले बताए। अपहरणकारी माओवादी नेताहरूसँग बहस गर्ने क्रममा सिग्देलले ‘कलम चलाएर जीवन निर्वाह गने मानिसहरूलाई तपाइँहरूले यो काम गर्नु राम्रो कुरो होइन। मानिसले पच्ने कुरा पो गर्नुपर्दछ, जनता चिढ्याउने काम गर्नुहुँदैन। नेताहरूले कत्राकत्रा भ्रष्टाचार गरेका छन्, त्यसको कुनै वास्ता छैन। विचरा ! शिक्षक जस्तो निरिह प्राणीलाई अपहरण गरेर तपाइँहरूलाई के फाइदा -’ भनेपछि केहीको मन पग्लिएको सिग्देलको अनुभव छ।

हरेक नेपालीले द्वन्द्वमा भोगेको पीडाको प्रतितिनिधको रूपमा लेखिएको उक्त पुस्तकको बारेमा समाजसास्त्री विश्वकल्याण पराजुलीले लेखेका छन्-‘जीवनको भोगाईलाई बुझ्नको लागि यस भित्रका पानाहरूमा अक्षरहरू सलबलाइरहेको पाएँ। यसको वास्तविक स्वरूप स्पष्ट र मार्मिकरूपमा प्रस्तुत छ। त्यस्तै मानवशास्त्री डा.प्रकाश उपाध्याय (पौडेल) ले प्रस्तुति अत्यन्त आकषिर्त र गहिराईसम्म पुगेको छ। कतै कतै भाषागत र क्रमबद्धताको सिलसिला टुटेजस्तो भान हुन्छ।’ भनी पुस्तकको समीक्षा गरेका छन्।

यता आफ्नै पुस्तकको समीक्षा गर्दै लेखक सिग्देलले भनेका छन् -‘यो लेख एउटा साँचो र जीवित घटनाको साक्षी हो। यसमा भएका वा घटनामा प्रदर्शित गरिएका पात्रहरूमा सबैको नाम परिवर्तन गरिएको छैन। कुनै कुनै डरलाग्दा र कहालीलाग्दा नामहरूमात्र परिवर्तन गरिएको छ। पछि यसैको आधारमा उनीहरूबाट ज्यान गुमाउन नपरोस् भनेर। ठाउँहरू भने सबै वास्तविक हुन्। यस लिपिवद्ध लेखमा कुनै घटनालाई कम महत्त्व दिई ओझेलमा पार्न खोजिएको र कुनै व्यक्ति वा ठाउँ विशेषलाई अपार महत्त्व दिएर हाईलाइट गर्न पनि खोजिएको छैन। लेखनकलाको परिपक्वतामा निखार नभएकोले कुनै  कुराहरू जो छुट्नै नहुने थिए, ती छुट्न गए होलान् तथापि सबैलाई समान रूपमा यथासम्भव पस्कने र सँगसँगै लाने जमर्को गरेको छु। यो कुनै एकदम नौलो रचना होइन।’

पेशाले अङ्ग्रेजी शिक्षक रहेका सिग्देलको जीवन भोगाई ‘बिगत र्फकेर हेर्दा’ पढ्दा कुनै चर्चित साहित्कारको भन्दा कुनै पक्षमा पनि कम लाग्दैन। स्थानिय परिवेशहरू भिमाद, रिसिङ पाटन, किहूँ, माझकोट र यस वरिपरिका वातावरणहरू समेटिएको उक्त पुस्तक जति मार्मिक छ, त्यति रोचक पनि छ। उक्त पस्तक काठमाडौंमा हरेक पुस्तक पसल भोटाहीटी काठमाडौं, स्याङ्जा पुस्तक पसल पिएन क्यापस गेट अगाडि पोखरा, पोखरा साहित्य सदन पालिखेचोक पोखरा र भिमाद र तनहँका हरेक पुस्तक पसलमा पाइने सिग्देलले बताए।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width