अन्तिम सलाम कोकिल कण्ठे थापालाई

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७१

राम्रो मान्छे, गतिलो मान्छे मानव समाजका सम्पति मानिन्छन्। तिनै गतिला मान्छेका कारण मानव सभ्यताको विकास भएको हो। सबै मान्छे गतिला नभई अगतिला भएमा मानव समाज कस्तो हुन्थ्यो होला कल्पना भन्दा बाहिरको कुरा भयो। राम्रो मान्छेले शास्वत मृत्युवरण गर्दा सबैको मन मस्तिस्कमा नकरात्मक असर पर्दछ। सबैको मनमा दुःखको पीडा हुन्छ नै।

विक्रम सम्वत १९८१ साल श्रावण १ गते मंगलवारको दिन पोखरा उप-महानगरपालिका वडा नं. १६ वाटुलेचौरमा गर्ग गोत्रीय लामिछाने थापाको वंशमा जन्मनु भएका जनकविकेशरी  धर्मराज थापा मितिः २०७१ साल असोज २८ गते मंगलवारको दिन ९१ वर्षको उमेरमा परमात्मामा लीन हुनुभयो।

कोकिलकण्ठका धनी साहित्यकार, लोकगीतका चर्चित तथा सालीन व्यक्तित्वका धनी  धर्मराज थापालाई तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहबाट २०१३ सालमा जनकविकेशरीको उपाधिबाट विभूषित गरिएको थियो। त्यसपछि जनकवि धर्मराज थापा देशभरि नै चर्चाको शिखरमा पुग्नुभयो। विस्तारै नेपालीहरुको बाहुल्यता भएको ठाउँ आसाम, मेघालय, सिक्किम, दार्जलिङ र देहरादूनसम्म धर्मराज थापाको कोकिलकण्ठलाई केटाकेटी, किशोर किशोरी, युवा तथा वृद्धहरुमध्ये नचिन्ने कोही भएनन्। धर्मराज थापाको स्वरवद्ध लोकगीतहरु घर-घरमा राख्ने चलन आयो। धर्मराज थापाको स्वर रेडियोबाट प्रसारित हु“दा प्रवासी नेपालीहरुले आफूलाई नेपाली भएकोमा गौरव महशुस गर्दथे। गाउँगाउँमा डुलेर लोकगीत संकलन गर्नु उहाँको विशेषता थियो। साधारण तरिकाले तपाई हामीसँग कुरा हु“दा पनि उहाँको स्वर स·ीतमय जस्तो लाग्दथ्यो। जब कुनै सभा समारोहको मञ्चबाट लोकलयमा गीत गाउँदा अगाडिको श्रोता जमात स्तब्ध भएर सुन्दथ्ये र आनन्दको अनुभूति हुन्थ्यो। धर्मराज थापा नै नेपाली लोकगीत र स·ीतलाई प्रस्फूटन गराउने पहिलो व्यक्ति हुनुहुन्थ्यो। विक्रम सम्वत् २०१० सालतिरको कुरा हो,  धर्मराज थापाले ‘रानी पोखरा’ भन्ने सानो कविता संग्रहको पुस्तिका तयार गरेर पोखरा बजारमा पचास पैसामा लोक लयमा गाएर बिक्री गर्नु हुन्थ्यो। यो कुरा मैले पनि पोखरा नालामुखमा देखेको सुनेको कुरा हो। सानो झोलामा लोकगीतको पुस्तिका राखेर पोखरामा आफ्नो श्रीमतीसहित प्रचारप्रसार गरेको पनि देखेको छु।

त्यो बेला हामी सानो उमेरको भएकोले ‘रानी पोखराको’ महत्व बुझेका थिएनौं तर धर्मराज थापाले ६१ वर्ष पहिला पोखराको सुन्दरताको वर्णय गरी सक्नु भएको थियो। आज बल्ल हामी सुन्दर नगरी पोखरा भनेर भन्दछौं। त्यति बेला पोखराको कसैले पनि प्रशंसा गर्दैनथ्यो। आफ्नो जन्मस्थान भएकोले धर्मराज थापाले उक्त पुस्तिकाबाट उद्गार व्यक्त गर्नुभएको रहेछ भनेर पछि पो हामीले बुझ्न सक्यौ।

स्व. धर्मराज थापाले गाएका लोकगीतहरु मध्ये हरियो डा“डा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जीङ सेर्पाले चढ्यो हिमाल चुचुरा, धुरु धुरु नरोए आमा तथा नेपालीले माया मार्‍यो बरिलै जस्ता लोकगीतहरुले सम्पूर्ण नेपालीहरुको मनलाई छोएको छ। विदेशिएको छोरा छ भने धुरुधुरु नरोए आमा भन्ने गीत सुन्दा नेपालमा बस्ने बुढी आमाहरुको आ“खाबाट आ“सुको धारा बगेको देखिएको छ।

स्व. धर्मराज थापाको पुर्खाहरु सराङकोटे नै थिए। सराङकोट-२ पदेली उहाँको पुखौर्ली थलो भएकोले सराङकोट गा.वि.स बस्ने हामी सम्पूर्ण सराङकोटेको लागि गौरवको अनुभूति हुन्छ। तसर्थ, हामी सम्पूर्ण सराङकोटेको तर्फबाट स्व. धर्मराज थापा प्रति श्रद्धासुमन व्यक्त गर्दै अन्तिम सलाम कोकिल कण्ठे थापालाई।

(लेखकः सराङकोट गा.वि.स. का निवर्तमान अध्यक्ष हुन्। सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width