अन्तर्राष्ट्रिय अपाङ्ग दिवस र यसको सान्दर्भिकता

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७१

आज ३ डिसेम्बर अपा·ता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अर्थात् विभिन्न अवरोधहरूसँग मुकाविला गर्दै साहस, उत्साह र संघर्ष गर्दै अघि बढ्ने अपा·ता भएका समुदायको महान पर्व हो। दिगो विकासका लागि प्रविधिमा प्रतिवद्धता भन्ने नाराका साथ २३ औं अन्तर्राष्ट्रिय संस्करणका रूपमा विश्वभर यो दिवस मनाइदै छ।

अपाङ्गताको परिभाषाः

अपाङ्गता भएका व्यक्ति कुनै अर्को दर्जाका नागरीक वा मानिस नभइ अन्य प्राणी हुन् कि भन्ने जस्तो व्यवहार गर्ने दयाका पात्रका रूपमा कल्याणकारी सोचबाट हेर्ने परम्परागत दृष्टिकोणबाट हामी केही सकारात्मक र प्रगतिशील मार्ग तर्फ उन्मुख भैरहेका छौं। तर उक्त सोच पूर्णतया परिवर्तन हुन सकेको छैन जुन रातारात सम्भव पनि हुँदैन अर्को तर्फ अपा·तासँग लड्दा लड्दै दुनियालार्ई चकित पार्ने, योगदान गर्ने अपा·ता भएका पात्रहरूका कारण यो वर्ग क्षमतावान वा प्रतिभाशाली वर्गका रूपमा पनि चिनिएको छ। होमरदेखि जोन मिल्टनसम्म हेलेन केलरदेखि एरीक वाइन मेइरसम्म र्फ्याड्ढलीन रुकबेलदेखि डेविड ब्याल्ड्ढकेटसम्म हुन वा पारीजातदेखि झमककुमारी घिमिरेसम्मका पात्रहरू किन नहुन् जीवनमा बाधा अड्चनहरूसँग जुझदै रुग्ण शारीरिक अवस्थासँग सामना गर्दै सबैका प्रेरणाका स्रोत बगैंचाका सुन्दर र वास्नादार फूल बनिरहेका छन् यद्यपी भौतिक पूर्वाधारजन्य, संरचनाजन्य, नीतिगत तथा अवधारणागत अवरोधहरूका कारण अपा·ता भएका व्यक्तिहरू कतिपय ठाउँमा असक्षम पात्रका रूपमा समेत चित्रित भइरहेका छन् जसको कारण व्यक्ति होइन वातावरण हो। प्राकृतिक संरचना हामीले तयार गर्ने होइन तसर्थ त्यसलार्ई बदल्न नसकिएला मानवीय संरचना हामीले निर्माण गर्ने हो। तसर्थ त्यसलार्ई बदल्न सम्भव छ वा निर्माण गर्दै सर्वमान्य संरचनाको सिद्धान्तमा आधारित रही निर्माण गर्न सकिन्छ। वातावरण विश्वास र प्रोत्साहनले व्यक्तिलार्ई आशावादी बनाउन सकिन्छ आशावादी व्यक्तिबाट अधिकतम उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा हामी सबैले सोच्न जरुरी छ। बिसर्न नहुने कुरा के छ भने अपा·ता कुनै पनि व्यक्तिको रहर वा इच्छा होइन न त यो कुनै निश्चित वर्ग, अवस्था र समयका मानिसहरूलाई मात्र हुने कुरा हो यो त जसलाई जहिलेसुकै र जसरीसुकै पनि आउन सक्ने प्रतिकुल अवस्था हो वातावरणीय अवरोधका कारण हाम्रो कार्यसम्पादनमा आउने सीमितता नै अपा·ता भएको हुँदा हाम्रो सोच र परीवेश अपा·ता मैत्री जरुरी छ। हामी अपा·ता भएका व्यक्तिहरूले दया र भिक्षाको आवश्यकता महसुस गर्नु वा अन्य वर्गले यो वर्गलार्ई दयाको पात्रका रूपमा हेर्र्नु दुबै गलत मान्यता हुन्। हरेक कुराहरू आज अधिकारका विषय हुन् न कि दयाका कल्याणकारी सोचका कारण अपा·ता भएका व्यक्तिहरू अन्य व्यक्तिको दयाका पात्र बन्नु पर्‍यो। सहानुभूति, माया र अवसर अपा·ता भएका व्यक्तिहरूलार्ई आवश्यक छ। दया, कठै बरा वा छिःछि र दुरदुर होस् या क्षमता माथिको शारीरिक अवस्थाका कारण गरिने संकास्पद प्रश्न हुन् ती कुरा स्िवकार्न हामी तयार छैनौं। क्षमतावान बन्नुपर्छ गर्दागर्दै असक्षमको बिल्ला स्िवकार्दैनौं। कुनै एउटा घटनालाई समग्र वर्गसँग दाज्न मिल्दैन अपा·ता भएका व्यक्तिलाई अवसर दिनुपर्दा अन्य वर्गको अधिकार खोसियोस् भन्ने चाहँदैनौ। यसका नाममा उसलाई अन्याय भयो भन्ने सरकारी अधिकारीहरूको भनाइको भने भर्त्सना गर्छौ ।

आजको विश्वमा करीव एक अरव मानिसहरू कुनै न कुनै किसिमको अपा·ताको शिकार भई रहेका छन्। यी मध्ये अधिकांश व्यक्तिहरू गरीबी र विकासोन्मुख देशमा बस्दछन् यो वर्गले शारीरिक अवरोध मात्र होइन त्यो भन्दा बढी आर्थिक, सामाजिक तथा अवधारणागत बाधाहरू सामना गर्न बाध्य छ। तसर्थ यस वर्षको नाराले तीनवटा मुख्य सवालहरू समेटेको देखिन्छ। अपा·ता समावेसी दिगो विकासको लक्ष्य, विपद जोखीम न्युनीकरण तथा आकस्मिक प्रतिकार्य र सुदृढ कार्यस्थल वातावरण विकास जस्ता पूर्वाधार निर्माण गर्न अपा·ताको सवालमा प्रविधिको विशेष भूमिका रहने हुँदा नारा समय सार्न्दभिक र सार्थक देखिन्छ। अपा·ता भएका व्यक्तिहरूको जीवनयापनमा प्रविधि राम्रो विकल्प हो।औद्योगिक क्रान्ति यता तीव्र विकास भएको प्रविधि अपा·ता भएका व्यक्तिहरूको पहुँच विस्तार गरी सहभागिता र कार्यसम्पादन सहज बनाउने विकल्प पनि हो।हाम्रा कार्यस्थलहरू केही असाध्यै राम्रा होलान् तर धेरै कार्यस्थलहरू अपा·मैत्री छैनन्। कार्यस्थलको भौतिक पूर्वाधार पहुँचयुक्त उपकरण र प्रविधिको अभाव, सक्दैनन् भन्ने प्री अकुपाइट माइन्डसेटको कारण देखापर्ने अविश्वास जस्तो अवधाराणागत चुनौति हटाउँदै सकारात्मक वातावरण निर्माण आजको आवश्यकता हो जसका लागि अपा·ता भएका कर्मचारी सक्षमहुन जरुरी छ। सक्षम बनाउने उपाय अपा·ता भएका व्यक्तिहरूको आत्मजागरण, अन्य व्यक्तिहरूको आत्मानुभूतिसहितको सकारात्मक तथा मैत्रीपूर्ण व्यवहार र स्वयम् अपा·ता भएका व्यक्तिहरूको कर्तव्यपरायणता नै हुन्। जोखिम, विपद जतिसुकै बेला जहाँसुकै घट्ने मानवीय संकट हो। जसले सा·लाई अपा· बनाउने स्थिती ल्याउने एउटा पक्ष हुँदाहुँदै पनि पूर्व योजना प्रतिकार्य र पुनस्र्थापना जस्ता गतिविधिहरू अपा·मैत्री हुनु आवश्यक छ। जसमा योजनादेखि नै नविनतम प्रविधिको प्रयोगसहित आपत समावेसी, विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन तथा सहस्राव्दी विकास लक्षमा अपा·ता भएका व्यक्तिहरूको उल्लेख्य सवाल समेट्ने वा उलेख्य उपलब्धि हासिल गर्ने कार्य हुन सकेन। तसर्थ आगामी दीगो विकासका लक्ष्यमा अपा·ता भएका व्यक्तिहरूको अधिकतम प्रगतिका लागि मानव जीवनको हरेक क्षेत्रमा प्रभाव पार्ने प्रविधिलाई सँगसँगै प्रयोग गरी अधिकतम उपलब्धि हासिल गर्नुपर्नेतर्फ यस वर्षको नाराको चासो देखिन्छ।

अपा·ता भएका व्यक्तिहरूको पहुँचका लागि नेपाल सरकारले अपा·ता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ लागू गरेको छ। रातो परिचयपत्रधारी अपा·ता भएका व्यक्तिहरूलाई मासिक रु १०००, निलो अपा·ता परिचयपत्र वाहकलाई सरकारी सुविधा दोहोरो नपर्ने गरी सबैलाई मासिक तीन सय रुपैया, सामाजिक सुरक्षा भत्ता यसै वर्षदेखि सबै अति असक्त व्यक्तिहरूलाई प्रदान गरेको छ। नविनतम प्रविधि निर्माण हुनुपर्ने तथा प्रयोग गरिनुपर्ने अवस्था भएपनि नेपाली ओ.सी. आर. तथा टी.टी.एस. को अभावमा दृष्टिविहीनहरूका लागि नेपाली प्रविधि पहुँचयुक्त बन्न सकेको छैन। नविन सोच भएका हिमप्रसाद गौतम जो नेपाल सरकारको वातावरण इन्जिनियर हुन उनले व्यक्तिगत रूपमा नेपाली कम्प्युटर प्रविधिमा दृष्टिविहीनहरूको पहुँच पुर्‍याउन दृष्टिवाचक तथा नेत्रवाणिजस्ता सफ्टवयरको निर्माण गर्नु स्तुत्य कार्य हो। भारत, पाकिस्तान, श्रीलङ्का जस्ता देशका दृष्टिविहीनहरूको माग बनिरहेका गौतमलाई सरकार तथा सम्वद्ध पक्षले राम्रो जिम्मेवारससहित प्रोत्साहन गर्न सके नेपाली कम्प्युटर प्रविधि पूर्ण रूपमा दृष्टिविहीनमैत्री हुन सक्ने देखिन्छ। प्रविधिको प्रयोगबाट भौतिक पहुँच स्थापित गर्न समेत हामी पछि परेका छौं। त्यसमा ध्यान दिनु आवश्यक छ।

अपा·ता भएका व्यक्तिहरूको सवालहरूः

नयाँ बन्ने संविधानमा अपा·ता अधिकारसम्बन्धी मागहरू, महासन्धी सवोर्च्चको फैसला र कानुन कार्यान्वयनका अधिकारका सम्बन्धमा प्रस्तुत मागहरू, रोजगार र स्वरोजगार सम्बन्धमा, शिक्षाको अधिकारको सम्बन्धमा, स्वास्थ्य पुनस्र्थापनाको अधिकारको सवालमा, पहुँच, खेलकुद तथा मनोरञ्जनको अधिकार, अपा·ता भएका महिलाहरूको अधिकार, अपा·ता भएका बालबालिका तथा युवाको अधिकार, द्वन्द्व तथा विभिन्न राजनीतिक आन्दोलनमा अपा·ता भएकाको अधिकार र अपा·ताका आधारमा हुने विभेदको सवाल।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width