गत २०७० चैत २२ गतेको कुरो हो, सामीप्य समाज नेपालका वर्तमान र पूर्व अध्यक्षसमेत पाँच जना भएर मर्दीखोला सेतीदोभान नजिकै सानो खाजा बजार पुगेका थियौं। त्यहाँ जानुको मुख्य तार्त्पर्य थियो, सामीप्य समाजको विधानमा केही महत्त्वपूर्ण दफाहरूको संशोधन। त्यस ठाउँमा स्वतन्त्र वातावरणको आभाष हुने, खुलेर कुरा गर्न पाइने, माछा खाइने हुँदा पनि त्यस ठाउँ रोजाइमा परेको हो। उमेर समूहको हिसाबले दुर्इ जना साथी साठी नकटेका त हुनुहुन्यो तर पनि १० औं वर्षदेखि हेलमेल भएका हुनाले हामी आपसमा खुलिसकेका थियौं; ध्रुव केसी, डा. भवानी पाण्डे र म -तीर्थराज अधिकारी) त नम्बरी बूढा भइहालियो। वर्तमान अध्यक्षको नाताले श्री कृष्णप्रसाद घिमिरेज्यूले अध्यक्षता गर्नुभयो, दिलीप शर्मा भट्टराईज्यूले आफूलाई एक जना मित्रले उपहारस्वरूप दिएको भारतीय ब्राण्डीको बिको खोल्नुभयो, विषयको प्रस·सँगै खानपिन चल्यो। एक अकोर्सँग र्छल· खुलेका थियौं हामी, पुराना कुराहरू उघ्रिए, अ-आफूले गरेका उट्पट्याङ सबै पोखिए, पहिले सुनाउने आफ्नो पालो मिचिन पुग्यो, कहिले छिटो कुरा राख्ने हानथापमा। पेट मिचिमिचि नहाँसेको सायद १०-१२ वर्ष भयो होला, त्यो दिन हाँसियो। हामी खित्का छोडेर हाँसेको सुनेर नजिकै खोलाको रहमा नुहाइरहेका युवायुवतीहरू दौडिँदै हेर्न आए के हो भनेर, हामी खाजाघर भन्दा केही पर खोलातिरको चहुरमा कार्पेट ओछ्याएर पाँच भाइ रमाइलो गर्दै बसेका थियौं। तर तास खेलेको होइन, एउटा आत्मीय प्रशन्नताको उन्मुक्त अनुभूति मात्र थियो यो, ज्येष्ठ नागरिकहरूको पक्षमा।
संयुक्त परिवारमा बस्ने ज्येष्ठ नागरिक पनि एक्लो महसुस गरिहेको हुन्छ, समयले गर्दा, बढ्दो भौतिकवाद र जिन्दगीको तेज गतिले गर्दा। सबै कुराले सम्पन्न भए पनि एक्लोपनको महसुस हुन्छ। गफ गर्ने र खेल्ने ठाउँको अभाव हुन्छ। नयाँ पुस्ता धनदौलतको पछि लाग्छ, पुरानो पुस्तालाई मनको कुरा खोल्ने र मरिमरि हाँस्ने ठाउँको अभाव हुन्छ। यस्तै भएर होला विकसित देश बेलायतका एकतिहाई ज्येष्ठ नागरिक आफूलाई एक्लोपनको शिकार र असुरक्षित भएको महसुस गर्न थालेका छन्। आफूलाई आपत पर्दा वरिपरि कोही नहुने, भरोसा नपाइने र आफ्ना मनका कुरा सुन्ने मान्छेको शून्यता उनीहरूलाई खल्लो लाग्न थालेको छ। आत्मनिर्भरता कम हुँदै गएको छ, यद्यपि यस देशका नागरिकको अवस्था अन्य अविकसित देशको तुलनामा धेरै राम्रो छ। यहाँ ज्येष्ठ नागरिकको सहयोग चेरिटी नामक संस्था र ब्रिटिस रेडक्रसले गरेकै हुन्छ तैपनि बूढाबूढीहरू सन्तुष्ट छैनन्।
इलार्फड लण्डनमा बस्ने ३ जना ज्येष्ठ नागरिकको पहलमा एउटा यस्तो समाज बनाएका छन्, जमसा १५० जना सदस्य, प्रत्येक गुरुवार ठीक समयमा जम्मा हुन्छन्, समूहको नाम छैन, काम छ, एकअर्काको दुःख सुख बाँड्छन्, रासन आफै जुटाउँछन्, सहभोज गर्दछन्, दिनभरि रमाएर, हँसिलो अनुहार लिएर परदेशमा देश भएको अनुभूति साथ घर र्फकन्छन्।
भारत प्रशासित कश्मीरमा हालै त्यहाँ केही ज्येष्ठ नागरिकहरूको सक्रियतामा एउटा ‘काउन्सिल फर सिनियर सिटिजन्स’ नामक संस्था खोलिएको छ। ७८ वर्षीय एक व्यापारी गुलाम मोहमद डारको अग्रसरतामा स्थापित उक्त संस्थामा विभिन्न विधामा ख्यात्रि्रप्त अग्रजहरू संलग्न छन्। जीवनको गोधूलिमा आएर जुन समाजले आफ्ना मातापितालाई आदरणीय ठान्दथे त्यही ठाउँमा ज्येष्ठ नागरिकहरूको पहलमा राज्यमा यस प्रकारको पहिलो वृद्धाश्रम खोल्नु सामाजिक मूल्यमा परिवर्तन आएको भान हुन्छ। यी संस्थापक मध्येका एक सदस्य प्रो. गञ्जुको विचारमा ७०-८० वर्षका वृद्ध नागरिकलाई आफ्नो दिल खोल्ने ठाउँको जरुरत पर्दछ। एक पूर्व आइएएस अफिसर देख्दा तन्दुरुस्त छन्, घरमा नोकरचाकर छन्, बैंक मौज्दात राम्रो छ, केही कुराको कमी छैन तर जुन सहारा उनलाई आवश्यक छ, त्यसैको कमी छ संयुक्त परिवारमा भए पनि।
हुन त अझै पनि संयुक्त परिवार एउटै गन्तव्य, एउटै छानो र मानो गरेर आनन्दसाथ रहेका उदाहरण पनि नभएका होइनन्। लोहनीपुर, पटना, भारतमा एउटा १५० जना सदस्य रहेको ठूलो परिवार छ। उनीहरूको भान्सा भने अलग छ, बास एउटै छानामुनि, सँगोल सम्पत्ति ८४ वर्षीय परशुराम सिंह चंदेलको एकल निर्देशन। भारतमा भइरहेको संसदीय निर्वाचनमा यस परिवारबाट ६५ पुरुष र ५० महिला गरी ११५ जना मतदाता छन्। उनीहरू सरसल्लाह गरेर एउटै राजनीतिक पार्टीलाई मतदान गर्दछन्। हाम्रो जस्तो थोरै मतदाता भएको निर्वाचन क्षेत्र भएमा यही मत निर्ण्ाायक बन्न सक्छ। संयुक्त चंदेल परिवार एउटा उदाहरण मात्र हो।
जीवनको साँझमा उपेक्षाको अँध्योरो बढ्दै गएको छ। माता-पिता र बच्चाको पहिलेजस्तो मधुर सम्बन्ध छैन। सहरको बदलिँदो जीवनशैली यस प्रकार नकरात्मकताको कारक बनेको छ। परदेशमा काम गर्दा गर्दै जवानी बित्छ, बूढापा लाग्छ, सम्झना हुन्छ, देश नजर वरिपरि घुम्छ। यही अभावको पूरा गर्छ बूढेस कालको संगतले। माथि उल्लेख गरिएको जमघटहरूमा कोही चुट्किला सुनाउँछन्, कोही कहानी भन्छन्, कोही गीत गाउँछन् त कोही मुलरी बजाउँछन्। कहानीकै कुरा गर्दा यहाँ दुर्इ वटा छोटा कहानी जोड्न चाहेँ- कथा २००३ साल अप्रिल १४ को हो। जापानको एक सहरमा एउटी ८४ वर्षीया एकल महिला एउटा घरमा बस्दथिन्। त्यस दिन ८० वर्षको एउटा बूढो बाथरुमको खिड्कीबाट पसेछ र घरेलु हतियार देखाउँदै पैसा मागेछ, ती महिलाले बूढोतिर एसट्रे फालिछन कराइछन् तैपनि ५००००/- एन लुट्न सफल भएछ। पछि पुलिस छक्क परे, कतै कुनै गिरोहले यता वृद्धवृद्धालाई आपराधिक काममा परिचालन त गरेका छैनन् भनेर।
अको एउटा उल्लेख गर्नलायक घटना दक्षिण अमेरिकी देश ब्राजिलको सर्न्दर्भमा भन्न सकिन्छ। सन् २००३ मा ९० वर्षभन्दा बढी उमेर भएका निवृत्तहरूलाई आफू जीवित भएको प्रमाणस्वरूप नयाँ रेर्कर्ड राख्न भनेको थियो सरकारले। सामाजिक सुरक्षा कार्यालयको अगाडि बूढाहरूको ताँती लाग्यो। असक्त बूढाहरूले धेरै दुःख झेल्नुपर्यो। जताततै यसको विरोध भयो। ९० वर्षभन्दा बढी उमेरका लाखौं लाख वृद्ध-वृद्धाहरूले यस्तो हविगत बेहोर्र्नुपरेकोमा सरकारले माफी माग्यो र आफूलाई चाहिने रेर्कर्ड लिन सरकार व्यक्तिको ठेगानामा जान थाल्यो। कतै हाम्रो देशले अवलम्बन गरेको पेन्सन नियमको पनि यस्तै प्रतिक्रिया आउने त होइन – हामीकहाँ त यस्तो विरोध हुँदैमा केही परिवर्तन हुँदै हुँदैन। हुने भए त काठमाडौंको मीनभवन नगिच यातायात व्यवस्था विभाग अगाडि विगत १४ महिनादेखि महाप्रसाद पराजुलीको नेतृत्वमा सङ्र्घष्ारत ‘संयुक्त ज्येष्ठ नागरिक सङ्र्घष्ा समिति’ ले माग गरेका ज्येष्ठ नागरिकका लाभदायी प्रावधानहरू कार्यान्वयन हुने थिए। उनीहरूको माग सानो छ, सरकारी अस्पतालमा छुट, सार्वजनिक यातायातमा ५० प्रतिशत छुट र मासिक भत्ता रु. ३०००।- मात्र हो, एक जना ज्येष्ठ नागरिकको लागि। अझै सुनुवाइ भएको छैन, सधैँ ५० जना बूढाबूढी जम्मा हुन्छन्, प्रहरीले हटाउँछन्, घर र्फकन्छन्, यस्तै रीत छ।
विश्वमा अहिलेसम्म ७६ करोड ज्येष्ठ नागरिक छन् भन्ने अनुमान छ। यो आँकडा ६० वर्षभन्दा माथि उमेर पुगेकाहरूको सङ्ख्या हो। यसको ६५ प्रतिशत विकासोन्मुख मुलुकमा पर्दछन्। अफ्रिकी मुलुकको आयु प्रत्याशा बहुत कम रहेकाकले केवल ७ प्रतिशत मात्र ज्येष्ठ नागरिक छन्, चीनमा मात्र विश्वका आधा ज्येष्ठ नागरिक छन्। उत्तर अमेरिका, जापान, पश्चिमी युरोप र चीनमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दो छ। जन्मदर कम र आयु वृद्धि यसको मुख्य कारण हो भने, राम्रो आर्थिक अवस्था सहायक कारण। हाल नेपालमा २५ लाख ज्येष्ठ नागरिक छन् भन्ने अनुमान छ।
एसिया बूढो भइरहेछ, सन् २०५० सम्ममा एसियामा मात्र विश्वको दुर्इ तिहाई ज्येष्ठ नागरिक रहनेछन्। उमेर बढेको छ तर गरिबी घटेको छैन। सन् २०५० सम्म हर ४ जनामा १ जना ६० कटेको हुनेछ। अनुवंशिक गडबडीले गर्दा एसियाको मुटु कमजोर भएको विशेषज्ञ बताउँछन्। खानपानमा विशेष ध्यान, माछा र हरियो तरकारीले गर्दा जापानीको औसत आयु वृद्धि भएको छ। हाल जापानमा १७३९४ जना मानिस १०० वर्ष कटेका छन्। विभिन्न देशका मानिसको औसत प्रत्याशा हेर्दा जापानमा महिला-८४.९३, पुरुष ७८.०७, मकाउ ८५, स्वीडेन, इटली, नर्वे, अष्ट्रेलिया र स्वीटजरल्याण्डमा ८०-८३ वर्षभित्र पर्दछन्। नेपाल पनि ६५ वर्ष पुगेको छ।
कम आयु प्रत्यशा हुनेमा अफगानिस्तान- ४५ वर्ष, जिम्वाबे ४६ वर्ष, जाम्बिया ४० वर्ष, स्वाजिल्याण्ड ३३ वर्ष, लेसेथो ४२ र लाइवेरिया ४२ वर्ष रहेका छन्।
यसरी सरसर्ती हेर्दा लेगाटम प्रस्परिटी इण्डेक्सले देखाए अनुसार १४२ राष्ट्रको सर्वेक्षणमा ज्येष्ठ नागरिकको लागि सुखद र आनन्ददायी देशमा नर्वे, डेनमार्क, स्वीडेन, अस्ट्रेलिया र न्यूजीलैण्ड पर्दछन् भने दुखद् र दिक्कलाग्दो मुलुकमा सेन्ट्रल अफ्रिकन रिपब्लिक, कङ्गो, अफगानिस्तान, चाँद र हैटी पर्दछन्।
हाल नेपाल र छिमेकी मुलुक भारतमा संयुक्त परिवारमा बसेका करिब ४० प्रतिशत वृद्धवृद्धाले मानसिक वा शारीरिक प्रताडना व्यहोर्र्नु परेको आँकडा छ। ३० साल पहिले जब हेल्पएज भारतले वृद्ध आश्रम बनाइरहेको थियो त मानिस भन्ने गर्दथे यो पश्चिमी तरिका हो, तर अहिले यो वास्तविकता भएको छ। यही क्षेत्रमा धेरै ज्येष्ठ नागरिक प्रताडित, पीडित, अपहेलित र तृरस्कृत हुने गर्दछन्। मुख्य कुरा ज्येष्ठ नागरिकले समाजमा विद्यमान शैक्षिक, आध्यात्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक स्रोतको उपभोग गर्न पाउनुपर्दछ। खाने कुरा, पानी, आश्रय, लत्ता-कपडा र स्वास्थ्यको ध्यान दिनु नितान्त आवश्यक हुन्छ। यसका अलावा ओल्ड एज होम्स, डे केयर सेन्टर, मोबाइल मेडिकेयर युनिट, आम्दानीमा कर कमी, बचतमा धेरै व्याज, यातायात भाडामा सहुलियत, राम्रो सिटको व्यवस्था, प्राथमिकतापूर्वक सञ्चार सुविधा र एयर सेवामा सुविधा ज्येष्ठ नागरिकको लागि नगरी नहुने कुरा हुन्। विकसित मुलुकमा ज्येष्ठ नागरिकको लागि प्याराडाइज भिलेज हुन्छन् भने हाम्रो जस्तो देशमा उनीहरूप्रति सौहार्द्धपूर्वक व्यवहार गरे नै आफ्नै घर समाज स्र्वर्ग बन्दछ। यसमा ज्येष्ठ नागरिकले पनि आफ्ना सन्तानको बाध्यता महसुस गर्नपर्दछ। बच्चाबच्ची विवाहपछि छुट्टै बस्न चाहन्छन्, यस्तै संस्कार बढेको छ, अरु बढ्छ पनि।
ज्येष्ठ नागरिक आफै यस्तो परिस्थिति ल्याउन धेरै जिम्मेवार छन्। उनले आफ्ना सन्तानलाई नैतिक शिक्षाको बदलामा भौतिकवादी मूल्य सिकाए, डाक्टर बन, इन्जिनियर बन, विदेश जाओ र पैसा कमाओ जस्ता पाठ पढाए। सांस्कृतिक, सामाजिक र आर्थिक महत्त्वको विषयमा नैतिक हस्तान्तरण सफल रूपमा कामयावी भएको भए हाम्रो समाजमा यस प्रकारको विखण्डन आउने थिएन। हुने खाने र हुँदा खानेमा छुट्याई सामाजिक सुरक्षाको कोटा निर्धारण गर्नुपर्दछ। एकल महिला, विपन्न, अति वृद्ध ज्येष्ठ नागरिक र अन्यमा फरक मापदण्ड चाहिन्छ। आध्यात्मिक र भौतिक सुरक्षामा फरक छ। आध्यात्मिक मनोवैज्ञानिक पक्ष हो भने भौतिक सुरक्षा यथार्थ र जैविक हो।
नैतिक मूल्य- चोरी नगर्नु, हत्या नगर्नु, अर्कालाई अपमान नगर्नु, मान्यजनको आदर गर्नु, सबैलाई समान व्यवहार गर्नु, सबैलाई दया गर्नु, झुठो नबोल्नु, दुखीलाई मद्दत गर्नु आदि कुरा हामीले बाल्यकालदेखि सुन्दै आएका हौं। सबै धर्मको आखिरी उद्देश्य भनेको मानिसभित्र नैतिक गुणको विकास हो, जसले सही मार्ग लिन सक्दछ। एउटा बच्चाको गृहस्थीबाट शुरु भएको नैतिक शिक्षा उसले जति उच्च शिक्षा प्राप्त गर्दछ उति नैतिक स्तर कायम हुँदै गयो भने ऊ असल नागरिक हुन्छ। हाम्रो शिक्षा प्रणालीमा नैतिक शिक्षाको क्षरण भइरहेको छ। यसको फलस्वरूप चोरी, डकैती, हत्या, हिंसा, अनादार, जालसाजी, बेइमानी, नराम्रो आदत आदि नैतिक मूल्यमा आएको कमीको कारण हो। आज हामीले नैतिक शिक्षाको मूल्य पहिचान गर्नु र त्यसलाई आफ्नो जीवनचर्यमा रूपान्तरित गर्नु नितान्त आवश्यक छ।
नीतिश्लोक
अभिवादनशिलस्य नित्यं वृद्धोपसेविनः।
चत्वारि तस्य बधन्ते अपुर्विद्यायशो बलम्।।
अर्थात् जो विनम्र छ, अभिवादनशील छ, अरुसँग राम्रो व्यवहार अनि वृद्ध-वृद्धाको सेवा गर्ने असल नियत भएको मानिसको चौतर्फी प्रगति हुन्छ, आयु, विद्या, यश र बल -पराक्रम) बढ्दै जान्छ।
तसर्थ भनिन्छ- मातृ देवो भवः पितृदेवो भवः यस्ता कुराहरू नैतिक मूल्यभित्र पर्दछन्।
ज्येष्ठ नागरिकको विषयमा विज्ञान पनि चुप छैन। विज्ञानले ८० वर्षको उमेरपछि २ इन्च होचो बनायो मानिसलाई भने, त्यही उमेरको मानिसको मांशपेसीलाई जवान बनाउने प्रयास पनि गरिहेछ। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्र्निया राज्यमा रहेको स्टैन फोर्ड युनिभर्सिटीमा वैज्ञानिकहरूले मुसामा अनुसन्धान गरेर सन् २००३ मा आशातीत सफलता पाएका थिए। वैज्ञानिकहरू प्रयासरत छन्। यसमा शिथिल भइसकेकाक मांसपेसीलाई बदल्न सकिन्छ भन्ने आशा राख्छन् डा. थोमस रैंडो। यो हुन पनि सक्छ, किनभने ऋग्वेदमा अश्विनीकुमारहरूले शल्यक्रियाद्वारा दध्याङ्ग ऋषिको टाउकोमा घोडाको टाउको जोडेको कुरा उल्लेख छ। अश्विनीकुमारहरूलाई मधुविद्या पढाएको रिसमा इन्द्रले टाउको काटिदिएका थिए, ऋषिको। उनीहरूले विश्पाला नामकी महिलालाई फलामका खुट्टा राखिदिए अनि च्यवन नामक ऋषिलाई कायकल्प गरी यौवन थिए, यस्तै हुन सक्छ, आशा गरौं।
मानिसमा हुनुपर्ने सबैभन्दा ठूलो शक्ति हो सकारात्मक सोच। सकारात्मक सोच र शारीरिक अवस्थामा सम्बन्ध हुँदो रहेछ। सकारात्मक सोच राख्ने मानिस नकारात्मक सोच राख्ने मानिसभन्दा तन्दुस्त हुँदो रहेछ भन्ने कुरा एक अमेरिकी वैज्ञानिक डा. ग्लेन आस्टिरले पत्ता लगाए, सकारात्मक भावनामा रासायनिक प्रभाव रहन्छ भन्ने कुरा, उनले १५५८ जना मेक्सिकन अमेरिकी ज्येष्ठ नागरिक समुदायलाई शोध कार्यमा समावेश गरेका थिए। हामी सबैको सकारात्मक सोच होस् भन्ने कामना गर्दछु।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०