“स्वगृहे पायसं त्यक्त्वा भिक्षा मरति र्इमति” अर्थात आफ्नो घरमा पाकेको खिर छाडेर भिख माग्नु दुर्गति वा कुबुद्धि हो।
त्यस्तै नेपालमा अनारको खेती गर्न सकिने संभावना भएको क्षेत्र धेरै भएर पनि आजसम्म हामीहरुले आफ्नो आवश्यकताको नब्बे प्रतिशत जति अनार फल विदेशबाट झिकाएर खाईरहेका छौं।
बेल जत्रो डल्लो आकारको रातो र कडा बोक्रो हुने, भित्रपट्टि हार मिलेर रहेका स्वादिला रसदार, धेरै दाना हुने फललाई अनार भनिन्छ। यो फारसी भाषाबाट आएको शब्द हो। हामीहरु यसलाई दारिम वा दाडिम भन्दछौं। पाकेको फल भित्रको रसदार स्वादिलो गेडालाई अनार दाना भन्दछन्। जसका दाँत भित्र बाहिर नगएर एकनासले लहरै मिलेर बसेका हुन्छन्। त्यस्ता व्यक्तिलाई अनार दाने दाँत भएका व्यक्ति भनेर प्रशंसा गर्ने गरिन्छ।
अनारको अङ्ग्रजे नाम ‘पोमोग्रेनेट’ हो भने यसको वैज्ञानिक नाम ‘प्युनिका ग्रेनेरम’ हो। यो वनस्पति ‘प्युनिकेसी’ परिवार समूहमा पर्दछ। यो सानो रुख हो। रुखको फेदैदेखि प्रशस्त हाँगाहरु आउँछन्।
अनारको खेती उष्ण र समशीतोष्ण जलवायुमा सफलतासाथ गर्न सकिन्छ। यसको रुखको बोक्रा र फलको बोक्राबाट विभिन्न प्रकारका रङहरु बनाईन्छ। पेट ब्रि्रेको वा पखाला लागेको बेलामा फलको बोक्रा तथा फूलको सेवन उपयोगी हुन्छ।
अनारको उत्पत्ति इरानमा भएको हो। त्यहाँबाट फैलिएर विभिन्न देशहरुमा पुग्यो। हाल विश्वका धेरै देशहरुमा यसको खेती गरिन्छ। नेपालमा १५०० मीटरसम्मको उचाईमा अनारको खेती गरिन्छ।
अनारको पाकेको फलमा प्रोटिन, चिल्लो पदार्थ, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, फलाम र भिटामिन पाईन्छ। फलको रस धेरै राम्रो हुन्छ। धेरै प्रकारका रोगीहरुका लागि अनारको फल फाइदाजनक छ। अनारको बिउमा १५ प्रतिशत तेल हुन्छ। फलको रसलाई रक्सी बनाएर अथवा सर्वत, जाम, जेली बनाएर पनि खाइन्छ। अनारको रसले मुटुका रोगीलाई फाइदा गर्दछ, उमेर बढाउँछ र जवान बनाउँछ। यौन बर्धक पनि छ। अनारको बोटले प्रतिकुल हावापानी पनि सहन सक्छ। सुख्खा र गरम हावापानी राम्रो हुन्छ ता पनि हिउँदमा चिसो हुने ठाउँ मनपराउँछ। हिउँदमा पात र्झने भएकाले यसले तुसारो पनि सहन सक्छ। करिब ३८ ड्रि्री सेल्सियस तापक्रममा फलको विकास राम्रो हुन्छ र फलको रस गुलियो हुन्छ। दोमट र बलौटे माटोमा अनारको बोट फस्टाउँछ। बढी क्षरिय वा बढी नुनिलो माटोमा पनि अनारको उत्पादन राम्रै हुन्छ।
अनारको बाली फैलाउनका लागि बिउँबाट र कलमीबाट बिरुवा तयार गरिन्छ। बिउबाट तयार गरेको बिरुवाले फल दिन ढिलो गर्छ। कलमी बिधिबाट तयार भएको बिरुवाले छिटै फल दिन्छ। मातृ गुण पनि बढि आउँछ।
व्यावसायिक रुपमा अनारको बगैचा स्थापना गर्न चाहने व्यक्तिले पहिलै उपयुक्त ठाउँको छनौट गर्नुपर्छ। छानिएको जग्गालाई बारबन्देज र सरसफाई गर्नुपर्छ। तोकिएको दुरिमा नापेर चिनो लगाएर खाडल खन्नुपर्छ।
एक महिना जति खाडलमा घाम पर्न दिनुपर्छ। खनेर निस्केको माटोमा राम्रो कम्पोष्ट मल बनाएर मात्रामा मिसाएर खाडल पुर्र्नुपर्छ। खाडल पुर्दा जमिन भन्दा एक बित्ता माथि सम्म माटो राख्ने र बीचमा चिनो लगाउने। खाडल पुरेको १५ दिन पछि बिरुवा ल्याएर सार्ने। पानी हाल्ने। छाप्रोहाल्ने।
बिरुवालाई प्रत्येक वर्ष हिउँदको समयमा पात झरेको बेलामा फेदको वरिपरि खनेर झारपात हटाउने। बोट बढेर गएपछि मलको मात्रा बढाउने र खनेको घेरो पनि फराकिलो बनाउने।
उमेर पुगेको बोटलाई प्रायः सिंचाइको आवश्यकता पर्दैन। लामो खडेरी पयो भने पानी दिनु पर्छ।
हाँगा धेरै हाल्छ। त्यसैले काँटछाँट गरिदिनुपर्छ। बीचका चारवटा राम्रा हाँगा राखेर बाँकी सबै हाँगाहरु काटेर फालिदिनु पर्छ। धेरै हाँगा भएको बोट राम्रो देखिदैन र उत्पादन पनि राम्रो हुँदैन।
अनार बगैंचामा ३/४ वर्षसम्म अन्तरबाली लिन सकिन्छ। यसमा चना, केराउ, मास, मुङ, मस्याङ आदि बालिहरु लिनुपछृ।
नयाँ हाँगामा भन्दा पुरानो हाँगामा फल धेरै लाग्छ। धेरै बाक्लो भए पतल्याइदिनु पर्छ। परागसेचन क्रिया पूरा भएपछि मात्र फलको विकास हुन्छ। परागसेचन क्रिया प्रभावकारी बनाउन मौरी पालन गर्न सकिन्छ। यसबाट थप आम्दानी हुन्छ।
अनारदाना पाकेर रातो भएपछि टिप्ने। पहिलो फल आफ्ना इष्टदेवतालाई चढाउने। दोस्रो तथा तेस्रो फल आफ्ना परिवारसँग बसेर खाने। त्यसपछि टिपेका फलमात्र बजारमा पठाउने गर्नुपर्छ। अनारको फल कडा हुने भएकोले प्याकिङ्गमा सजिलो हुन्छ।
हामीहरू पनि अब अनारको खेती गरी आम्दानी बढाऔं।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०