अध्यात्म भन्नासाथ आध्य±आत्म भन्ने बुझिन्छ। त्यस्तै जीवन जीव±अन जीवको यात्रा या घुम्नु भन्ने अर्थ लाग्छ जस्तो लाग्छ किनकी आफू संस्कृतको मर्मज्ञ नभएको कारण यसै हो भनी ठोकुवा गर्न सामर्थ्य राख्दिन। तर जे भए पनि जीवन अनन्त यात्रा हो भन्ने कुरामा कुनै पनि शास्त्रका मर्मज्ञहरुले व्याख्या गरेको सुनेको कारण र आफ्नो अनुभवबाट पनि यति सम्म लेख्ने जमर्को गर्न सकेकोमा धन्य ठान्दछु। अतयव यो अनन्त यात्रालाई सार्थक या निर्रर्थक बनाउने भन्ने कुरा सम्पूर्ण मानव मात्रको आ-आफ्नो कर्तव्य/दायित्व मान्नु उसको अधिकार ठान्नु नै उपयुक्त होला भन्ने ठहर छ।
जीवन जगत र अध्यात्मका बारे विभिन्न विद्वान्हरुका मत भिन्न भिन्न देखिएता पनि अन्तमा जीवन र अध्यात्मलाई अलग राखेर व्याख्या गरेको भेटिदैन। अन्ततः जीवनको गन्तव्य सुख शान्ति र आनन्द नै पाइएको छ। संसारमा जति प्राणी छन् सबै सुख र आनन्दका लागि भौतारिएका पाइन्छन् भन्नुमा पनि अनुपयुक्त हुँदैन होला। साना भुसुनादेखि वडेवडे जनावरहरु पनि आनन्दको लागि नै हतारिएकै हुन्छन् भन्ने कुरा राम्ररी अध्ययन गरेमा पुष्टि गर्न सकिन्छ। अझ मानव त एक विशेष प्राणी उच्च दर्जाको प्राणी उसले शान्ति र आनन्द खोज्नु अन्य जीवको दाँजोमा त्यति अनौठो मान्नु आर्श्चर्य नमान्दा हुन्छ।
अब समस्या यो रहेछ कि सुख के हो ? आनन्द के हो ? आनन्द भन्ने चिज कहाँ छ ? सुख कहाँ छ ? कसरी प्राप्त गर्न सकिन्छ ? आदि आदि अनुत्तरित प्रश्नले मानव भौतारिनुको अर्थ के हुन सक्दछ ? यी आदि समस्याको समाधान पत्ता लगाउन निम्न प्रश्न उत्तर पत्ता लाउन जरुरी देखिन्छ। म कहाँ थिएँ ? म कसरी यहाँ अवतरित भएँ ? अब फेरि म कहाँ जाने हुँला ? अब मैले के गर्नुपर्ला ? आदि आदि प्रश्नको जवाफ पाउने प्रयास गर्ने हो भने अवश्य जीवनको सफलता मिल्नेमा शंका नै छैन। यी र यस्तै समस्याको समाधान खोज्ने प्रयासमा भौतारिएको एक कोरा साधकको रुपमा प्रयासरत मानव अध्यात्मसँग जीवन जोड्दा र हातेमालो गर्दै जाने हो भने अवश्य जीवन सफल हुने कुरामा कुनै दुर्इमत छैन।
अधिकांश विद्वान्हरुको मतअनुसार अध्यात्म धर्म हो, अध्यात्म विज्ञान हो, अध्यात्म कला हो, अध्यात्म सिर्जना हो आदि आदि तर यी विद्वानहरु यो सिद्ध गर्न असमर्थ छन् कि प्रत्येक विषयहरुलाई अध्यात्मसँग कसरी योग गर्न सकिन्छ ? अतः अध्यात्म त्यस्तो शक्ति हो सम्पूर्ण विषयलाई प्रस्फुरण गराउन सामर्थ्य राख्दछ।प्रश्न उठ्न सक्छ यो कसरी सम्भव छ ? यसको लागि प्रशस्त साधनाको आवश्यकता भने पर्दछ ? प्रश्न उठ्न सक्छ साधना के हो ? अभ्यास के हो ? कसरी गर्न सकिन्छ ? यी प्रश्न पनि उत्तिकै आवश्यक प्रश्न हुन सक्छन् भनिन्छ जहाँ समस्या छ त्यहाँ जरुरै समाधान पनि छ। अतः साधना भनेको कुनै व्यक्ति भित्र रहेको मानवत्व वा क्षमतालाई उजागर गर्नु हो। कुनै पनि व्यक्तिभित्र रहेको कला या शक्ति पत्ता लगाउनु हो। जस्तो मान्नोस् कुनै मानिस भन्छ- म फलानो धर्मको मान्छे, यो नै अध्यात्म हो । अकोर्ले भन्ला म विज्ञानमा विज्ञ मान्छे अर्को कला या संगीतमा विज्ञ मान्छे हुन सक्छ उसले त्यसलाई नै अध्यात्म मानेको हुन सक्छ अतः यसको अर्थ यो हुन सक्छ कि अथवा हुनुपर्छ कि अध्यात्मले सम्पूर्ण विषयको अनुभूतिलाई एकत्रित पार्दै सबै विषयलाई जोड्दै एक सफल मानवको रुपमा उतार्नु नै लक्ष्य हो र हुनुपर्दछ।
यथार्थमा भन्नु पर्दा कुनै पनि तलाउमा पस्नु भन्दा त्यसको गहिराइ कति छ भनि पत्ता लगाउनु श्रेयस्कर हुन्छ। यसै गरी जीवन बदल्ने प्रयास पनि यसैसँग तुलना गर्दै जीवन के हो – यसको अर्थ के हो – भन्ने जस्ता जिज्ञासाको बीचमा घोत्लिदै जाँदा अवश्य पनि जीवनको सार फेला पार्न सकिने कुरा छोटो समयको साधनारत प्रयासको अनुरुपको परिणाम हुन सक्दछ। यसको लागि साधना भने निकै गर्न जरुरी छ। जसरी दही नमोथी नौनीको कल्पना गर्नु जस्तै हो । भन्नुको अर्थ प्रयास यथेष्ट गर्नै जाने हो भने अवश्य एक दिन सफल मानिस हुन असम्भव हुँदैन जस्तो लाग्छ। जीवन सम्भवै सम्भवको खानी हो। प्रयासबाट सफलता सफलताबाट सुख, शान्ति र आनन्द आनन्द नै मुक्ति हो भन्ने कुरा बुझ्न सकेको खण्डमा धन्य मानव, असल मानव आदि आदि असल मानवको कल्पना भगवानको अनुकम्पाबाट मात्र सम्भव छ। भगवानको कृपा तब मात्र सम्भव छ, जहाँ वहाँको शरणागत हुन सकोस् । यो छोटो समयको अनुभव मात्र हो।
सर्वे भवन्तु सुखिनाः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु
मा कस्चिद् दुखभाग्जन।।
हरि तत्सत्।
घाचोक-३, कास्की
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०