बुटवल । प्रदेश ५ सरकारले लकडाउनको समयमा पैदलै घर जान भनी हिँडेकाहरुलाई गन्तव्यसम्म पुर्याइदिने भएको छ ।
पूर्वपश्चिम राजमार्गमा काठमाडौं, धादिङ, चितवन लगायतका जिल्लाहरुबाट आउने मजदुर, विद्यार्थी र सर्वसाधारण दिनदिनै बढ्दै गएपछि प्रदेश सरकारले स्थानीय तहहरुसँग समन्वय गरी पैदल यात्रुहरुको खानपान र स्वास्थ्य जाँचको व्यवस्थापनसहित घर पुग्ने व्यवस्था मिलाएको छ। जसका लागि प्रदेश ५ सरकारले प्रदेशका १ सय ९ वटै स्थानीय तहहरुलाई १० लाखदेखि २५ लाखसम्मको विशेष अनुदान दिएको छ ।
प्रदेशका नाकाहरुमा रहेका स्थानीय तहले आफनो सीमामा आएका पैदल यात्रुहरुलाई प्रहरी प्रशासनको समन्वयमा स्थानीय क्वारेन्टाइनमा लगेर उनीहरुको स्वास्थ्य जाँँच गर्ने र एउटै जिल्ला वा स्थानीय तहका व्यक्तिहरुलाई पालैपालो घर पुग्ने व्यवस्था मिलाउने मुख्यमन्त्री शंकर पोख्रैलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।‘राजमार्गमा आएकाहरुलाई सम्बन्धित स्थानीय तहले प्रहरी प्रशासनको सहयोगमा स्थानीय क्वारेन्टाइनमा लग्ने छन् र उनीहरुलाई खाने बस्ने व्यवस्था गर्नुका साथै स्वास्थ्य जाँच गरिनेछ र एउटै क्षेत्रका व्यक्तिहरुलाई मिलाएर सवारी साधनको व्यवस्था गरेर घरसम्म पुग्ने व्यवस्था हुनेछ’, उनले भने।
शुक्रबार बिहानैदेखि प्रदेश ५ को पूर्वतर्फको प्रवेश नाका बर्दघाटसम्म आइपुगेकाहरुलाई रोकेर स्थानीय क्वारेन्टाइनमा राखिएको छ । मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनअनुसार सुरक्षा निकाय र स्थानीय तहहरुले प्रदेशको सीमाभित्र प्रवेश गरेका नागरिकलाई व्यवस्थापन गर्ने काम शुरु गरिसकेका छन् । प्रदेश सरकारले यो काम थालेसँगै पूर्व पश्चिम राजमार्गमा पैदलै हिँड्नेहरुको संख्या एकदमै पातलिएको छ । प्रदेशको पूर्वी सीमाना बर्दघाटमा १ सय जना अट्नसक्ने अस्थायी क्वारेन्टाइन बनाइएको छ।पैदलै घर जान हिँडेकाहरुको पीडाका विषयमा संचार माध्यम र समाजिक संजालमा सरकारको तीव्र आलोचना भैरहेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
पत्रकार महासंघ गण्डकीको पदस्थापन
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
वैशाख २, २०७८