पोखराका अधिकारकर्मीको आपत्ति, आयोग विघटन गर्न माग

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७७
maxresdefault

पोखरा, ५ वैशाख । पोखरामा वन फडानी एवं सरकारले सार्वजनिक जग्गा व्यक्तिविशेषलाई वितरण गर्न आयोग गठन गरेको घटनाप्रति अधिकारकर्मीले आपत्ति जनाएका छन् ।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी आयोग नाममा विगतमा पनि सार्वजनिक जग्गाको चरम दुरुपयोग एवं वनजंगल मास्दै आएको जगजाहेर छ भन्दै सोको आयोग विघटन माग गरेका हुन् ।

विज्ञप्तिमा लकडाउनको नाजायज फाइदा उठाएर पोखरा १९, घार्मी्स्थित ९ हेक्टर क्षेत्रफलमा फैलिएको भूमे पुज्ने तीसढुंगे सामुदायिक वन फडानी गरी कुनियतपूर्वक दर्ता गर्ने शक्ति समूह सक्रिय रहेको हुँदा कडा कारबाहीको लागि तीनै तहका सरकारसमक्ष माग गर्दछौं भनिएको छ ।यस्तै, कोभिड–१९ बाट जनताको जीवनरक्षामा केन्द्रित हुनुपर्नेमा हालै गठित आयोग त्यसविपरीत रहेको ठहर गर्दै अविलम्ब आयोग विघटन माग गरी भूमिहीन नेपालीका लागि न्यायोचित वितरण गर्ने पवित्र उद्देश्य राखी उपयुक्त समयमा स्वतन्त्र, निष्पक्ष र योग्य व्यक्तिहरु सम्मिलित आयोग गठन सुझाव दिइएको छ ।

विज्ञप्तिमा भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता तिलक पराजुली, पोखरा उपत्यका बृहत् सफाइ अभियानका संयोजक रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका तर्फबाट विष्णुहरि अधिकारी, स्यवंसेवी मानव अधिकार रक्षक सञ्जाल नेपालका तर्फबाट शशी तुलाचन, नागरिक समाज पोखराका तर्फबाट इन्द्रकमल मानन्धर र महिला मानव अधिकार रक्षक सञ्जालबाट तारामाया थापामगरले हस्ताक्षर गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना…

hero news full width