राजधानीवाट घर फर्किन दिन परिवार दलको माग

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७७
yak

काठमाडौं, ५ वैशाख । नेपाल परिवार दलले राजधानीमा जीवन यापन गर्न कठिनभई आ आफ्नो घर फर्कन चाहेका नागरिकहरुलाई तुरुन्त घर फर्कने ब्यबस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

“कि त अति बिपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खानपानको व्यवस्था गर्नु पर्यो, कि त उनीहरुलाई आ–आफ्नो घर फर्कने प्रबन्ध मिलाई दिनु पर्यो“ दलका अध्यक्ष एकनाथ ढकालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

देशको सबै साधनश्रोतको मालिक नागरिक भएकोले यस संकटको घडीमा आफना जनताको लागी सरकारले मन फुकाएर ढुकुटी खोल्नु पर्छ भन्दै जनताको बाच्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरेको छ । कोभिड १९ नियन्त्रण तथा रोकथाम कोषमा जम्माभएको रकमको तुरुन्त सदुपयोग गर्न र सरल तरिकाले राहत वितरण गर्न पनि परिवार दलले माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width