धनकुटा, ५ वैशाख । अति संवेदनशील भन्दै गएको पूर्वी पहाडी जिल्लाहरुको प्रमुख प्रवेश द्वारको रुपमा रहेको भेडेटारमा कोरोना भाइरस विरुद्ध धनकुटा उद्योग बाणिज्य संघले जनचेतना अभियान संचालन गरी स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ ।
पूर्वी नेपालको प्रमुख प्रवेशद्धार धनकुटाको भेडेटारबाट धनकुटा,तेह्थुम,भोजपुर र संखुवासभा जिल्लाका लागि दैनिक दर्जनौ गाडीहरु खाद्यान्न लगायत उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु तराईका बजारबाट आउने र पहाडी जिल्लाहरुवाट ताजा तरकारी तथा फलफुलहर तराईका बजारहरुमा जाने गरेकोले भेडेटाार अहिल भेडेटार नाका अत्यन्तै संवेदनशील क्षेत्र बन्दै गएको छ ।
भेडेटार नाकामा कोरोना भाइरस विरुद्ध जनचेता अभियानका साथ सुरक्षित तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ । पूर्वी पहाडी जिल्लाहरुको प्रमुख नाका तथा पर्यटकीय स्थल भेडेटारमा धनकुटा उद्योग बाािणज्य संघल व्यापारी, होटल व्यावसायी,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी ,वडाका जनप्रतिनिधिहरुसंग भेटघाट गरी कोरोना भाईरस फैलन नदिनका लागि परार्मश गरेको छ ।
सो अवसरमा सागुरीगढी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष यम प्रकाश मगर,भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र राई,महासचिव आशिष राई,निर्वतमा अध्यक्ष लिला राज लावती,भेडेटार प्रहरी चौकीका इञ्चार्ज सई यदु खड्का,व्यवासायी मेहेन्द्र श्रेष्ठ लगायतसंग धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले भेटघाट गरी कोरोना भाईरसलाई फैलन नदिने र नियन्त्रण गर्ने वारेमा परामर्श गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
युनाइटेड क्लबको वार्षिकोत्सव तथा सम्मान
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
नाईकर्मी उद्योग वाणिज्य संघमा आउन आग्रह
‘धार्मिक विखण्डन ल्याउन खोज्नेलाई चिन्न र चिनाउन आवश्यक ’
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८