Representative image
सप्तरी । बन्दाबन्दी र सीमा नाका बन्द गरेर कोरोना महामारीविरुद्ध लडिरहेका बेला यहाँ लागुऔषध र मदिरा कारोवारी भने सक्रिय भएका छन् । अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्र्याक्टरमा मदिरा ओसार्ने महादेवा गाउँपालिका–१ का ३२ वर्षीय श्रवण मण्डल आज राजविराज नगरपालिका– ६ बाट पक्राउ परेका छन् ।
अत्यावश्यक खाद्यान्न भन्दै मदिरा ओसारिरहेको फेला परेपछि मण्डललाई पक्राउ गरी ट्र्याक्टर र मदिरा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । “अति आवश्यक खाद्यान्न समान भनी बहाना बनाइ लैजाने क्रममा शङ्का लागि जाँच गर्दा मदिरा फेला पर्यो”, प्रनाउ भारतीले भन्नुभयो, “चालक मण्डलसँग मदिराको बिल भर्पाई पनि थिएन, लकडाउनको उल्लङ्घन गर्दै खाद्यान्न सामग्री भनेर खोल्दा विभिन्न ब्राण्डका मदिरा भेटियो ।”
ट्र्याक्टरमा ९० कार्टुन दिलवाले नामक मदिरा, २० कार्टुन एम्बिसन नामक मदिरा र छ कार्टुन गोल्डहली नामक मदिरा फेला पारी बरामद गरिएको उहाँले बताउनुभयो । मङ्गलबार सीमा नाका बोदे बरर्साइन नगरपालिका–९ स्थित स्वर्णपट्टिबाट लागुऔषधसहित खड्क नगरपालिका–९ का १९ वर्षीय मो आदिजलाई प्रहरीले पक्राउ गरेको थियो । भारतीय बजार लौकहीबाट लागुऔषध खरिद गरेर ल्याउँदै गरेका आदिजका साथबाट कोरेक्स तीन बोतल र नाइट्रोभेट ट्याब्लेट ३० थान बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुभरनपट्टीका प्रमुख हिमाल केसीले जानकारी दिनुभयो ।
भारतबाट को४प ४३६८ नं को मोटरसाइकलमा ल्याउँदै गरेको लागुऔषधसहित विष्णुपुर गाउँपालिका– ५ परसाहीका ४५ वर्षीय जोगिन्द्र यादव गत शुक्रबार भारतीय सीमा नाका छिन्नमस्ता गाउँपालिका– ६ हाटीबाट पक्राउ परे । आठ दिनअघि हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित कोशी ब्यारेज नजिकबाट लागुऔषधसहित तीन मोटरसाइकलमा आइरहेका कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकाका चार युवा पक्राउ परे ।
Related News
सम्बन्धित समाचार
पेस्तोलसहित युवक पक्राउ
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
अफगानिस्तानको मस्जिदमा एकै परिवारका ८ जनाको हत्या
नक्कली सुन देखाएर लुटपाट गर्ने पक्राउ
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
वैशाख ७, २०७८पत्रकार महासंघ कास्कीको पदस्थापन
वैशाख ७, २०७८‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८