चित्तल मार्ने नौ पक्राउ   

रासस
वैशाख ४, २०७७
chittal

चितवन रािष्ट्रय निकुञ्जमा ‘लकडाउन’को मौका छोपेर चित्तल मारेको अभियोगमा नौ जना पक्राउ परेका छन् । चित्तल मारेर खाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उपाध्यायका अनुसार गत चैत ३० गते चित्तलको सुकुटी खाँदै गरेको सूचनाका आधारमा निकुञ्जको संयुक्त गस्तीटोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको अनुसन्धान भई मुद्दा प्रक्रियामा रहेकाले विस्तृत विवरण खुलाउन नमिल्ने उपाध्यायले जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार निजले चित्तल मारेर सुकुटी बनाएर खाँदै गरेको अवस्थामा निकुञ्जको टोलीले पक्राउ गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width