हेल्लो वडाध्यक्ष ज्यू, एम्बुलेन्स पाईएन अस्पताल जानु पर्ने थियो !

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
Purna Kumar grg pic

हेल्लो वडाध्यक्षज्यू नमस्कार,
नमस्कार,
कता हुनुहुन्छ  ?
म अहिले हस्पिटल छु ।
हस्पिटलमा किन हो र  ?
मृगौला फेल भएर डायलसिस गराईरहेको एक जना बिरामी हुनुहुन्थ्यो लकडाउनमा गाडी पाउनु भएनछ, त्यसैले हस्पिटल ल्याएको ।

कोभिड—१९ का कारण उत्पन्न परिस्थिति पछि पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्गको दिनचर्या आजकल विरामीलाई अस्पताल लैजाने, विपन्न परिवारलाई खाद्यान्न जुराउने, लकडाउन कडाई गर्न सुरक्षा निकायसँग समन्वय गर्ने काममा बित्ने गर्दछ ।

उनलाई यतिखेल वडामा संचालन हुने विकास निर्माणका योजनाको संझौता पछि कार्यान्वयनको अवस्थामा, समस्या आएमा समाधान, जनताका दैनिक सिफारिस, विभिन्न विवाद मिलाउने काममा व्यस्त हुनुपथ्र्यो तर कोरोनाको समस्याले त्यसका विरुद्ध महानगरले गरेका क्रियाकलापमा साथ दिने र वडामा त्यसको संक्रमण नहोस् भन्नेमा बढी ध्यान जाने गरेको छ ।

वडाध्यक्ष गुरुङले आफ्नो नीजि कारलाई एम्वुलेन्स जसरीनै प्रयोग गर्दै, अहिलेसम्म १७ जना भन्दा बढी विरामीको उद्धार गरिसकेका छन् । वडामा कसैलाइै केही विमारले च्याप्दा र एम्बुलेन्स समेत नपाईने अवस्था आएपछि वडाध्यक्ष आफै कार लिएर विरामीलाई पोखराका विभिन्न अस्पतालमा पुर्याउने र घर छाड्दिने काम गर्छन । सुत्केरी हुन नसकेका देखी मृगौलाको डायलसिस् जस्ता जटिल विरामीलाई अस्पताल ल्याउने लैजाने गरेका गुरुङले जनताको पिडा बुझ्न पनि यस्ता विरामीलाई सहयोग गरेपछि सजिलो भएको बताए ।

जनतालाई यस्तो विषम परिस्थितिमा पनि सहयोग नगर्नेहो भने के को जनप्रतिनिधि हुँ भनेर हिड्ने त ? वडाध्यक्ष गुरुङ्ग भन्छन् —“आखिर तिनै जनताले भोट हालेर जिताएका हुन क्यारे ।” उसो त वडाध्यक्ष गुरुङ्ग महानगरबाट फिप्टी/फिप्टीका योजना सवैभन्दा धेरै कार्यान्वयन गर्ने वडाध्यक्ष पनि हुन ।

वडाध्यक्ष गुरुङ्गको कामको सामाजिक संजालमा समेत प्रसस्त प्रशंसा भएको छ । नागरिक समाजका अगुवा देखी वडावासीले गुरुङ्गको कामले अप्ठ्यारो अवस्थामा जनप्रतिनिधि जनता प्रति कति उत्तरदायी हुन्छन् भन्ने प्रमाणित समेत भएको बताएका छन् ।

वडाध्यक्ष गुरुङ्गलाई राहत बितरणमा महानगरको प्याकेज बाहेक स्थानीय बेदराज न्यौपाने, राइजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङ र राधा माधव समिति लेखनाथले पनि सहयोग गरेका छन् ।

वडाले ५ सय ७६ जनालाई राहत बाँडेकाे थियो भने राइजिङ स्टारले २५ जना, स्थानीय बेदराज न्यौपानेले ३५, राधा माधव लेखनाथ समितिले १५ जनालाई राहत सहयोग गरेका थिए ।

वडाध्यक्ष गुरुङ्गले अव यो थपिएको लकडाउनको समयमा बास्तविक विपन्नहरुलाई समस्या पर्ने भन्दै, राहतका लागि बेलैमा सोच्नु पर्नेमा जोड दिए । ज्यानै जान्छ भन्ने थाह हुँदा हुँदै पनि लकडाउन उल्घंन गर्ने, मुख्य सडक बाहेकका प्राय सवै सडकमा मान्छेको भिडभाड हुनेगरी हिडडुल गर्ने प्रवृत्तिले समस्या आउन सक्ने भन्दै, आफ्नो टोलमा आफैले कडा गर्न उनले स्थानीयवासीलाई आग्रह गरेका छन् ।

(नवराज सापकाेटाकाे रिपाेर्ट)

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…
  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर…

hero news full width