धितालमा राहत वितरण सुरु

श्रीभद्र पौडेल
वैशाख ४, २०७७

हेमजा । माछापुच्छ्रे गाउँपालिका–६ धितालमा बिहीवारदेखि राहात वितरण सुरु गरिएको छ।

कोरोना भाइसरका कारण दैनिक जीवकोपार्जनमा समस्या आएका श्रमिक तथा असहाय घरपरिवारलाई लक्षित गरी गाउँपालिकाको सहयोगमा वडाले राहत बाढ्न सुरु गरेको हो।

जसअन्तरगत छापा, हेमजाकोट, वडा कार्यालय, गैरीगाँउ, लगायतका क्षेत्रमा राहात वितरण भइसकेको छ। त्यस्तै अन्य स्थानमा पनि शुक्रवारसम्ममा राहत वितरण गरिसक्ने योजना आफुहरुको रहेको वडाध्यक्ष हरीशचन्द्र ढुङगानाले बताए।

वितरण अन्तरगत ३ देखि ५ जनासम्मको परिवारलाई ३० केजी चामल, २ केजी दाल, २ लिटर तेल, २ केजी नुन, साबुन, बेसार र मसला दिइएको छ भने २ जनासम्मको परिवारलाई १५ केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर तेल, बेसार, मसला र साबुुन उपलब्ध गराइएको छ।

उक्त कार्यमा वडाअध्यक्ष सहितका जनप्रतिनिधी, वडा सचिव, राजनैतिक दलका प्रतिनिधी, धम्पुस र भिडावारी प्रहरी चौकी तथा विभिन्न संघसंस्थाका प्रतिनिधी खटिएका छन्।धितालमा कुल ६० श्रमिक तथा असहाय घरपरिवारको पहिचान गरिएको छ ।

त्यस्तै वडाले भाइसरको संक्रमणबारे जानकारी दिन ठाउँठाउँमा सचेतनामूलक सूचना टास गर्नुका साथै राजनैतिक दल तथा संघसंस्थाको सहयोगमा जनचेतनामूलक कार्यक्रम पनि गरेको जनाएको छ।

गाउँपालिका भर कुल ६ सय ३० श्रमिक तथा असहाय घरपरिवार रहेको तथ्याङ छ।प्रथम चरणको राहात वितरण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन्।

Related News

सम्बन्धित समाचार

hero news full width