नमस्ते प्रतिष्ठानको दुई लाख सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
1

पोखरा, ४ वैशाख । कोरोना भाइरसका कारण सरकारले लकडाउन शुरु गरेपछि श्रमजीवी विपन्न बर्गहरुलाई प्रत्यक्ष असर परेको छ ।

विपन्न श्रमजीवीका लागि राहत उपलब्ध गराउन पोखरा महानगरपालिका वडा नं–६ बाट सहयोग मागभए अनुसार नमस्ते सामुदायिक प्रतिष्ठानका अध्यक्ष भिष्मराज पौडेलले दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं –६ का जनप्रतिनिधिरुको उपस्थितिमा वडाध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरिएको हो । पोखरा–६ स्थित कार्यलय मार्फत बालगृह, छात्रवृत्ति कार्यक्रम, महिला सशक्तिकरण, विद्यालय विकास, लगाएत अन्य विविध कार्यक्रम मार्फत समाज विकासका कार्यहरु गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width