अर्को वर्ष न्युजिल्याण्डमा हुने महिला एक दिवसीय क्रिकेटमा भारत, अष्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका छनोट

एजेन्सी
वैशाख ४, २०७७
ICC Women’s Cricket World Cup 2021 Tournament Launch

WELLINGTON, NEW ZEALAND – MARCH 11: The Women’s Cricket World Cup on display during the ICC Women’s Cricket World Cup 2021 Tournament Launch at Basin Reserve on March 11, 2020 in Wellington, New Zealand. (Photo by Hagen Hopkins/Getty Images)

भारत र पाकिस्तानबीचको एक दिवसीय क्रिकेट सिरिज रद्द भएपछि अर्को वर्ष न्युजिल्याण्डमा हुने महिला एक दिवसीय क्रिकेटमा भारत छनोट भएको छ ।

पाकिस्तानविरुद्धको छनोट सिरिज भारत सरकारले खेल्न अनुमति नदिएपछि रद्द भएको थियो । भारत र पाकिस्तानबीचको एक दिवसीय सिरिज गत वर्षको जुलाई र नोभेम्बरमा तय भएको थियो । भारत सरकारले पाकिस्तानसँग खेल्नका लागि अनुमति नै दिएन । सिरिज रद्द भएपछि दुवै टिमले समान अंक लिएका छन् ।

भारत र पाकिस्तानबीचको राजनीतिक समस्याका कारण दुईपक्षीय सिरिजहरु हुन सकेका छैनन् । दुवै देश आइसीसीको इभेन्टमा मात्रै खेल्दै आएका छन् । सिरिज रद्द भएपछि अस्ट्रेलिया ३७ अंकसहित शीर्ष स्थानमा रहँदै विश्वकपको छनोट पार गर्न सफल बनेको छ ।

यस्तै, इङ्ल्याण्ड २९ अंक, दक्षिण अफ्रिका २५ अंक र भारत २३ अंकसहित शीर्ष ४ स्थानमा आफूलाई सुरक्षित राखेको हो । आइसीसीले शीर्ष ४ मा रहेका टिमलाई विश्वकपमा सामेल गराउनेछ । अरु टिमको भने पछि तय हुनेछ ।

अब, श्रीलंका, पाकिस्तान र वेस्टइण्डिजका साथै बंगलादेश आयरल्याण्ड र इस्टर्न रिजन विजेता थाइल्याण्ड, जिम्बाब्बे, पपुवान्युगिनी, अमेरिका र नेदरल्याण्ड्सले क्वालिफायर म्याच खेल्नु पर्नेछ । क्वालिफायर म्याच ३ देखि १९ जुलाईसम्म श्रीलंकामा हुनेछ । तर, अहिलेको कोरोना भाइरसको महामारीका कारण यो प्रतियोगिता पनि प्रभावित हुने संभावना बढेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width