पाँच टोलका ११४ विपन्न परिवारलाई राहत वितरण

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
rsssss

पोखरा,४ वैशाख । पोखरा महानगरपालिका वडा नं ७ घारीपाटन अवस्थित अरुणोदय युवा क्लबको संयोजकत्वमा ५ वटा टोलका ११४ विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

बुधवार विभिन्न ५ टोलमा गरिएको राहत बितरण कार्यक्रममा अरुणोदय युवा क्लबसंगै घारीपाटनस्थित विभिन्न सामाजिक संघ संस्थाहरू जागृति बाबु आमा समूह, एकता तमु समाज, घारीपाटन आमा समूह, सकृय दलित महिला समूह, फेरेन्स क्लब लगाएतको संयुक्त आयोजनामा ११४ विपन्न परिवारलाई राहत वितरण गरिएको अरुणोदय युवा क्लबका अध्यक्ष सुरेश गुरुङले जानकारी दिए ।

राहत वितरण गर्नका लागि अरुणोदय युवा क्लबले रु ४० हजार, जागृति बाबु आमा समूहबाट ३० हजार, एकता तमु समाजको तर्फÞबाट ३० हजार, घारीपाटन आमा समूहले १० हजार, फेन्स्  क्लबले १० हजार र सकृय दलित महिला समूहबाट ३ हजार गरी १ लाख २३ हजार संकलन भएको जागृति बाबु आमा समूहका अध्यक्ष दिलीप गुरुंगले बताए , राहत पाउनेहरूमा घारीपाटन टोल बिकास संस्थाबाट २६ जना, तिनकुने टोल बिकास संस्थाका ५५ जना, राधाकृष्ण टोल बिकास संस्थामा २३ जना, प्रगति टोल बिकास संस्थाका ४ र प्रगतिनगर टोल बिकास संस्था ६ जना गरी १ सय १४ जना रहेका घारीपाटन आमा समूहकी अध्यक्ष पवित्रा जिसीले जानकारी दिए । उनका अनुसार आधा बोरा चामल, रातोदाल १ केजी, तेल १ लिटर, नुन १ प्याकेट, साबुन १ पिस, सोयाविन १ प्याकेट प्रति परिवार दिइएको छ।

वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र बरालले महानगरबाट पनि गत हप्ता राहत बितरण गरिएको थियो, तिनकुने टोल बिकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले घारीपाटन क्षेत्रमा प्रायः दैनिक ज्यालादारीमा काम गर्ने, विपन्न र असहाय परिवारको बस्ती बढ़ी रहेको वड़ाबाट सबैलाई समेटन सम्भव नभएको हुँदा स्थानीय संघसंस्थाबाट पैसा उठाएर राहत वितरण गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width