पोखरा ३० मा लकडाउन कडा गरिने

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
11

पोखरा, ४ वैशाख । पोखरा महानगरपालिका वडा नं. ३० मा आज विहान बसेको सर्वपक्षीय बैठकले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको छ । वडा नंं ३० का अध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले राहत वितरणको समिक्षा गर्दै, स्थानीयबाट लकडाउनको उल्घंन गरेको जानकारी आएको भन्दै थप कडा बनाउने निर्णय गरिएको वडा सचिव दुर्गा न्यौपानेले जानकारी दिईन ।

लकडाउनमा घर बाहिर ननिस्कन आग्रह गदै, वडामा माइकिङ गने, सुरक्षा व्यवस्था कडा बनाउने, राहत नपुगेका ठाउँका अति विपन्न परिवारको लगत संकलन गने, लगायतका क्रियाकलाप गरिने पनि सचिव न्यौपानेले बताईन । सर्वपक्षीय बैठकमा जनप्रतिनिधि, टोल विकास संस्था, विभिन्न क्लव, महिला समूह, सुरक्षा निकायका प्रतिनिधिहरु को सहभागिता रहेको थियो । राहत बितरण प्रभावकारी र सहज ढंगले भएको समीक्षा गर्दै, महानगरबाट प्राप्त राहत ४ सय ७१ जना बिपन्न परिवारमा पुर्याईएको र लायन्स क्लब अफ लेखनाथले २४ र वडा नं. ३० निवासी शिवप्रसाद न्यौपानेले १ सय ७५ जनालाई राहत बितरण गरेको बिबरण प्राप्त भएको सचिव न्यौपानेले जानकारी दिईन ।

राहत बितरणमा सहयोग गर्ने राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ता, टोल विकास संस्थाका प्रतिनिधि, महिला समूह, युवा क्लब, नागरिक समाजका अगुवा, सुरक्षाकर्मी एवं कर्मचारीहरुलाई धन्यवाद ज्ञापन पनि बैठकले गरेको छ । साथै वडावासीलाई लकडाउन अवधिभर घर वाहिर ननिस्कन, विदेशबाट आएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्न, कोभिड १९ का लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा खवर गर्न र वडामा अप्ठ्यारो अवस्थामा रहेकालाई उद्धार तथा सहयोग गर्न वडा कार्यालय तयार रहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • जिल्ला अस्पतालमा ओपिडी १२ घण्टा

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा बहिरंग सेवा (ओपिडी) १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि ओपिडी ८ घण्टा सञ्चालन…
  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेला बुधबार सकिएको छ…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । द्वन्द्वपीडित समुदायले विभिन्न मागसहित मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । देशका विभिन्न जिल्लामार्फत न्यायको अधिकारप्रति जिम्मेवारीबोध गर्दै ठोस…

hero news full width