परीक्षणको गति सुस्त, समन्वय नहुँदा पिसिआर मेशिन थन्कियो

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
lab photo final

बिक्रम खड्का–बुटवल । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको क्षति कम गर्न अत्याधिक परीक्षण भएको बताएको छ । नेपाल सरकारले पनि त्यसैलाई पछ्याउने दावीका साथ जिल्ला–जिल्ला र प्रदेशहरुमा परीक्षणको मगलाई अघि बढाएको बताएको छ ।

तर प्रदेश ५ मा परीक्षणको गति निकै सुस्त भैरहेको छ । सरकारी निकायहरु बीचको समन्वयको अभावका कारणले दैनिक एक दर्जन जतिको मात्र परीक्षण भैरहेको छ। अहिलेसम्म प्रदेश ५ मा २ सयको हाराहारीमा मात्र स्वाव परीक्षण भएको छ । हजारौ मान्छेहरु अहिले पनि क्वारेनटाइन र आइसोलेशनमा छन् । उनीहरुको परीक्षण गर्नका लागि यो हिसावले महिनौ लाग्ने देखिएको छ । रुपन्देहीको भैरहवास्थित गहुवालु अनुसन्धान परिसरमा निमार्ण गरिएको कोरोना परीक्षण प्रयोगशाला संचालनमा आएको एक हप्ता भन्दा वढी भैइसकेको छ ।

सो प्रयोगशलाले दिनमा १२, १४ जनाको स्वावको परीक्षणको रिर्पोट दिने गरेको छ । प्रदेश का १२ जिल्लाका रिर्पोटहरुका लागि यो प्रयोगशालालाई दवाव भएपनि मेशिन र जनशक्तिको वाहनामा परीक्षणको गति निकै सुस्त भएको हो । यसको व्यवस्थापनका लागि सरकारी निकायको समन्वय फिटिक्कै मिलेको देखिदैन । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले स्वाब लिने सामग्री सकिएको हुँदा बिरामीको स्वाब लिन नसकिएको बताए । शंकास्पद बिरामीको नमूना लिन रोकिएको छ डा. थापाले भने अहिले हामीकहाँ तीन जना बिरामी छन् । उनका अनुसार बाँकेमा स्थापना भएको पिसिआर मेशिन पनि सामग्री अभावमा संचालनमा आउन सकेको छैन् । चार दिन अघि जडानका काम सकिएको भएपनि सामग्री र जनशक्ति नआएपछि परीक्षणको काम अघि नबढेको हो ।

हप्तादिनदेखि मेशिन थन्कियो

कोरोना परीक्षणका लागि आवश्यक उपकरण नभएको भन्दै बसेका सरकारी कर्मचारीहरुले उपकरण पाएको एक हप्ता हुदां पनि संचालनमा ल्याउन सकेका छैनन् । कोरोना भाइरसको जोखिम कम गर्न अत्याधिक परीक्षण भएको विश्व स्वास्थ्य संगठनले बताएको छ तर प्रदेश ५ मा अहिले पनि तीव्र गतिमा परीक्षण गर्ने काम भएको छैन । यस अघि अत्याधुनिक आरटी पिसिआर मेशिन नभएको भन्दै पन्छिएका कर्मचारीहरु समाग्री पाएको हप्ता दिन पनि भैसक्दा पनि संचालनमा ल्याउन सकेका छैनन् ।

मेशिनलाई चाहिने सामाग्री र सेटिङ्ग गर्ने इन्जिनियरको अभावका कारण भैरहवामा रहेको कोरोना भाइरस (कोभिड १९) को स्वाव परीक्षणको दायरा बढाउन नसकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । आरटी पिसिआर मेशिन संचालनमा आएमा मेसिनको मोडल हेरेर दैनिक ७० देखि ९० सम्म परीक्षण गर्न सकिन्छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा यो मेशिनलाई स्वाब लिने सामग्री (भिटिएम) र मेशिन जडान गर्ने इन्जिनियरको अभाव हुँदा कठिनाई भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र कुमार गिरीले बताए ।

डा. गिरीका अनुसार अहिले दैनिक १० देखि१२ वटा शंकास्पद व्यक्तिहरुको स्वाब परीक्षण भइरहेको छ । यो मेशिनको क्षमता दैनिक १५ देखि १६ वटासम्म क्षमता भनिए पनि आवश्यक जनशक्तिको कारण पनि सोचेजति हुन नसकेको डा गिरीको भनाई छ ।सो कार्यालयको लागि बुटवलको नेशनल प्याथ ल्यावले आरटी पिसिआर मेशिन उपलव्ध गराएको थियो । १५ दिनका लागि भनेर लगिएको मेशिन प्रयोग नै नगरि फिर्ता गर्ने समय आउन थालेको छ । एक अर्काको समन्वयको कुरा पटक्कै नमिलेका कारण कार्यसम्पादनमा जटिलता आएको समाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए ।

सरकारले क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको स्वाब परीक्षण पिसिआर मेशिनबाट गर्ने भन्ने मान्यता राख्ने हो भने प्रदेश ५ मा अहिलेको अवस्थामा यो संभव देखिदैन । त्यसका लागि नेपालगञ्ज र भैरहवामा रहेका पिसिआर मेशिन संचालनमा ल्याउनै पर्ने देखिन्छ भने दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गर्ने भनिएको ल्याबका कामलाई पनि तिब्रता दिनुपर्ने देखिएको छ ।प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ल्याबका सामग्री नहुँदा भैरहवा र नेपालगञ्जमा भएका नयाँ आरटी पिसिआर मेशिन संचालन गर्न नसकेको बताए । सामग्री अभाव भयो । हतार हतार गरेर काम गर्न खोजेपनिआरटी पिसिआर मार्फत परीक्षण शुरु गर्न नसकिएको बताए ।

प्रदेश नं. पाँच स्वास्थ्य निर्देशनालय बुटवलका सूचना अधिकृत मनबहादुर वलीका अनुसार बैशाख ३ गतेसम्म दुई सय २९ जनाको थु्रटस्वाब लिइएको भएपनि २ सय ११ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १८ जनाको रिपोर्ट आउने क्रममा छ ।स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश नं. पाँचका चार वटा कोरोना विशेष आइसोलेसन अस्पतालमा अहिले पनि २७ जना कोरोनाका शंकास्पद व्यक्तिहरुm भर्ना रहेका भएका छन् । अहिले प्रदेश ५ को क्वारेन्टाइनमा १ हजार ४ सय ८२ जना व्यक्तिहरु रहेका छन ।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width