कोभिड १९ राहत कोषमा २८ लाख ६७ हजार संकलन

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
waling1

वालिङ, ४ वैशाख । वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड– १९ राहत कोष’ मा विहीबारसम्म २८ लाख ६७ हजार ९९ रुपैयाँ संकलन भएको छ ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताइरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा आजसम्म नगद तथा खाद्यान्न गरी रु. २८ लाख ३५ हजार ९ सय ७४ संकलन भएको वालिङ नगर प्रमुख दीलिपप्रताप खाँणले बताए ।

नगरपालिकाको राहत कोषमा हालसम्म नगद २१ लाख, ७९ हजार ९९ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल २८ लाख ६७ हजार ९९ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width