कास्कीमा विद्युतीय अनुमतिपत्रको व्यवस्था

rss रासस
वैशाख ४, २०७७
cdo

पोखरा, ४ वैशाख । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड –१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि अत्यावश्यकीय सवारी सञ्चालन अनुमतिका लागि आजदेखि विद्युतीय अनुमतिपत्र (इ–पास)को व्यवस्था गरेको छ ।

सवारी पासका लागि प्रशासनमा हुने बढ्दो भीडभाड अन्त्य गरी घरमै बसेर समेत अत्यावश्यक भएकाहरुका लागि सहज रुपमा सवारी अनुमति प्रदान गर्नका लागि इ–पासको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । वेव ब्राउजरमा गएर www.epass.moha.gov.npटाइप गरी वा मोवाइलको म्यासेज बक्समा गएर १११२ मा जुनसुकै कोड टाइप गरी एसएमएस गर्दा म्यासेज इनबक्समा आउने लिङ्क खोली पासका लागि आवश्यक विवरण, परिचयपत्र, सवारी साधनको विवरण अपलोड गरी पेश गर्न सकिने बताइएको छ । अनलाइन फारम पेश भइसकेपछि जिल्ला प्रशासनले पास वितरण मापदण्डको आधारमा पास दिने नदिने निर्णय गर्ने र सोको जानकारी सम्वन्धित व्यक्तिको मोवाइलको म्यासेज बक्समा जानकारी दिइने कार्यालयले जनाएको छ । फारम स्वीकृत भएपछि प्राप्त हुने कोडमा उल्लेखित नम्वर र व्यहोरा नै सवारी पास हुने बताइएको छ ।

एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाल सवारी, सञ्चारकर्मी,स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, प्रयोगशालामा कार्यरत प्राविधिक तथा अस्पतालका कर्मचारी, पशुपंक्षीको घाँस, पराल, दाना आदी ढुवानी गर्ने सवारी साधनहरुलाई अनुमति पत्र आवश्यक नपर्ने र सम्वन्धित संस्थाको परिचयपत्रका आधारमा सञ्चालन गर्न दिइएको प्रशासनले स्पष्ट पारेको छ ।
कुनै निकाय वा सङ्घ संस्थाको नाममा जारी भएको पास जारी गरेको उद्देश्य विपरित वा अन्य अनाधिकृत व्यक्तिले प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले चैत महिनामा लकडाउनका अवधिमा सवारी पासको दुरुपयोग गरी चलाएका २७३ वटा सवारीलाई कारवाही गरिएको र पासको अनाधिकृत प्रयोगलाई कठाइका साथ रोकिने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । बृहत शान्ति सम्झौतालाई टुंगो पु¥याउन सत्य निरुपण तथा मेलमिलाप आयोग क्रियाशील छ । आयोगले मुलुकभरबाट द्वन्द्वपीडितका उजुरी लिएको…
    • भेडीगोठमा झलल बिजुली, सरर्र मोटर

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजनबहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँमा यति धेरै विकास होला । जन्मे,…
    • पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा। युनाइटेड क्लबको साताव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन पर्यटकीय क्षेत्र बैदाममा पहिचान झल्किने होडिङ बोर्ड राखिएको छ । सो बोर्डको…
    • जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा । भाषा सङ्घ नेपालको आयोजनामा यही वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पोखरासहित गण्डकी…
    • स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      स्याङ्जा । सत्य निरुपण तथा मेलामिलाप आयोगले ८ जनालाई परिचयपत्र हस्तान्तरण गरेको छ । आयोगका सदस्य मनु दाहालसहितको टोली स्याङ्जा…

    hero news full width

    sanil ads

    wordlink ads