Worldlink ads

स्वचालित स्यानीटाइजनर मेसिन सञ्चालनमा

रासस
वैशाख ३, २०७७
NPA-Chitwan-SwachalitSanitizedb

नेपाली युवा उद्यमी मञ्च चितवनले नारायणगढको पुलचोकमा राखेको वाक थ्रु स्वचालित सेनीटाइजिङ च्याम्बरमा सेनीटाइजिङ् गर्दै यात्रु । तस्वीरः नारायणप्रसाद अधिकारी, रासस

चितवन र नवलपरासी आवतजावत गर्नेहरुले स्वचालित स्यानीटाइजर मेसिनमा अनिवार्य बस्नुपर्ने भएको छ । नारायणी पुलको नारायणगढतर्फको पुलचोकमा स्वचालित सो मेसिन उपकरण जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको हो ।

चितवनतर्फ आउने र नवलपरासीतर्फ जाने जो कोहीले पुलचोकमा रहेको वाक थ्रू स्वचालित स्यानिटाइजिङ च्याम्बरमा अनिवार्य रुपमा छिर्नुपर्नेछ । नेपाली युवा उद्योगी मञ्च चितवनले सो च्याम्बर सञ्चालनमा ल्याएको हो ।

कोभिड–१९ को सङ्क्रमण बाहिरबाट आएकाका कारण जिल्लामा नहोस् भन्ने उद्देश्यले यो च्याम्बर सञ्चालन गरिएको हो । च्याम्बरको आज चितवनका प्रजिअ नारायणप्रसाद भट्टराईले उद््घाटन गर्नुभयो ।

सो अवसरमा प्रजिअ भट्टराईले यसले कोरोना रोकथाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्ला प्रवेश गर्ने र बाहिरिने दुवैलाई यसको उपयोगिताका बारेमा जानकारी गराई प्रयोगमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । जिल्लामा कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि स्थानीय प्रशासनले लकडाउनलाई प्र्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको भट्टराईले बताउनुभयो । पैदल आएका वा सवारीमा आएकालाई सो च्याम्बरमा राखेर १० सेकेन्ड घुमेपछि शरीर पूरै स्यानिटाइजिङ गरिनेछ ।

मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार रु एक लाख ५० हजारको लागतमा निर्माण गरिएको सो च्याम्बरमा उच्चस्तरीय कीटनाशक रसायन प्रयोग गरिएको छ । त्यसले मानिसलाई पाँच घण्टासम्म सुरक्षित राख्ने उहाँले जानकारी दिनुभयो । युवा उद्यमी राजेश गौतमले एकपटकमा चारजनासम्मको स्यानिटाइजिङ गर्न सकिने बताउनुभयो । मञ्चले चैत २३ गतेदेखि लकडाउनको समयमा पैदल आएका यात्रीहरुलाई पुलचोकमा नै खाना खुवाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…
    • जुवाको खालबाट ८ जना पक्राउ

      रासस भाद्र ३०, २०७८
      चितवन । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ…
    • बाघको आक्रमणमा एकको मृत्यु

      रासस भाद्र २९, २०७८
      बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको…
    • मौसम खुले पनि सकिएको छैन मनसुन

      आदर्श समाज सम्वाददाता भाद्र २७, २०७८
      काठमाडौं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी…
    • सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

      रासस भाद्र २७, २०७८
      काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads