चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७७

पोखरा ३, वैशाख । गण्डकी प्रदेश सभा सदस्य रामजी बरालले कोरोना भाइरसको कारण लकडाउन भएको अबस्थामा चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित बालमन्दिर टोल क्षेत्रमा बुधबार पुगेका सांसद बरालले केही स्थानीय बासिको गुनासो सुने पछि पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजु सहितको टोलीलाई तत्काल समस्यामा भएकाहरुको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

विषम परिस्थितिमा अति विपन्न र ज्यालादारी मजदुर जसको कुनै आयआर्जन र चुल्हो नै बल्न सकेको छैन त्यस्ता व्यक्ति एवं परिवारको पहिचान गरी राहत दिन बरालले आग्रह गरेका हुन् । पोखरा ३ मा महानगरबाट ४ सय ७९ जनालाई राहत वितरण गरेको अध्यक्ष प्रजुले जनाए ।

हाम्रो सुझाव