वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७७
ggggggggggggggggg

काठमाडौं, ३ वैशाख । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि घिमिरेकै नेतृत्वमा कार्यदल बनाएका थिए । अहिले उनलाई नै कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका छन् ।घिमिरेलाई वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव केही दिन अगाडि नै मन्त्रिपरिषदमा पुगेको थियो । तर मंगलबार मात्र उनलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width