धुलिखेल, ३ वैशाख । काभ्रेको मन्डन देउपुरमा दुई जना युवामा र्यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ भेटिएको छ।
स्वास्थ्य टोलीले मंगलबार गरेको र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाव धुलिखेल अस्पताल पठाइएको छ।युएईबाट चैत ५ गते नेपाल आएका ती युवा नगरपालिकाले बनाएको क्वारेन्टिनमा १४ दिन बसेका थिए। तर त्यो अवधिमा कुनै संक्रमण नदेखिएपछि उनीहरु घर गएका थिए। घरमा रहँदा उनीहरुले स्थानीय स्तरमा भेटघाट समेत गरेका थिए।
तर, स्थानीयले पुनः आशंका गरी नगरपालिकालाई भनेर मंगलबार र्यापिड टेष्ट गरिएको थियो। त्यसक्रममा कोरोना पोजेटिभ आएपछि थप परीक्षण गर्न स्वाव धुलिखेल पठाइएको धुलिखेल अस्पतालका एक कर्मचारीले जानकारी दिए। युवकका आफन्त सबैलाई क्वारेन्टायनमा राखिएको छ।
यता, काभ्रेमा दुई युवामा कोरोना पोजेटिभ देखिएपछि लकडाउनलाई थप कडा बनाइएको छ। लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएका विभिन्न जिल्लाका पैदलयात्री काभ्रे हुँदै गृहजिल्ला जान थालेपछि प्रशासनले सूचना जारी गरेको हो। सरकारले घोषणा गरेको लकडाउनका कारण यातायातका साधन नचलेपछि काठमाडौंबाट मानिसहरु बीपी राजमार्ग हुँदै पैदल नै तराईका जिल्ला गइरहेका छन्।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
को होला मिस तामाङ ?
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
hero news full width
मुख्य समाचार
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१