द्रुत परीक्षण धमाधम

प्रकाश ढकाल
वैशाख २, २०७७
rdt

पोखरा । गण्डकी प्रदेशका ११ वटै जिल्लामा अहिले कोरोना द्रुत परीक्षण धमाधम भैरहेको छ । हालसम्म करिब २ हजार ५ सय जनाको परीक्षण सकिएको छ । त्यसमध्ये कसैको पनि कोरोना पोजिटिभ नतिजा आएको छैन । शनिबार बागलुङकी एक महिलामा शंकास्पद देखिएपछि गरिएको पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो ।

हालसम्म १० वटा जिल्लाबाट २ हजार ४ सय १३ जनाको परीक्षण भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा धेरै बागलुङमा परीक्षण गरिएको छ । गण्डकीमा कोेरोनाको इपिसेन्टर मानिएको बागलुङमा हालसम्म ९ ससय ८६ जनाको परीक्षण भैसकेको बताईएको । स्याङजामा ३ सय १३, तनहूँमा २ सय ९३, पर्वतमा २ सय ४३, नवलपुरमा १ सय ८०, लमजुङमा १ सय ३७, कास्कीमा ९२, म्याग्दीमा ९०, गोेरखामा ७२ र मुस्ताङमा हालसम्म ७ जनाको परीक्षण गरिएको छ । मनाङमा कसैको पनि दु्रत परीक्षण गरिएको छैन ।

नियमित तर्फ कास्कीबाट सबैभन्दा बढी परीक्षण गरिएको छ । कास्कीमा १ सय ५ जनाको नमुना लिईएकोमा १ सय २ जनाको नेगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट आउनै बाँकी छ । स्याङजामा १ सय १, पर्वतमा ६८, बागलुङमा ३९, तनहूँमा १२, म्याग्दीमा ११, गोरखा र मनाङमा ३÷३ जनाको परीक्षण गरिएको थियो । हालसम्म बागलुङबाट २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

उनीहरुको बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । १९ बर्षिया युवती अंशु सापकोटाको तेश्रो परीक्षण पनि पोजिटिभ देखिएको छ भने ६५ बर्षिया बृद्धाको दोश्रो परीक्षण पोजिटिभ आएको थियो । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width