सन् २०२१ अघि फुटबलको क्यालेन्डर सुचारु हुन कठिन छ : फिफा उपाध्यक्ष भिक्टोर

एजेन्सी
वैशाख २, २०७७
Victor Montaglini, FIFA Vice President

अन्तराष्ट्रिय फुटबल महासंघ फिफाका उपाध्यक्ष भिक्टोर मोन्टाग्लिनीले सन् २०२१ अगाडी फुटबलको क्यालेन्डर सुचारु हुन निकै कठिन रहेको संकेत गरेका छन् ।

कोरोना भाइरसका कारण सबै फुटबल गतिविधि ठप्प रहेको अवस्थामा फिफा उपाध्यक्ष भिक्टोरले यस्तो धारणा राखेका हुन ।

केही दिन अगाडी फिफा अध्यक्ष जियोनी इन्फान्टिनोले कोरोनाबाट पूर्ण रुपमा अवस्था सामान्य नहुँदासम्म फुटबल गतिविधि सुचारु गर्नु उचिन नहुने धारणा राखेका थिए ।

यही बेला फिफाका उपाध्यक्ष भिक्टोरले पनि २०२१ को क्यालेन्डर अगाडी फुटबल सुचारु हुन नसक्ने संकेत गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय फुटबल सुचारु हुन निकै कठिन छ,’ एपीसँग कुरा गर्दै भिक्टोरले भनेका छन्,’ ‘फुटबल सुरु भएपछि टिमहरुले भ्रमण गर्नुपर्ने हुन्छ । जसका कारण जोखिम झन बढ्नेछ ।’

उनले घरेलु फुटबल प्रतियोगिता सुचारुका लागि फिफाले पनि पहल गरिरहेको बताए ।

सेप्टेम्बरसम्म सुचारु गर्ने अन्तिम मिति रहेको तर अहिलेको अवस्थाले त्यो पनि भन्न कठिन रहेको भिक्टोरले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width