एशियन फुटबल महासंघ (एएफसी) द्वारा मे र जुन महिनामा हुने भनिएका एशियाली स्तरका सबै फुटबल प्रतियोगिताहरु स्थगित गरेको छ ।
कोरोना भाइरसको संक्रमणको क्रम नघटेपछि एएफसीले दोस्रो पटक आफ्ना प्रतियोगितालाई स्थगित गरेको हो ।
एशियाका प्रायः सबै देशले एक देशबाट अर्कोमा जानका लागि प्रतिबन्ध गरेको अवस्थामा एएफसीले श्वास्थ्यको ख्याल गरेर दुई महिनामा हुने प्रतियोगिताहरु सारेको हो ।
एएफसीले कोरोनाको घटनाहरु नजिकबाट नियाली रहेको छ ।
यसअघि पनि मार्च र अप्रिल महिनामा हुने भनिएको सबै प्रतियोगिता एएफसीले सारेको थियो ।
जसका लागि भिडियो कन्फ्रेन्सबाट एएफसीले दिल्ली, दोहा, दुबई र क्वालालम्पुरमा बैठकपनि गरेको थियो ।
जसका कारण नेपालमा हुने भनिएका चाइनिज ताइपेई र अष्ट्रेलियाबीचको खेल पनि स्थगित भएको थियो ।
हाल, स्थगित भएका प्रतियोगिताका लागि अर्को विकल्पका रुपमा नयाँ मिति तोक्ने एएफसीले बताएको छ ।
एएफसीका लागि ठूलो चुनौतीको रुपमा २०२० को एएफसी च्याम्पियन्स लिग र एएफसी कपको समूह चरणका खेलहरु गर्नु रहेको छ ।
यसका साथै एएफसीले सबै फुटबल संघलाई पनि कठिन परिस्थितिमा संयमित भएर र नकारात्मक कदम नउठाउन आग्रह गरेको छ ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१