खोटाङमा खुकुरीले हानेर श्रीमानको हत्या, बाँकेमा टाउको ठोक्काएर श्रीमतीको हत्या

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७७
khukuri

प्रतिकात्मक तस्बिर

खोटाङ/ बाँके, बैशाख २ :  खोटाङमा खुकुरी प्रहार गरि श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।  बराहपोखरी गाउँपालिका १ का छकबहादुर राईको श्रीमती मेनुका राईले खुकुरी प्रहार गर्दा घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षिक आमोदकुमार खेरवारले बताएका छन् ।

मेनुकाले श्रीमानको टाउको तथा ढाडमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रकाउ गरि लाशलाई परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ ।

उता बाँके जिल्लाको बैजनाथ नगरपालिकामा भित्तामा टाउको ठोक्काएर श्रीमतीको हत्या गरेको आरोपमा बलसिंह मगर पक्राउ परेका छन् । रक्सी पिएको नशामा उनले श्रीमती दिलमाया मगरको टाउको भित्तामा ठोक्काएका थिए । घाइते हालतमा कोहलपुर शिक्षण अस्पतालमा लगिएपछि उनलाई मृत घोषणा गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width