मुक्तिनाथ विकास बैंकद्वारा राहत सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७७
mukti

पोखरा, २ वैशाख । नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकलेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गरेको छ ।

बैंकले सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका, लुहाममा राहत सामाग्री सहयोग गरेको छ । उक्त राहत सामाग्री बैंकको लुहाम शाखाका शाखा प्रमुख सुदिन सिंहले त्रिवेणी गाउँपालिकाका प्रमुख मानबहादुर डाँगीलाई हस्तान्तरण गरेका थिए । यसैगरी, बैंकले श्रीनगरको क्षत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकामा पनि राहत सामाग्री सहयोग गरेको छ । बैंकको श्रीनगर शाखाका शाखा प्रमुख सुनिल रेग्मीले क्षत्रेश्वरी गाउँपालिकाका प्रमुख सन्तोष के.सी. र शारदा नगरपालिका उप–प्रमुख सावित्रा बस्नेतलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

साथै, बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ५ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका वीरेन्द्रनगर शाखाका शाखा प्रमुख खगेन्द्र मल्लले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख राजबहादुर गुरुङ्गलाई हस्तान्तरण गरेका थिए । यसका साथै,बैंकले काठमाडौंको टोखा नगरपालिका – ६, धापासीमा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकका बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले टोखा नगरपालिका – ६, का वडा प्रमुख महेश्वर केसीलाई हस्तान्तरण गरेका थिए ।

बैंकले सहयोग गरेको राहत सामाग्री अन्तर्गत चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुनलगायतका सामाग्री रहेको छ । बैंकले लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सूचना अधिकार तिलबहादुर गुरुङ्गले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width