भीमदत्तनगर, २ वैशाख । कञ्चनपुर कारागारका जेल जीवन बिताइरहेका कैदीबन्दीले बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका श्रमिक तथा विपन्न समुदायलाई हस्तान्तरण गर्न खाद्यान्न उपलब्ध गराएका छन् ।
आफूलाई उपभोग गर्न प्राप्त हुने खाद्य सामाग्रीबाट जोगाएर कैदीबन्दीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा मार्फत् ६ क्वीन्टल चामल र ५० किलोग्राम नुन दैविक प्रकोप उद्धार समितिलाई आज हस्तान्तरण गरेका हुन । “दुई क्वीन्टल चामल बिहान दाउरा र तरकारी ल्याउनेलाई वितरण गर्यौं ।” कैदीबन्दीका नाइके भीम भट्टले भने –“कारागार कोरोनाको उच्च जोखिममा रहेको कुरो प्रमुख जिल्ला अधिकारलाई ध्यानाकर्षण गराएका छौं ।”
कैदीबन्दीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै कारागारको क्षमता भन्दा चार गुणा बढी रहेको जानकारी गराएका छन् । “सामाजिक दुरी समेत कायम गर्न सक्ने अवस्था कारागारमा छैन ।” नाइके भट्टले भने –“कोरोनाको सन्त्रासले झन समस्या भइरहेको छ ।” यसैबीच सोमबार राति कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको सुन्दरपुर क्वारेन्टाइनको छतबाट हाम फालेर भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले दुवै जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पुनः राखिएको जानकारी दिए ।
उक्त क्वारेन्टाइनमा २३ जना बस्दै आएका छन् । केही दिनअघि सोही क्वारेन्टान्मा रहेको एक जना ४१ वर्षीय युवकमा कोरोनाको सङक्रमण देखिएको थियो । “भागेकाहरुको खोजतलास गर्दा आफ्नै घर पछाडीको झाडीमा लुकीरहेको अवस्थामा भेटिए ।” उनले भने ।
Related News
सम्बन्धित समाचार
बुधबारदेखि टिकट काउण्टर बन्द
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
५ सञ्चारकर्मीलाई जनमत सम्मान
दमौली बजार इकाइमा भूपाल
आगलागी पीडितलाई मन्त्रीको राहत
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७