लकडाउनको समय थप १२ दिन लम्ब्याइयो

एजेन्सी
वैशाख २, २०७७
kp

काठमाडौं, २ वैशाख । सरकारले लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने निर्णय सरकारले गरेको हो ।

प्रधानमन्त्री केपी ओलीसहित सहित केहीबेर अघि वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमण भेटिएपछि लकडाउनको समय थप १२ दिन वढाएको हो ।

नेपालमा हालसम्म ११५ जनामा संक्रमण देखिएको छ । वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो । यस्तै, लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद् छलफल भएको थियो। भारतले पनि मंगलवार लकडाउनको समय १९ दिनका लागि बढाउने घोषणा गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width