कोभिड १९ राहत कोषमा २८ लाख ३५ हजार संकलन

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७७
waling1

वालिङ, २ वैशाख । वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा सोमबार साँझसम्म २८ लाख ३५ हजार ९ सय ७४ संकलन भएको छ ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा सोमबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. २८ लाख ३५ हजार ९ सय ७४ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा पछिल्लो पतंजलि आयुर्वेद केन्द्र नेपालबाट ५ लाख ४० हजार बराबरको खाद्यान्न तथा साबुन, आत्मज्ञान प्रचार संघ वालिङबाट ५० हजार, दुर्गाबहादुर कुँवर, रेशम कुँवर, गुमबहादुर कुँवरबाट ३० हजार लगायतका संस्थाबाट उक्त रकम संंकलन भएको हो । नगरपालिकाको राहत कोषमा हालसम्म नगद २१ लाख, ४७ हजार ९ सय ७४ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. २८ लाख ३५ हजार ९ सय ७४ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width